Monday, May 23, 2011

फेसबुकेको नारा चित्त बुझेन


हामी फुसबुकेहरुको ज्याला पुरा लियौ अब संविधान देउ भन्ने नारा फिटिक्कै चित बुझ्या छैन यार मलाई। ज्याल पुरा त पोहोर जेठ मै लिएका हुन् नि तिनले। 'एडभान्स नि धेरै लग्यौ,संविधान पनि दिएनौ, हामीलाई ठग्नु ठग्यौ, हामी हेरेका हेरै भएम्, हामी दुई चार दिन कराम्छम्, त्यसपछि आफ्ना आफ्ना काममा लाग्छम्, तिमीहरुलाई जे जे मन लाग्छ त्यही गर'हुनुपर्छ। अहिले यो कुरा भन्दा रिसाउँछन् फेसबुककर्मीहरु तर भोलिपर्सी त्यस्तै हुन्छ... 

यिनहरुको पहिलो माइतिघरको धर्नामा त म जान पाइन। तर त्यसपछिका दुईटा जुलुस हो कि धर्ना हो कि के हो एउटा संविधान सभाको भवन र अर्को खुलामञ्चकोमा जान गएँ। त्यहाँका आन्दोलन हेर्दा पनि मलाई त्यस्तै लक्षण हो कि भन्ने लाग्यो।

यो कुरा मैले पहिला पनि दुई दुई पटक भनिसकेको हुँ फेरि।

पोहोर म्याद थप्ने बित्तिकै नारा जुलुश धर्ना गरेको भए अहिलेसम्म पक्का संविधान बन्दथ्यो। पोहोर म्याद थप्ने बेला तिर दुई चार दिन खुब बेला संविधान देउ भनेर उफ्रिए पछि छाड्दिए। अहिले पनि त्यस्तै भाछ ।


FEBRUARY 17, 2011 मा पनि पुन: स्मरण गराएको थिए


अब दबाब दिएर संस्थाको प्रचार गरम्न

संविधानसभाको म्याद थपिएको यतिका समयसम्म संविधानसभासँग सम्बन्धित सिन्को नभाँचिदा पनि कुनै संघसंस्थाले निरन्तर संविधान सभा घेरेनन्, जुलुस निकालेनन्। अब ती संस्थाहर्ले आजट सय दिने काउन्डडाउन गर्छन् अनि महिना/१५ दिन जति बाँकी भएसी बेलाँ संविधान बनाउन पर्छ भनेर संविधान सभाध्यक्षलाई ज्ञापनपत्र दिन्छन् र क्यामेरावालाहरुलाई बोलाएर टिभीमा देखिन्छन्। अनि लास्ट एक दुई दिनाँ धर्ना देर आफ्नो संस्थाको प्रचार पत्रिकामा गराउछन्। हामी सबै नेपालीले तपाइरु जस्तो संस्थाहरुलाई चिनिएको छैन के रे.....

1 comment:

  1. पत्रकारको कामै समस्या मात्र उजागर गर्नी यार? त्यसोभए उपाय चाहि केछत, निकाल्न परो नि, तेस्सै गर्चम ल ! यति नि धन्न गर्या छन भनेर भन्नु त कता हो कता ।

    ReplyDelete

Please leave your comment here