क्याम्पिङ जाने भन्दै बोलाएका डाक्टरलाई हस्पिटल नजिकै भेट्दा उनी विरामीले देख्लान् कि भनेर लुकेर चुरोट पिउँदै थिए। अघिल्लो रात दुई बजेसम्म फिलिम हेरेर बसेकाले मलाई ७ बजे उठेर बसुन्धाराबाट सानेपा पुग्न सकसै थियो। तै पनि क्याम्पिङको लागि सकस सहन तयारै भएँ। बोलाएको पो ८ बजे रहेछ बल्खुबाट हिंड्दा त १० बजिसकेको थियो। बाइकमा सिस्नेरी जाने भने पनि न मसँग बाइक थियो, न बाइक चलाउने सिप, न सिस्नेरी कता पर्छ भन्ने ज्ञान। टि्वटरमा भेटिएका डाक्टरसँग एकपटक सँगै काठमाडौं नजिक हाइकिङ जाँदा तिनले दिएको गफ र यिनको ब्लगमा पोस्ट गरेका केही सामाग्रीले यी डाक्टर घुमन्ते हुन् भन्नेमा विश्वस्त थिएँ। त्यसैले जता लालान्, जसरी लैजालान्, जे खान देलान् त्यसैमा सन्तोष गर्छु भनेर आफ्नो वुद्धिमा विर्को लगाएको थिएँ।
सानेपामा साथीहरुलाई कुर्दै गर्दा पूर्व सहकर्मी एक जना लुरे पत्रकार पनि अर्काको बाइकको पछाडि बसेर आए। झोलामा मादल हालेका उनले आउनासाथ मेरिज खेल्न पर्छ भन्दै तीन बुक तास किन्न लगाए। 'मसँग बाइक नभए पनि कसैको बाइक पाए चलाउँछु' भनेको सहकर्मी हेलोमुकु ढिलो मात्र आएनन् लाइसेन्स बिर्सिएको (बहाना ?) बताएपछि डाक्टरले एक जना बाइक ड्राइभरसहित खोजे। त्यो नयाँ बाइकवाला कहिल्यै नदेखेको नचिनेको मानिसको पछाडि बस्नुभन्दा अलि अलि चिनेको यिनै डाक्टरको पछाडि बस्नु बेस होला भन्ने निधो गरें।
सहकर्मी संगीसँग अघिल्लो दिन मागेको स्लिपिङ ब्याग र रुमाल कोचेर हालेकाले अफिस लाने मेरो झोला भकुन्डो जस्तो डल्लो भाथ्यो। त्यसमाथि डाक्टरले टेन्ट, दुईवटा स्लिपिङ ब्याग र तीनवटा स्लिपिङ म्याट्रेस भएको रुस्याक बोकाएर आफ्नो मोटरसाइकल पछाडी बस्न लगाए। मैलाई पोको पारेर बोक्न मिल्ने रुस्याक र त्यसमाथि आफ्नो झोला बोकेकाले बाइकमा बस्दा घाँटी भाचिन्छ झै भइरहेको थियो।
बाइक चलाएका डाक्टरले के के गफ गरिरहेका थिए, आक्कल झुक्कल सुन्दा हो हो, हजुर हजुर भन्दै थिएँ। डाक्टरले अरुले उचालेर बाइकमा राखिदिएपछि ८ वर्षको उमेरमै इन्फिल्डर मोटरसाइकल चलाएको, १२ वर्ष हुँदा ट्याक्सीमा हात बसाइसकेको बताए। किर्तिपुरदेखि चोभारसम्मको सडकमा गाडी चलाउँदा सबभन्दा आनन्द आउँछ भने। उनकै शरण परेर क्याम्पिङ जाँदै थिएँ उनको बातमा किन शंका जताइरहनु, जे भने पनि सही।
