Tuesday, November 16, 2010

साउदी युवराज्ञीसँग राष्ट्रपति र प्रधानमन्त्री

राष्ट्रपति रामवरण यादव साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदसंग भेटवार्ताका क्रममा युवराज्ञी समिरालाई राष्ट्रपति भवनमा स्वागत गर्दै। दी हिमालयन टाइम्समा छापिएको यो तस्वीरमा राष्ट्रपतिले युवराज्ञीको हात जसरी समातेका हुन् त्यो मलाई अलिक असजिलो लागेकाले यो तस्विर यहाँ राखेको हुँ।
एक जना मुस्लिम महिलासँग हात मिलाउँदा राष्ट्रपति यादवले त्यस्सरी बेस्करी समाउन पर्थ्यो र। मलाई थाहा छैन वा यो चलन राम्रै पो हो कि।


प्रधानमन्त्री माधवकुमार नेपालले पनि हेर्नु त संसारका १९ औं धनी साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदकी श्रीमती युवराज्ञी समिरालाई कसरी हेरेका हुन्। ठूला पदमा पुगेकाहरुले राष्ट्रको प्रतिनिधित्व गर्नेहुँदा यस्तो भेटघाटमा कसरी शिष्टाचार पालना गर्ने भन्नेकुरामा ध्यान दिनुपर्ने हो कि जस्तो लाग्छ मलाई।
यो फोटो कौशल अधिकारीले काठमान्डु पोस्टका लागि खिचेका हुन्।


प्रधानमन्त्री माधवकुमार नेपालले युवराज्ञी समिरासँग हात मिलाएको यो दृश्य चाहिँ स्वभाविकै लागेको छ। झुकेको पनि त्यति धेरै असुहाउँदो होइन होला नेपाली संस्कृतिमा। फोटो इकान्तिपुरबाट लिइएको हो।

1 comment:

  1. Her name is Amira not Samira. Journalist here just passes the news from one source. They never investigate. That's why I always say Nepal don't have JOURNALIST only PUPPET REPORTERS !!

    ReplyDelete

Please leave your comment here