Wednesday, February 23, 2011

झलनाथलाई फोकटमा दुई सल्लाह

झलनाथ काम्रेडलाई फ्रीमा केही सल्लाह दिम् कि जस्तो लागिराछ।

१) संविधान घोषणा गर्ने बेलातिर साकिरा, ब्रिटनी स्पेयर्स, जस्टिन बेबर जस्ता  चार जना जति गायक गायिका हप्ता हप्ता दिन जसो फरकमा काठमाडौंमा ल्याएर कन्सर्ट गराउनुभयो भने तपाइलाई संविधान किन बेलाँ नबनाको भनेर कसैले भन्दैन। पत्र पत्रिकाहरु त झन् पुरै तिनैमा व्यस्त भइरहन्छन्।
२० वर्ष अगाडि हिट भर थन्किसकेका गायक ब्रायन आडम्स फर्केको एक साता भइसक्दा त त्यो बाहेक अर्को चर्चा शहराँ सुन्न पाइया छैन, एफ एममाँ होस् कि पत्रिकाँ, अझ सक्नुहुन्छ भने नेपालका टिभीहर्लाई नि तीन दिन पछि कन्सर्टको आधा भिजुअल देखाउन पाइने नियम बनाइदिनोहोस् एफ एम र पत्रिका मात्र होइन टिभी पनि त्यसैमा भुल्नेछन्।

२) कहिं कहिं जागिरमा आवेदन माग्दा योग्यतामा .... वा सो सरह भन्छ (जस्तै बिए वा सो सरह)।  तपाइलाई अहिले तपाइकै पार्टीका केही मान्छेले गृह मन्त्रालय माओवादीलाई दिनै हुन्न। एमालेले नै राख्न पर्छ भनिरहेका छन्।  त्यसैले गृह मन्त्रालय तपाइकै पार्टीका मान्छेलाई दिनोहोस् तर माओवादी वा सो सरहका नेता, जस्तै वामदेव गौतम। तपाइका पार्टी भित्रका विपक्षीलाई तपाइले भन्न नि पाउनुभयो, हाम्रै पार्टीमा राखेको छु भनेर अनि माओवादी नि आँफू वा सो सरह भएपछि त मानिहाल्छन् नि।


नातामा आफ्नै पर्ने भएकाले (पुरानो ब्लग पढेकालाई मात्र ) फोकटाँ दुईटा सल्लाह दिइहालें। अरु आवश्यकता परेका बेलाँ दिंदै जाम्ला। माग्न पर्दैन, म मनकारी छु।   

1 comment:

  1. १ नम्बर बुँदा मा चैँ असहमति छ !
    झल्लु ले ब्रायन लाइ ल्या'को भएपो एउटा कुरा !
    अर्को, पत्रिका ले हप्ता दिन सम्म चर्चा गर्दै मा, संविधानसभा को कुरा हराउने हैन ! २-३ वर्ष देखी खबरदारी गर्दा त 'दल' हरु ताल मादल झैँ छ, कहिले कसले बजाउने, कहिले कसले बजाउने ! पत्रिका मा लेख्दै मा हुने भए, के चाहिन्थ्यो र ?

    गित गाउने मान्छे सँधै हिट नै हुन्छन् । २० वर्ष अघि का हिट भएपनि, नेपाल मा पहिलो पल्ट नै आ'का हुन् क्यारे ! रंगशाला खालि देखिएको भए, भन्न मिल्थ्यो २० वर्ष पहिले को पुराना हिट मान्छे आए ।

    खै के खै के, अचम्म सँग ले ब्रायन आ'को कुरा किन कसैलाई राम्रो सँग नपच्या होला ! :P पत्रिका को लेख्ने काम जे नि लेखिहाल्छन् नि ! मलाई त पत्रिका ले धेरै लेख्यो कि, त्यो एनसेल को थ्रिजी सेवा बारे कुनै पत्रिका ले नलेखेको याद आउँछ !

    अर्को बुँदा त झल्लु ले मान्लान नि, तपाई कै दाजु परे ! हा हा
    :)

    ReplyDelete

Please leave your comment here