त्यति गफ मारिइसकेकाले गफ अनुसारकै वेगमा बाइक त चलाउनै पर्यो। दक्षिणकालीहुँदै हेटौंडा जाने सडकखण्डमा छैमलेपछि लागेको ओरालो कच्चीबाटोमा बाइक पछाडि बस्दा मैले घरी टि्वटर त घरी भगवानलाई सम्झें। कहाँबाट यो टि्वटरमा कुन दिन छिरिएछ र कहिले संगतमा नआउने यस्ता डाक्टरको फेला परियो कता आजै मरिने पो होकि झैं भयो। होचो कदका यी डाक्टरको गति अरु मोटरसाइकलको भन्दा घटीमा नि दोब्बर थियो। बाटोमा पिसाब लागेको बहाना बनाएर क्याम्पिङमा सँगै हिंडेका अरु तीन बाइकमा सवार ६ जनालाई पनि कुरुँ भन्न खोजिरहेको थिएँ, त्यही बेला बाइकको लेग गार्डमा झुण्डाएको प्लास्टिकमा प्वाल पर्यो। साँझको छाक दालमोट-चिउरा धान कुट्ने मिलबाट चामल झरे झैं बुरुरु सडकमा झर्न थाल्यो। डाक्टरले घुम्तीमा ब्रेक लगाए, मैले सास फेरें।
१५/१५ मिनेट जतिको फरकमा तीनवटा बाइक आए। धुलोको पाउडरले बाँदर्नीले आफ्नै खसम सम्झेर झुक्किन्छे झैं गरेर आएका मोटर साइकल चालक साथीहरुले आफ्नो बाइक पछाडि बस्नेलाई नामर्द बनाउने कोशिष गरे। '२० नाघ्यो कि चिमोटेर हैरानै पार्ने' सरुभक्तको मलाई सबैभन्दा मनपर्ने उपन्यास 'पागलवस्ती' लाई आफ्नो टि्वटरे नाम गराएका साथीले मेरै वर्गका लुरेलाई भने। पूजा गर्ने प्रसाद के हो भनेर सोध्दा पहिलो नम्बरमा 'रउसी' भन्लान् जस्ता लाग्ने टि्वटरका पुजारीले बाटामा आफ्ना 'कुल' चालकलाई बियर खाएर जाम भन्दै कम्ति हैरान पारेनछन्।
बिहान घरमा मुख पनि धुन नभ्याएकाले ग्रीन टी को धुलो कोकको बोतलमा हालेर लगेको थिएँ। सानेपादेखि नै माद्य पदार्थको खोजीमा घाँटी सकसकाएका साथीहरुले त्यही पिएर एकछिन सुस्ताएपछि ओरालो कुदे। छिनभरै सिस्नेरी आइपुगियो। खोला किनारको प्रहरी चौकीमा इन्ट्री मारेपछि नजिकको भात, चिउरा, मासु रक्सी सबै पाइने भट्टी, रेष्टुरेन्ट, क्याफे जे भने पनि मिल्ने त्यहाँ भएको त्यही एउटा होटलमा छिरियो।
टोली नेता डाक्टरले के के न मलाई जान्ने झैं मानेर 'ल दाइ र म क्याम्पिङ गर्ने राम्रो ठाउँको खोजीमा जान्छौं। तिमीहरु यहाँ बसेर हामीले ल्याएको कुखुराको मासु दिएर भात पकाउन लगाउनु' भने। एक पटक फ्रान्सको क्यालास भन्ने ठाउँमा जाँदा समुन्द्र नजिकको डाँडामा विदेशी साथीहरुसँग क्याम्पिङ गरे बाहेक यस सम्बन्धमा मेरो अरु अनुभव थिएन। डाक्टरको मोटरसाइकल पछाडि बसेर फेरि टेन्ट टाँगेर सुत्ने ठाउँ खोज्दै हिंडियो। काठमाडौंलाई तराई जोड्न सेनाले फास्ट ट्रयाक खन्दै गरेको कोगटे खोला किनारमा बस्नलाई उत्तम ठाउँ लागेको थियो। तर डाक्टरले त्यति टाढा भन्दा पनि सिस्नेरीबाट नजिकै अर्को खोला किनारमा बस्ने प्रस्ताव राखे। त्यो खोला गहिरो नभएको र नजिक रह पनि नभएकाले आफ्नो पौडीको सिप अरुलाई देखाउन नपाइने भयो भन्ने लागे पनि सहमति जनाएँ।
