Wednesday, July 20, 2011

व्यापारिक वुद्धि

केही दिन अगाडि एउटा कार्यक्रममा सुनचाँदी व्यावसायी संघका अध्यक्ष तेजरत्न शाक्यसँग भेट भाथ्यो। एउटा त्यही नि पञ्चरत्नको औंठी लाका शाक्यलाई किन भनेर सोधेको उनले भने -देशमा दैनिक ३० किलो सुन चाहिन्छ सरकारले जम्मा १५ किलो मात्र आयात गर्न दिन्छ। भाको सुन आफूले लाउन भन्दा अरुलाई बेच्न फाइदा नि। व्यापारिक वुद्धि!


यस्तो वुद्धि घरकीले पनि लिइदिए पो उपति हुन्थ्यो होला र। यहाँ त कतिपय घरकीले जति बढे पनि बढोस् सुनको भाउ,अहिलेकै तिजमा सुन चाहिन्छ भनिरहेका होलान्।

यो व्यापारीहरुको वुद्धि नै फरक हुन्छ। रक्सी बियर उत्पादकले कमै रक्सी खान्छन्। चाउचाउ उत्पादकले त्यो चाउचाउ खान्नन् बरु आँटाको रोटी खान्छन्। कतिपय फिलिममा खेल्ने कलाकारहरुले फिलिम हेर्दैनन्। त्यो कुरा त निर शाहले वर्षौं भयो नेपाली फिलिम नहेरेको भन्थे।

No comments:

Post a Comment

Please leave your comment here