Monday, February 21, 2011

हजुरबाको कविता छापियो

 (हजुरबा लोकनाथ पोख्रेलको कविता आजको नागरिक पत्रिकामा छापिएको छ। कविता तल छ ) साता दिन अगाडि.....
गाउँबाट नजिकका हजुर्बा आउनुभाछ। पत्रिकामा कविता छपाउने मन छ रे। उहाँको तमसुके अक्षरलाई टाइप गरेर पत्रिकाका कार्यालयमा धाउँदैछु। मैले दिंदैमा छाप्दैनन् हजुरबा भनेको गाउँका अर्को कल्ले दियो भने छाप्छन् त भनेर हैरान भयो। म जस्तो भारभुरेलाई त पत्रिकाँ लेख कविता पठाउनेले हैरान पार्छन भने बिचरा सम्पादकहरुको हालत के भा होला....
  • खोई विष्णुलाई सम्मान!
    (भारतीय रेलमा डाँकुहरुसँग लडेर महिलाको अस्मिता र धेरै सम्पत्ति जोगाएका विष्णुको सम्मानमा रचित कविता। यो छन्दमा लेखिएको छ।)

    धरा नेपालको पुत्र नेपाली शान हुन् उनी

    मर्यादा शानको राख्ने योध्दा महान हुन् उनी 
    एउटै खुकुरी नाङ्गो सशस्त्र डाँकुको हुल
    छप्किदै बिचमै नाच्यो नेपाली बीरको मुल

    चल्दै रेल थियो वेग नेपाली युद्ध साधक
    यात्रीको अस्मिता एक्लै वचाए लुटिने हक
    भारतले गर्यो श्रद्धा सम्मान पनि अर्पियो
    त्यस्तै सम्मान श्रद्धालु विभिन्न क्षेत्रले दियो

    चासो राख्दैन नेपाल सरकार अझै किन
    नेपाली शानको मान प्रहर्षित बनाउँन
    बुझ्नेले नै बुझेनौ कि देशको मर्म सर्वथा
    नपरोस् पढ्न फेरी त्यो दोश्रो तेन्जिडको कथा
    (प्रथम सगरमाथा आरोही तेन्जिङलाई नेपालले बेलैमा नागरिकता नदिदा उनी भारत गएर बसे र उतैका भएका थिए। डेढगाउँ ९  नवलपरासीका कवि लोकनाथ पोख्रेलले रचेको कविता हो यो।)
    Sushil PokhrelRajendra AryalKhem Raj Ghimire and 27 others likae this.
    • Jaw Knock Raazaa गर्दिनु न त त्यती । बिचरा हजुरबा । :))
      February 15 at 11:14am ·  ·  2 people
    • Ujwal Ojha भनेसी लोकनाथ बुबाले सताउनु भयो तपाइलाइ पनी
      February 15 at 11:15am · 
    • Krishna Kumar Tapae tayo thauma hunuhuthau ra po vanu va ....
      February 15 at 11:19am ·  ·  1 person
    • Jiwan Bhattarai mero pani eudo kabita 6paunu thiyo. Lau na dipak sir.........
      February 15 at 11:21am ·  ·  2 people
    • Gajendra Budhathoki दीपकजी एउटा रमाइलो स्मरण सुनाउँ म समाचारपत्रको साप्ताहिक परिशिष्टांक सौगातको संयोजक भएकाबेला पोष्टबक्सबाट आएका पत्रहरू खोल्दा साप्ताहिक रूपमा प्राप्त हुने औसत १५ वटामध्ये १२ वटामा त कवितै हुन्थे, यो मुलुकमा त कति धेरै कवि भन्ने लागेर (भैरव अर्यालको निवन्धको झल्झती सम्झना गर्दै) मैले त्यतिखेर कवितै लेख्न बन्द गरेँ भन्या
      February 15 at 11:22am ·  ·  3 people
    • Ujwal Ojha कोरियामा त कविको पनि लाइसेन्स हुन्छ रे यहा पनि त्यस्तै भए देखी कम हुन्थ्यो की ?
      February 15 at 11:26am ·  ·  1 person
    • लक्ष्मी पराजुली good job Dipak ji.
      February 15 at 11:45am · 
    • Jiwan Bhattarai dipak sirlai yaso jiskyaitopalya matrai ho. Maile katabata kabita phuraunu. 12khari kharne belaan guchcha kheldai ra bakhrabastu charauna jandai thik bho. Baru kahile yaso bihebatulma shilok suneko bhaera 2/4 wata shilok bhane mukhagra 6 hai.....
      February 15 at 12:29pm ·  ·  1 person
    • Ujjwal Prajapati Sewa nai dharma ho, dipak jee...
      February 15 at 2:01pm · 
    • Narayan Amrit sindhupalchok Jillama gata barsa mrityu huneharu 487 ...tee madhye 486 jana ta kabi rahechhan re ....halat aru jillako pani testai hola ni hai ....................hahahahhahhahah
      February 15 at 2:17pm ·  ·  6 people
    • Santosh Chaulagain interesting bro
      February 15 at 2:28pm · 
    • Raj Pandey hune wala sampadak bhayera diyeka holan buda lae.
      February 15 at 5:41pm · 
    • दौंतरी ब्लग दिपक जी त्यती कबिता पनि नछाप्ने, अब हजुर्बा कबिता नछापे सम्म डेग नचल्ने होलान। साच्चै दौंतरीमा पठाउं ल हामी पक्का राख्ने। बरु हजुर्वाको फोटो र परिचय पनि पठाऔं।
      February 15 at 6:10pm · 
    • Dinesh Cool u r great jiwan dai ........la la mero biha ma bhannu hola hai shilok ...hahhahaaha
      February 15 at 7:19pm · 
    • Jiwan Bhattarai la la dinesh ji,nimto garna 6utaunubhaena bhane janti bhaera jaunla na shilok bhanna
      February 15 at 9:06pm · 
    • Dinesh Cool hahhahaha dai kaso 6utaula ta hau ni ..my dear dai lai
      February 15 at 9:08pm · 
    • Deepkiran Sharma RAm Jane !
      February 15 at 9:45pm · 
    • Ujwal Ojha लौँ देखियो करामत आजको नागरीक दैनीकमा । तर हामी जस्ता सर्बसाधरणले बुझ्ने खालको छैन ल त्यो कबिता ।जे होस डेढगाऊको नाम चै आयो । मेरो नी एउटा कबिता छ पठाम त भिनाजु !
      5 hours ago ·  ·  1 person

No comments:

Post a Comment

Please leave your comment here