फर्केर साथीहरु भएका ठाउँमा आउँदा सोमरस पान सुरु भइसकेको रहेछ। बाइकको सट्टा गाडीमा आएका थप चार जना साथीहरु पनि आफ्नो जीउले दिएको गच्छे अनुसारको पेयमा लागेका थिए। आउनासाथ साथीहरुले प्याला मलाई पनि त अगाडि बढाइदिइहाले। वातारवरणले मुड यस्तरी बनेको थियो कि नपिएको डेढ वर्ष भइसके पनि गिलास उठाउनबाट मनले रोक्नै सकेन। मुखमा लगेर चिरिप्प जिब्रोमा रक्सी लगाएको त राम राम यती नमिठो लाग्यो कि गिलास हातमा खेलाइरहें। 'राजा जनक'ले सल्लाह दिए 'टेबलको बिचमा राखिदिनु दाइ खपत गर्छन् साथीहरुले।' माछा मासु पनि सकभर नखाउँ भन्ने सिद्धान्त हो। तर साँझको खानामा बार्बाक्यु भन्दा केही हुनेवाला थिएन। मासु भात त्यही हुटलमा दन्काइदिएँ।
त्यसपछि एक रात बिताउने खोला किनारतिर लागियो। टेन्ट बाँध्न जानेका त्यही एक जना डाक्टर त थिए। उनको आदेश सिरोपर गरियो। दाउरा खोज्न हिंडेका कुलरिम्सले डेड सय रुपैयाँमा एक जना गाउँलेसँग मितेरी लगाएछन्, दाउरा लिएर आए। अनि त्यहीका एक युवकले लोकल पनि पाइन्छ भनेछन् कुलरिम्सलाई के चाहियो। चारमाना रक्सीसँगै चार वटा घोडा चढे झैं गरेर आएका थिए। यता साथीहरु कोही खोलामा नाङ्गै दौडिने त कोही दाउरामा कुखुराको मासु पोल्न थालिसकेका थिए।
कुलले रमाइलो गराउन थालिहाले। नारायण अमृतलाई सिस्नेरीमा खाएकोले भेटिइसकेको थियो। नत्र हुटलमा मागेको खुकुरी बाटैमा छाडेर आउने थिएनन्। मैले रक्सी पिउन नसकेको भनेपछि 'रक्सी पनि कहीं मिठो हुन्छ ?' भनेर सम्झाउँदै थिए कुल्स मलाई। फेरि मुड चलाइदिए पुजारीले मादल ठोकेर, प्लास्टिक गिलासमा आधा लोकल राखेर आँखा चिम्लेर ओखती झै घुटुक्क पारें। इश्वर ब्रदर र जनक नभएको भए हामीहरुले मासु कस्तो र कसरी खान्थ्यौं होला भन्ने लागिरह्यो। कुलरिम्सले त लतो पो छाड्न थाले। एकैछिनमा सेन्टिफ्ल्याट, छोटो रेसका घोडा रहेछन्। चार जनाले चार हात पाउ समातेर ९० किलोलाई टेन्ट भित्र हुलियो।
कुलरिम्सको अनुरोधमा असली झिंगलाला ल्याउँछु भनेर हिंडेको स्थानीय युवकले दुई चार वटा खनीयाको सुकेको पात मिचेर कागजमा पोको पारेर ल्याएको थियो। बेकारमा साथीहरुले दुई चार वटा चुरोटमा सुर्ती फालेर भर्ने झन्झट गरे। झिंगलाला नयाँ शब्द त सिकियो तर कुनै कतै लाल त्यसले ल्याउन सकेन, म जस्तो वर्षदिनमा तीन खिली चुरोट नखानेलाई पनि।
