चक्रपथ घुम्ने बस थियो, स्वयम्भु र सितापाइलाको बीचतिर आएपछि गाडी छेउ लगाएर ड्राइभर उत्रे। यात्रुहरु अलमलमा परे, टायर पन्चर भयो कि, गाडी बिग्रियो कि भन्दै थिए। ड्राइभर नजिकैको रुखतिर लागे, थैली खाली पारे, फेरि गाडीमा आए र गाडी चलाए। अन्त जाँदा त निकै जिल्ला खुला दिशा-पिसाब मुक्त क्षेत्र भएको बोर्ड देखिन्छ। काठमाडौं के के मुक्त क्षेत्र हो कुन्नि?
- Ujwal Ojha फेरि चक्रपथमा कतिवटै पो सार्बजनिक सौचालय छन र ? थैली खाली गर्नका लागीNovember 16 at 9:26am ·
- Anuj Shrestha hahaha .........सार्वजनिक सौचालयको कमी र पैसा तिर्नु पर्ने पनि भएर होला ड्राइभरले रुख रोजेको।महानगरपालिका आफैले तलव खुवाएर राख्ने कर्मचारीलाई सरसफाईमा राखेर उचित ब्यवस्थापन गर्नु पर्ने ।महानगरपालिकाको काम चाहिँ जथाभावी भवन निर्माण गर्न स्विकृति दिने र दरो रकम कुम्ल्याउँने मात्र हो कि !सहरलाई सफा र सभ्य राख्ने काम पनि हो ?दिशा पिसाब गरेको पनि पैसा तिर्नुपर्ने भएकैले धेरैले यसरी झाडी र भित्ता रोजेका होलान् हाँ हाँ ....तर सभ्यताको कमी पनि हो नै ।November 16 at 10:08am · · 1
- Gyawali Ramesh नया बस पार्क पुगेपछि ल दाइ अब उ त्यो बस मा जानुस है ....only local route where we can enjoy transitNovember 16 at 10:10am · · 1
- Hari Ram Paudel यत्रो राजधानी के को मुक्त क्षेत्र हुनु नि सर ? यो त सबै युक्त क्षेत्र पो हो त..जे हुन्छ यहि हुन्छ, ..हास्नु पर्ने कारण धेरै छन्.... हा हा हा हा ......November 16 at 12:05pm ·
- Gyanendra Khadka अन्त खुला दिशा पिशा मुक्त क्षेत्र हुन् भने काठमाडौ देशभरीका नेपालीको फोहोर फाल्ने खुला ठाउँ हो ।November 16 at 7:02pm ·
No comments:
Post a Comment
Please leave your comment here