Sunday, November 28, 2010

माओवादीको छुट्टाछुट्टै मेस

पालुङटाराँ माउवादी मेसको भात खान पाइयो एकदिन। आर्मी, पुलिसको भान्साँ अफिसर्स मेस र जवान मेस भन्ने देख्दा यही होला सामन्तवाद भनेको सोचेर बसिराथें। 

साम्यवादीहर्को नेतादेखि कार्यकर्तासम्म सबैको एउटै मेस होला भनेको त्यहाँ नि केन्द्रीय पदाधिकारी र अन्यका लागि छुट्टै मेस हुँदो रचत। मेसको सजावट नै फरक फरक। 

पत्रकारहरूले हुलास बासमति चामलको भात छ भित्र भन्थे, हाम्लाइ त चोइला परेको सोना मनसुली चामलको भात जस्तो पो दिए त भित्र...


धेरै जना भएर व्यवस्थित गर्न छुट्टाछुट्टै मेसको व्यवस्था गर्या होलान्। नभए त साम्यवादीहरुको त नेतादेखि कार्यकर्ता सम्मको खवाई, बसाई, लवाई एउटै छ होला।   

1 comment:

  1. "चार सत्य " - Milan Bagale

    राजतन्त्रको जरोमुलो मास्सिदा,
    सामन्तीतन्त्रले नेटो काटने
    हावाका रङ्गीचङ्गी वेलूनहरु
    टायरले किच्न लागिसके
    कमरेड पजेरो रोक,
    हावाको वेलूनभित्र
    तिम्रो सक्कली अनुहार र
    जनताका अटेसमटेस सपना छन
    पानीको फोकोझै फुट्ला !

    लुटन तिमिले सिकायौ
    लुछ्न तिमिले सिकायौ
    गरेर होईन,
    खोसेरै खान सिकायौ
    कालो सिसाभित्र बसेर
    कमरेड ज्यादती रोक्छु नभन
    वाईसिएले तिम्लाई नै कुटला!

    र्सवहाराको नेता भनेको
    सवैतिर हार्नु हैन,
    र जनता भोकै राखेर
    एक्लै तर् मार्नु हैन,
    कमरेड बादल मडारिदैछ ,
    हिउदमा छाता सिईराख
    बर्खामा पानीले चुटला !

    गाडी चढ्यौ खाट चढ्यौ
    घोडा बनाई जनतालाई
    दश बर्षढाड चढ्यौ
    कोशी फुट्यो कर्णाली फुट्यो
    दुख पिडाको मुल फुट्यो
    तर तिम्रो पथ्थर फुटेन
    हातमा हतौडा बोकेर
    कमरेड खप्पर फोर्छु नभन
    धागाको डोरीजस्तो
    नेपालीको धैर्यको बाध टुट्ला !

    ReplyDelete

Please leave your comment here