लामो रेसको घोडा निस्किए पागलवस्ती, चारमाना लोकलमा आधा जति, एक फुल रोयल स्टाग लगभग पुरै, हाफ जति सिग्नेचर खाँदा पनि यिनलाई लागेको छनक मैले कही पाइन। घरी घरी टपरीमा पिसाब फेर्दा आउने स्वरमा भए पनि घाँटी चाहिँ सफा गर्दथे। अलिकति चढाउन थालेपछि डाक्टरले अँग्रेजीमा भन्न थाले 'आइ एम सरी, कहिँ कतै कमजोरी भयो कि।' पूर्व सहकर्मीहरु भास्कर दाइ र सोमेशले १५ पटक जति आइएमसरी भनेका डाक्टरलाई अब फेरि माफ मागे माफ नहुने चेतावनी दिए। डाक्टरको व्यवस्था राम्रो थियो। ६ किलो जति कुखुरा खाइयो होला पोलेर। भेज भनेका हेलोमुकु एक जना थिए। उनको आलु त हामीले पनि सघाएकै थियौं।
मध्यरातमा अरु सुतेपछि उठेका कुलरिम्सले मुकुलाई मुला र बन्दा पोलेर खान कम बल गरेनन्। 'तिम्रो नाम मुकु नै मुला पोलेर खाएकाले बसेको हो' कुल्स भन्दै थिए। सुत्नु पहिले चिया पिउने अभिलाषा इश्वर, जनक, भास्कर दाइ र सोमेसले गरे पनि चियापत्ती त बालुवामा पोखिएछ। बिहान लगेको ग्रिन टीको पातलाई फेरि चिनी र पानीमा मिलाएर उमालियो। त्यो चिया पनि ठिकै भयो। तर १२ बजेपछि उठेका कुलरिम्स र कुलरिम्ससँगै सुत्न गएका तर टेन्टमा चिसो छ भनेर फर्केका पुजारीले सुत्ने मुडमा थिएन्। हामी अरु टेन्टभित्र छिरेर के गर्नु ?
कुलरिम्सले लगेका तर पागलवस्तीले पनि तुर्न नसकेका एक बोतल भोड्का मैले लुकाएको थिएँ। कुलरिम्स र पुजारीले यति धेरै त्यो रक्सी खोजे की इश्वर ब्रदरले जनकसँग सहमति लिएर त्यो बोतल टेन्टबाट बाहिर फालिदिए। त्यसपछि कुलरिम्स र पुजारीबीचको संवाद मैले जीवनमा अहिलेसम्म कतै पढेको र सुनेको भन्दा धेरै मनोरञ्जक थियो। भुतसँग कसरी संसर्ग गर्नेदेखि भुत प्रिगनेन्ट भए कहाँ लगेर उपचार गर्नेसम्मको योजना बुने। रातभर रमाइलो गर्ने भनेर आएका साथीहरु सुतेको भन्दै कुलरिम्सले डाक्टर सुदीपलाई कम्ति खोजेनन्। तर पुजारीले सुदीप केटी खोजेर अन्यत्रै गएको भन्दै, उनी सुतेको टेन्टमा जानै दिएनन्। 'डाक्टरले हामीलाई बगरमा सुताएर आफू चाहिँ तरुनीको घरमा जाने ?' भन्दै कुलरिम्सले टेन्ट नै भाँचुला झै गरी हामीलाई उठाइरहे। म, इश्वर र जनक टेन्ट भित्रैबाट दुई जनाको चर्तिकला हेर्दै हाँसिरह्यौं।
'मा...या...लु तिम्लाई म कति मन पराउँछु, भन्नै डराउँछु' भन्ने गीतको यो हरफ सायद एक रातमा १२ सय पटक भने होलान्। कुलरिम्सले पटक पटक मोटरसाइकलबाट पेट्रोल निकालेर फेरि सेकुवा बनाउने प्रयास गरे। आगो नसल्केको झोंकमा घाँसमा सुकाइएका तीन वटा अन्डर गार्मेन्ट्स कुलरिम्ले खोलामा हुर्याइदिए। नारायण अमृतले कुखुरामै पेट्रोल हालिदिएर आगो लगाएर सेकुवा बनाउँला झै गरेका थिए। बिहान ३ बजेतिर एक बोतल भोड्का सकेर पुजारी र कुलरिम्स पनि टेन्टभित्र छिरेछन्।
