Thursday, October 27, 2011

बदलिएको बाबुरामको बोली

'जनयुद्ध' सुरुगर्नु अघिका बाबुराम
विदाउट कमेन्ट भन्दै पत्रकार  Sushil Sharma  ले फेसबुक स्टाटसमा गरेको प्रधानमन्त्री बाबुराम भट्टराई Vs. माओवादी नेता बाबुराम भट्टराईको तुलना।

- “सन् १९५० को नेपाल-भारत सन्धिलगायतका सम्पूर्ण असमान सन्धिसम्झौता खारेज गरिनुपर्छ। नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ।” (४०- बुँदे मागबाट) - माओवादी नेता बाबुराम भट्टराई- काठमाडौं, २०५२ माघ

- “नेपाल-भारतबीच सन् १९५० को सन्धि, सीमा समस्या आदिबारे हामी अहिले प्रवेश नगरौं भनेर मैले सुरुमै संकेत गरेको थिएँ।” (कान्तिपुर दैनिक कार्तिक ५) - प्रधानमन्त्री बाबुराम भट्टराई- दिल्ली, २०६८ कार्तिक

प्रधानमन्त्री बाबुराम भट्टराई
'जनयुद्ध' Vs. 'धनयुद्ध'

“नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकारका पुँजीको आधिपत्य अन्त्य हुनुपर्छ।" ('जनयुद्ध'मा होमिनु ठीक अगाडि ४०-बूँदे मागको बूँदा नम्बर ६)
- माओवादी नेता बाबुराम भट्टराई, काठमाण्डू, २०५२ माघ 

"देशमा आर्थिक वृद्धि र रोजगारीका उपाय विस्तार गर्न बिदेशी लगानी वृद्धि हुनु अत्यन्त जरूरी छ।" ('बिदेशी धन’ निम्त्याउने वीपा सम्झौताको बचाऊ गर्दै)
- प्रधानमन्त्री बाबुराम भट्टराई  संसदमा।

No comments:

Post a Comment

Please leave your comment here