Tuesday, March 22, 2011

एसएलसीका सुपरिटेन्डेन्टहरु पनि बाँडेछन्

माओवादी, काँग्रेस र एमालेले सिन्धुली, धनकुटा र ताप्लेजुङमा एसएलसीको सुपरिटेन्डेन्टहरु बाँडेर लिएछन्। धनकुटामा एमाले/काँग्रस ६-६ माउवादी-५ र ताप्लेजुङमा माओवादी,काँग्रेस र एमालेले ५-५ जना बाँडेछन्। सिन्धुलीमा तीनै दलले सात सात ठाउँको परीक्षा केन्द्राध्यक्ष लिएछन्। अरु जिल्लामा पनि पक्का बाँडेका छन्। समाचार नआएर मात्र हुनुपर्छ। प्रकाश कोइराला भन्ने साथीले भनेपछि मलाई त डर लागिराछ कतै यी तीनवटा दलहरु माओवादी काँग्रेस र एमालेहरुले एसएलसी परीक्षामा पास हुनेहरु पनि बाँडफाँड गरेर लिन्छन् कि ...

पहिले पहिले राजदूत र संस्थानका हाकिम बाँडेको सुनिन्थ्यो,त्यसपछि ठेक्का पट्टा बाँड्न थाल्याथे। अब एसएलसीको सुपरिटेन्डेन्ट बाँडेछन् यिनले बाँड्ने मिल्ने भए अरु के के पनि बाँड्थे होलान्..
संविधानसभामा विज्ञहरु ल्याउने भनेर मन्त्रिपरिषदले २६ सिट सभासद संख्या राखेको थियो। त्यो पनि तीन दलले बाँडेरै लिएका हुन्।


    • लक्ष्मी पराजुली यिनले मुलुक नै कहिले प्लटिङ गरेर बाढ्छन एकदिन ।
      6 hours ago ·  ·  1 person
    • Samuel Parajuli PatMurkha Haruko Jhunda Rajnitiko NamMa BadhiNai Haibi Hudai6 Tesaiko Parinanho Yo sab
      6 hours ago · 
    • Prakash Koirala अब एस.एल.सी मा पास गर्ने विद्यार्थी पनि बाडन बेर छैन ।
      6 hours ago ·  ·  1 person
    • Jaw Knock Raazaa ‎*** छोराहरु ! यि कुकुरहरुको बुद्दी भाको भए हामीले नेपाली भन्न लाज मान्नु पर्ने थेन नि बाबै । :))
      6 hours ago · 
    • Dipak Budhathoki La la moj garun na ta ke vo ra aba supertend badera student ko future barbad banaune holan.
      6 hours ago · 
    • Laxman Puri yinle aba kehidina pa6i aafna sriman srimati ani 6ora6ori pani baad6an....
      5 hours ago · 
    • Mtech Subedi aba aafno budi pani badachhan hola
      4 hours ago · 
    • Ashika Khaniya Huna pani ati va6 tani j ma pani vagbanda yini haru ta yo desh lai bau ko sampati jhai po garna thale ta bai....
      about an hour ago · 

2 comments:

Please leave your comment here