Thursday, February 17, 2011

प्रचण्डसँग नाटक गर्न सिक्या होलान् त झलनाथले


झलानाथले कतिको नाटक गर्न जानेका छन् कुन्नि ? कोही कोही नेता भा त एमालेको आजको स्थायी समितिको बैठकमा रोइदिन्थे होलान् के पी र माधव नेपालको पाउ छोए झैं गरी- 'लउ तपाइहरुले नै प्रधानमन्त्री छोड भने छोड्छु। गृह मन्त्री नदिई माओवादी नआउने भए। कि पद छोड् भन्नुहोस् कि यसपालिलाई स्वीकार्नुहोस्' भन्दै। अब झलनाथको बानी धेरै थाहा छैन के गर्छन् कुन्नि...
मैले यसो भनेर प्रचण्डलाई व्यङ्य हानेको मरेनी हैन क्यारे। बर सत्य चाहिँ के हो भने प्रचण्ड प्रधानमन्त्री भा भए र एमालेलाई गृह मन्त्री दिने बारेमा यस्तै बिबाद भा भए प्रचण्ड पक्कै पार्टीको आन्तरिक बैठकमा रुन्थे र त्यस्तै भन्थे अनि बाबुरामले नोट अफ डिसेन्ट लेख्थे तर पनि प्रचण्डले एमालेलाई गृह मन्त्रालय दिन आफ्ना पदाधिकारीहरुलाई सहमति गराउँथे।
प्रचण्डसँगको यति लामो संगलते पक्कै पनि सिकेका होलान् नि झलनाथले नि केही न केही।

No comments:

Post a Comment

Please leave your comment here