Saturday, August 6, 2011

शहरबासीको बानी

जावालाखेल स्टेशनरी पसलका साहुले पढ्दै गरेको कान्तिपुर पत्रिकाको शिर्षक थियो, 'फोहोरले राजधानी दुर्गन्धित'। गर्मी भएर होला पत्रिका पढ्दै गर्दा फ्रुटी पिउँदै थिए साहुजी। फ्रुटी खाइसकेपछि बेलुनमा झैं फ्रुटीमा हावा भरे, सडकमा फाले। गाडीले फ्रुटी किच्दा बेलुन फुटे झैं आवाज आयो, उनी खुशी भए... हामी बाँचिरहेको समयका शहरबासी।

हामी सबैले चाहे शहर धेरै सफा राख्न सक्छौं। शहर पूर्ण सफा राख्नका लागि त सरकारले अलिक धेरै जोड गर्न पर्ला, कडा कानून पनि ल्याउन पर्ला। तर हामीले नचाहने हो भने चाहिँ सरकारले चाहेर मात्रै पनि शहर सफा हुँदैन। अब शहर सफा राख्न के गर्नुपर्ला भनेर कति लेख्नु। काठमाडौंको सडकमा प्लास्टिक मात्र नफाल्ने हो भने शहर ९० प्रतिशत भन्दा धेरै सफा हुन्छ भन्ने मलाई लाग्छ। काठमाडौंको सडक, सार्वजनिक ठाउँ वा व्यक्तिगत घर कम्पाउन्ड नै किन नहोस् जताततै देखिने फहोर भनेको प्लास्टिक हो।

प्लास्टिक नभई हुँदैन आजभोलि। तर प्लास्टिकलाई प्रयोग गरेपछि सडकमा फाल्नुको साटो संकलन गरेर राख्ने र त्यसको उचित तबरले नष्ट वा पुनप्रयोग गर्ने बानी हामीले  कहिले सिक्ने होला। विदेशमा कुकुर लिएर सडकमा हिड्ने मानिसले कुकुरले विष्ट्याइहाले सोहर्न भनेर झोला पनि लिएर हिडेको धेरै नेपालीले देखिसके। तर हामी अझै पनि सडकमा बिस्कुट र चकलेटका खोल जहाँ पनि फाल्दिन्छौं। प्लास्टिक गलेर जाँदैन, सानो हावाले पनि यताउता पुर्याउँछ। अनि त जताततै प्लास्टिक अनि फोहर।

 हामीले स्कूलमा पढ्ने बालबालिकालाई शहर सफा राख्न कुनै पनि हालतमा चाउचाउ, बिस्कुट, चकलेटको खोल सडकमा नफाल भनेर चेतना जगाउँन सक्छौं। भोलिपर्सी तिनीहरु ठूला हुँदा पनि त्यो बानी राखिरहे शहर अलिक सफा हुन्छ कि। त्यस्तै महिना दिनसम्म सडकमा प्लास्टिक उठाऔं, प्लास्टिक नफालौं भन्ने अभियान चलायौं भने केही प्रभाव पर्दथ्यो कि।

सरकारी कर्मचारी, विद्यार्थी, सेना, प्रहरी, निजी क्षेत्रका औद्योगिक प्रतिष्ठान, बैंकिङ क्षेत्र, गैर सरकारी क्षेत्र सबैलाई एक दिन पञ्जा लगाएर बाटामा भए जति विशेष गरी प्लास्टिक उठाउन लगाउन पर्ने। त्यसो गरे सडक  अलिक सफा हुन्थ्यो कि, जनचेतना पनि बढ्थ्यो कि।



    • Jaw Knock Raazaa हाम्रो सडक बिचरा सबैथोक हो ! फोहोर फाल्ने ठाउँ, ब्या गर्ने ठाउँ, निर्माण सामाग्री थुपार्ने, ढल बगाउने, सिरिमान सिर्मती निस्केर जुध्ने, जाँड खार ढ्ल्ने, नेपाल बन्द गर्ने, चक्कजम आमसभा गर्ने ! त्यसम्याथएे मनोरन्जन नि दिन थालयो ! ठिकै छ नि ! :))
      Thursday at 4:05pm ·  ·  10 people

    • Suman Nidhi Sharma tito stye yehi nai ho dai asabhye sagar KATHMANDU
      Thursday at 4:09pm · 

    • Sushil Kumar Bhattarai haina paper kantipur kai thiyo ta Dipak ji ? aru patrika thiyana ra ? kantipur ko advertise facebook ma teyo pani free ma .
      Thursday at 4:13pm · 

    • Adhikari Hari आफु घरको फोहोर सडकमा थुपार्ने अनि फोहोर बाटो भन्दै हिड्ने सभ्य भन्ने काठमाडौँ बासी हरु को एक उदाहरण हो ......
      सवैले आफ्नो घर अघि सफा राख्ने हो भने सफा भै हाल्थ्यो नि तर खोइ ????????????/

      Thursday at 4:16pm · 

    • सुबास नेपाली sahar safa garna vanda ne saharbasi haru safa hunu paryo vanna khojya ho deepak sirlay. ke kaso.
      Thursday at 4:42pm · 

    • Suman Ghimire jiwan ko saral chitran
      Thursday at 6:05pm · 

    • Prakash Katiwada Okhaldhunge hamile sikayakai yastai
      Thursday at 6:38pm · 

    • Sunita Giri this is the reality of our day in day out life.....
      Yesterday at 9:18am ·  ·  1 person

    • Dahal Raghu धिक्कार छ ......
      23 hours ago · 



No comments:

Post a Comment

Please leave your comment here