Saturday, October 22, 2011

किताबे पर्यटकले दिएको दुःख

‎'यहाँबाट भक्तपुर दरबार स्क्वायर ट्याक्सीमा गए १०० रुपैयाँ र बसमा गए १० रुपैयाँ लाग्छ। त्यहाँभन्दा बढी मरिगए दिन्न' १० वर्ष पहिले छापिएको नेपाल भ्रमण सम्बन्धी किताब लिएर आएका तीन जना चाइनिज पर्यटक हिजो साँझ हनुमानढोकामा ट्याक्सी ड्राभइरलाई किताब देखाएर बाझिरहेका थिए। ड्राइभर दाइ - चाइनाँ १० वर्षदेखि मालको मोल बढेको छैन कि के हो ? भन्दैथिए भन्न त चाइनिजले बुझे पो...
किताब लिएर आउने पर्यटकहरुले ट्याक्सी ड्राइभरदेखि होटलवाला र गाइडहरुलाई पनि  निकै दुःख दिन्छन् भन्छन्, पर्यटन क्षेत्रमा लागेका साथीहरुले। कुन लेखकले के सुरमा के लेखिदिएको हुन्छ कति वर्ष पहिले अनि अहिले पनि त्यस्तै दर भाउमा त्यस्तै सामान पाइन्छ भन्ने सोच्दा रहेछन् पर्यटकहरु।

नेपालको पर्यटन सम्बन्धि जर्मन भाषामा छापिएको एक पुस्तकमा पशुपतिनाथ मन्दिर नजिक एक नाङ्गा बाबा बस्ने र उसले ३० किलोको ढुङ्गा लिङ्ले उचाल्न सक्ने भनेर लेखिदिएको रहेछ। जो पनि जर्मनी पर्यटक आउँछ त्यो साधु खोज भनेर गाइडलाई हैरान पार्दोरहेछ। 'अब कुन बेला आएको किताब लेख्ने पर्यटकले त्यो देख्योहोला हामीलाई सँधै टेन्सन हुन्छ ' एक जना गाइड साथीले भनेका थिए।

No comments:

Post a Comment

Please leave your comment here