Monday, September 3, 2012

बाटो बिगार्ने टेक्टर, गाउँ बिगार्ने टिचर

तास खालमा प्रहरीले छापा मारेमा पक्राउ पर्ने पनि शिक्षक, बाटोमा रक्सी खाएर कोही लडे भने ती पनि शिक्षकै हुने भएपछि अछाम मंगलसैन आएपछि सुनेको एउटा नयाँ उखान : 'बाटो बिगार्ने टेक्टर, गाउँ बिगार्ने टिचर' (सद्गुरुहरुसँग क्षमा माग्छु।)
अब टेक्टरको कुरा त के गर्न पर्यो र? गाउँले जीवन देखेका भोगेका सबैलाई थाहा छ। आजभोलि गाउँगाउँमा बाटो पुगेको छ। तर वर्षाको बेला कालोपत्रे नगरेको बाटोमा टेक्टर हिंडेपछि त्यसले यति ठूलो खाल्टो बनाइदिन्छ कि सडक त पुरै बिग्रन्छ। साना गाडी र मोटरसाइकलका लागि असाध्यै अप्ठेरो हुन्छ टेक्टरले खाल्टो पारेको सडकमा गुड्न।
त्यही भएर बाटो बिगार्ने टेक्टर भन्ने आहान चलेको छ। अब टिचरको मामला पनि भन्नै पर्दा :
अब शिक्षक नै यस्ता प्राणी हुन् नेपालका गाउँघरमा, जसको नियमित तलब हुन्छ। गाउँगाउँमा विद्यालय खुलेका छन्। अझै पनि जनचेतना असाध्यै कम भएका र खराब नियत भएका शिक्षक भएका गाउँमा विद्यालयमा कमै भेटिन्छन् शिक्षक। विद्यालयमा केही समय भेटिए पनि फुर्सदमा त उनीहरु धेरैजसो हुन्छन् नै । दुई चार पैसा भएका र विद्यार्थीलाई नियमित पढाउन पनि नपर्ने भएपछि शिक्षकहरु कि त तासका खालमा हुन्छन् कि रक्सीमा।
अनि त तासमा कोही पक्राउ पर्यो भने अछामका पत्रकारलाई लाग्नेरहेछ त्यो पक्कै शिक्षक हो। अनि बाटोमा रक्सी खाएर लडेको कोही देखियो भने पनि पहिलो अनुमान हुनेरहेछ त्यो पक्कै शिक्षक हो।


    • Gyawali Rudra Dislike ,,..
      September 2 at 9:44am via mobile · 
    • Krishna Raj Pandey ‎'बाटो बिगार्ने टेक्टर, गाउँ बिगार्ने टिचर' Ukhan ali milen -- Guruharu le ta saparne kam po garchhan .... niyat naramro bhayeka haru ta harek pesama hunchhan, alpatrakarharu, engineerharu, neta/matri ..........etc. ..............
    • Dharendra Dangi hhhhhhhhhhhhhhhhhhhhhhhhhhaaaaaaaaaaaaaaaaaaaa
    • Beduram Thapa बाटो बिगार्ने टेक्टर, देश बिगार्ने पत्रकार भन्न मिल्छ कि नाई ?
      September 2 at 10:20am ·  · 3
    • Krishna Paudel जो जससंग सम्बन्धित छ त्यो ठाउँ तिनैबाट बिग्रनु स्वभाविकता हो एउटा सर्वथा बिग्रेको मुलुकका लागि ! नेताले राजनीतिदेखि जँड्याहा र ताशे माष्टरले स्कूल र गाउँ । माष्टर नै गाउँमा सबैभन्दा पढेका, नियमित कमाई भएका र प्रभावशाली नेता समेत हुन् नि नेपालमा ।
    • Binod Neupane अज थप्ने थियो भैरे ले सत्य लेखीएछ - लाल्मोहर हान्यो भैरेले ।
      September 2 at 11:02am ·  · 2
    • Raman Dhakal सामुदायिक स्कुलको हालतले नै यों कुराको पुस्टि गर्छ नि होइन र दीपकजी सही कुरा राख्नु भयो
      September 2 at 11:06am ·  · 1
    • Banjade Ganesh Prasad यो त नौलो कुरा सुनाउनु भयो ! त्यसो भए सुदुरपच्चिमको भर्मण उप्लब्धी पुर्ण भएजस्तो लागेयो । हे हे हे हे सबैका लागि सबैको भलो ।
    • बाटो बिग्रारने टेक्टर गाँउ बिग्राने त्यो देशका नेता टिचर भन्न सहि कुरा राख्नु भयो
    • Ananda Tiwari बाटो बिगार्ने टेक्टर, गाउँ बिगार्ने टिचर, देश बिगार्ने झोले पत्रकार
      September 2 at 2:28pm ·  · 4
    • Keshab Poudel Aachham is reputed for massive used of local alcoholic drink and many people are suffering from its bad effect as TB, AIDS patients. Until and unless we can not solved this problem not only teachers but all section of the Aachhami society will be ruined in course of time no doubt.
      September 2 at 3:13pm ·  · 1
    • Prem Sapkota hey dipak babu k type gareko ho testo ?
    • Dipak Bhattarai Prem Sapkota सर नमस्कार। सरले सिकाएर नै त म अहिले यतिसम्म लेख्न सक्ने भएको छु। फेरि मैले सुरु मै लेखेको छु नि : सद्गुरुहरुसँग क्षमा माग्छु।
    • Prem Sapkota la la ek chhin ramailo pani garnai paryo ni haina ra dipak babu ?
    • Baikuntha Dhungana Ajab des ko gajab kahani....
      Monday at 8:43am · 
    • Prem Karki · Friends with Shrestha Kishor and 6 others
      all will not fall in same category
      Monday at 9:19am · 

No comments:

Post a Comment

Please leave your comment here