Monday, August 8, 2011

मिस वैदेशिक रोजगार गराएर अरप पठाउलान्

ल गज्जपको सुन्दरी प्रतियोगिता भएछ देशमा। विदे्श पढ्न पठाउने एउटा भिसा कन्सल्टेन्सी (ग्लोबल भिसा कन्सल्टेन्सी)ले मिस ग्गोबल इन्टरनेशनल ब्युटी पेजेन्ट गरेछ। मिस ग्लोबल इन्टरनेशनल भएकी दीक्षा थिङले प्रथम पुरस्कार बापत विदेश पढ्नलाई छात्रवृतिस्वरुप सात सय डलर पाइछन्। प्रतियोगिता हेर्दै गर्दा उद्‍घोषकले उनलाई नेदरल्यान्डमा पढ्नका लागि कन्सलटेन्सीले भिसा मिलाइदिने पनि बताएका थिए।

यो देशमा आजभोलि बिभिन्न बहानामा सुन्दरी प्रतियोगिता त भइरहेकै छन्। मलाई लागेको चाहिँ अब भिसा कन्सल्टेन्सीले सुन्दरी प्रतियोगिता गरेपछि भोलिपर्सी कुन दिन जग्गा कारोबार गर्नेले मिस रियलस्टेट गराउलान्। प्रथम हुनेलाई चार आना जग्गा देलान्। त्यस्तै वैदेशिक रोजगारवालाले मिस वैदेशिक रोजगार गराउलान् अनि प्रथम हुनेलाई अरप पठाएको समाचार पनि पढ्न पाइएला। 

No comments:

Post a Comment

Please leave your comment here