बिहान अरु भन्दा ढिलो गरी म उठेको थिएँ। अघिल्लो राति नसकेको चिउरा दालमोट बिहानै मिठो गरी खाइयो। अमृत फेरि बिहान पनि खुकुरी नै खोज्दै थिए। स्लिपिङ ब्याग र टेन्ट पोको पारियो अनि बाटो तताइयो। सिस्नेरी आएर फेरि बिहानको खाना खाइयो। दारु काट्ने दारुले नै हो भन्दै पुजारी र अन्य केही साथीहरु ह्याङओभर हटाउन भन्दै ५/७ बोतल बियर लडाउँदै थिए। पुजारीले बियरसँगै चुनावका बेला कुन नेतासित कति रकम झारेको भनेर हिसाब सुनाइरहे।
मलाई बाइकमै काठमाडौं फर्किन मन थिएन। हेटौंडाबाट आएको टाटा सुमोमा फर्किन्छु भन्ने थियो। तर अघिल्लो दिन काठमाडौंबाट गाडीमा आएका भास्कर दाइ, सोमेस, जनक र इस्जले पनि गाडी नपाएर दुई दुई जना बाँडिएर फरक फरक टाटा सुमोको छतमा चढे। म फेरि डाक्टरकै बाइकको पछाडी परें। बाइकमा उकालो आउँदा ओरालो झर्दा जस्तो डर लाग्दो रहेनछ। तर डर त पुजारीको लागिरहेको थियो। पाँच बोतल जति बियर पिएका उनी मोटरसाइकल पछाडीबाट खस्ने हुन् कि ? दक्षिणकाली आएपछि कुलरिम्सलाई सोधें, बाटोमा एकपटक पनि खसेनन् पुजारी ? कुलरिम्सले भने - झर्थ्यो होला तर मैले बाटो भरी नै मा...या...लु... भनें उसले तिमीलाई कति मन पराउँछु भन्नै डराउँछु भनिरह्यो र निदाउन पाएन।

Tyo, mula ra banda sahit ko Coolrims ko prasanga kati ulekh bhako dekhiyena ta?
ReplyDeleteThank God I missed this most interesting moment. Had I been there, i doubt that I'd enjoy the event this much. :D :D
ReplyDeleteखै के के थपम् अझ कति छुट्या छन् कति,
ReplyDeleteथप्न त धेरै मन थियो नि के गरम् सबै कुरा थपेर जाने र नजानेमा के फरक रहन गयो त, हि हि सब न
बोलम् है हजुर
Amazing writer! Good job sir!!
ReplyDeleteSuperb! Superb! Wht a description?? kehi bhannu chha doc?? :P
ReplyDeleteHa ha ha!
ReplyDeleteLastai babbaal vayechha... marunjel hasiyo padera nai... tya gayeko vaye, sentiflat nai hune raichha.
:)
sarai ramro lekhnu bhayechha dai le malai ta ajahai camp miss gareko pida bhayeko chha.............aba arko camp chhitai janu paryo bhanne mero anurodh chha
ReplyDeleteदाई हिजो त पड्दा पढ्दै हासेर मुर्छा पर्छु जस्तो भो , आज फेरी दोर्हाएर पढे । गर्नु रमाइलो गरेछन नि केटाहरुले । धन्न दाई "चाइनिज " डा ले आपत पारेनछन है :D
ReplyDeletebaf re ke saro ramailo ho. hasda hasda...
ReplyDeleteकुलरिम्सले भने - झर्थ्यो होला तर मैले बाटो भरी नै मा...या...लु... भनें उसले तिमीलाई कति मन पराउँछु भन्नै डराउँछु भनिरह्यो र निदाउन पाएन।
ReplyDeletePet Michichi Hasna Man lagyo ra hasiyo pani