कान्तिपुर टेलिभिजन शाखामा रहेको पत्रकार महासंघको सदस्यता त्यहाँबाट सारेपछि काठमाडौं शाखा कार्यालय भृकुटिमण्डप जाँदै थिएँ। कार्यालय नजिकै सार्वजनिक शौचालय रहेछ। म जाँदै गर्दा ट्वाइलेटमा पैसा उठाउने एक जना दाजु, 'पत्रकार हुँ भनेर थर्काउन खोज्छस्' भन्दै जंगिदै थिए। पत्रकार भन्नासाथ यसो के रहेछ भनेर सुन्न मन लाग्यो। भएको के रहेछ भने, पिसाब फेरेपछि तीन रुपैयाँ नतिरेर एक पत्रकार महोदयले आफ्नो कार्ड देखाउँदै पत्रकार हुँ भनेछन्। म पुगेपछि ट्वाइलेट कुर्ने ती दाजुले आफू बसेको बेन्च मुनिबाट एउटा पत्रिका निकालेर देखाउँदै भने, 'तैले यो पत्रिका फ्रीमा दिन्छस र, मैले मन्त्री आए त छोड्दिन...'
आफ्नै सजातीय प्राणी भए पनि ती पत्रकारलाई मैले चिनिन। तर पत्रकारकै वेइज्जत हुन लागेकाले गएर तिन्को पैसा तिर्दिम कि भन्ने पनि एक मनमा लाग्यो। तर फेरि अर्को मनमा डर लायो, मन्त्रीलाई छोड्दिन भनेका ती दाइ आफू माथि नि खनिन सक्छन्। अनि यसरी नै कार्ड देखाएर अरु दश जना नि गएका छन्। तिन्को नि पैसा तिर भने के गर्ने। गान्धीजीलाई सम्झें, बुरा मत देखो, बुरा मत सुनो....

No comments:
Post a Comment
Please leave your comment here