फुपु दिदी अस्ति नै काठमाडौं आउनुहुँदा |
पुसाजुको खल्ति रित्तिएपछि फुपुसँग, 'तैंले कोशेली भनेर राखेकी पैसा होला भए दे' भन्नुभएछ। फुपुले आफूसँग जम्मा एक हजार मात्र भएको भनेर हजारको नोट दिनुभएछ। पुसाजुले, 'मसँग पैसा नभएर हैन, तसँग राजाका टाउका भाका पैसा होलान्। अब चैत लागेसी ती चल्दैनन्, नदिनेभए नदे। नपत्याए रेडिया सुन्' भन्नुभएछ। अघिसम्म हजार भन्दा धेरै छैन भनेकी फुपुले एक्कैछिनाँ सातवटा हजारका नोट पुसाजुलाई टक्रयाउनुभएछ। पैसा दिएपछि फुपुले फोन गर्नुभाथ्यो 'साँच्चै होला के रे' भनेर। अब पुसाजु नि मेरै बा जस्तो त होला नि आमाको पैसा लिएसी फिर्ता नदिएर, 'मै तिम्रो छँदै छु नि मै भएसी पुगेन र' भनेर साँठो पसार्ने, अब ती पैसा के फर्काउनुहोला र पुसाजुले? बिचरी मेरी फुपुले कति फारो र दुःख गरेर जम्मा गर्नुभाथ्यो होला त्यो पैसा।
नेपाली महिलाको राखन धरन भन्नुहोस् कि जतन वा भन्नुहोस् थैली। त्यसबाट हामी जस्ता धेरै छोराछोरीले कहिले घुर्क्याएर कहिले फकाएर र कहिले आमा आफै मख्ख परेर पुरा गरिदिएको फर्माइसहरु सम्झदैँछु...
फुपाजु भन्छन् हैन र ??? 'पुसाजु' पहिलो पटक सुनेँ मैले !
ReplyDeletehamro tirani pusaju nai bhanchan kere
ReplyDelete