Wednesday, April 6, 2011

माधव-झलनाथ लफडा त जग्गाको पो रच

एमालेका झलनाथ खनाल र माधव नेपालको किन झगडा परिराछ भनेको त जग्गाको कारोबार पो रच। भुमिगतकालमा  दुई नेता मिलेर माधव नेपालको श्रीमतीका नाममा कोटेश्वरमा २० आना जग्गा किन्या रछन्। त्यो जग्गामा अहिले माधव काम्रेड र उनका दाजुभाइले घर बनाएर सिध्याएकी के हो... अहिले जग्गा बाँकी छैन होला।

तर 'जेन्टलमेन एग्रिमेन्ट' भन्दै  झलनाथ खनालले मेरो भागको ८ आना जग्गा खोई भन्दै खोंचे थाप्या रैछन्। उता माधव काम्रेडले पैसा दिइसकेको हो पहिल्यै भन्दा रहेछन.... म त के के न सैद्धान्तिक विवाद गरिराछन् काम्रेडहरु भनेर खुशी भइराको...


आज कान्तिपुराँ यस्तो समाचार सरोज अधिकारीले लेखेपछि पो थाहा पाइयो।


'खनालले आठ आनाका लागि ०४४ सालमा दिएको रकमभन्दा निकै बढी रकम दिएर माधव नेपालले उहिल्यै विषय टुंग्याइसक्नुभएको हो । नत्र सार्वजनिक जीवनमा आएको बीस वर्षमा पनि खनालले बाँडफाँडमा किन चासो देखाउनुभएन ?' स्रोतले भन्यो, 'यतिबेला सार्वजनिक गर्नु उहाँकै लागि लाजमर्दो विषय हो ।'

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने उक्त जग्गा किनिएकै अवस्थामा रहेको र दुई नेताको समझदारीको विषय भएकाले नामसारी वा बाँडफाँड गर्न नहतारिएको बताए । 'त्यो जग्गा संयुक्त किनिएको हो, भूमिगतकालमा किनिएकाले पूर्वप्रधानमन्त्री नेपालकी श्रीमतीका नाममा दर्ता गरिएको हो । त्यसपछि कुनै लेनदेन वा बाँडफाँड भएको छैन, किनिएकै अवस्थामा छ । समझदारीको विषय भएकाले नामसारीमा हतार नगरिएको हो,' प्रधानमन्त्रीका तर्फबाट थापाले भने ।

मेरा एक जना साथी छन् उनले 'कमनिष्ट' लाई बिगारेर 'कम निष्टा' भाको भन्छन्। अब यी दुईमा कुनको निष्टा कम भाको हो कुन्नि यो जग्गा मामिलामा।

No comments:

Post a Comment

Please leave your comment here