Thursday, May 1, 2008

डेढगाउमा एस एल सी परीक्षार्थीले निशुल्क वास पाउने

प्रकाश ओझा
डेढगाउँ, नवलपरासी
डेढगाउमा चार वटा विद्यालयको एस एल सी परीक्षा केन्द्र हुने भएपछि त्यसलाई व्यवस्थित र मर्यादित बनाउन विद्यालय व्यवस्थापन समिति सक्रिय भएको छ । डेढगाउ उच्च मा.वि.मा गत महिना बसेको शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले रकुवा, मिथुकरम र रुचाङबाट आउने विद्यार्थीलाई परीक्षा अवधिभर निःशुल्क बासको व्यवस्था गर्ने निर्णय गरेको परीक्षा व्यवस्थापन समितिका उप-संयोजक छविलाल ओझाले वताउनुभयो ।
यस्तै एस एल सी परीक्षालाई मर्यादित बनाउन स्कूल वरपर तारबार लगाउने निर्णय पनि व्यवस्थापन समितिले गरेको छ । डेढगाउँ उच्च मा.वि. डेढगाउँ, नगरडाँडा मावि व्याघान, धर्मात्मा मा.वि. मचेडी र बेलभञ्ज्याङ मा.वि. रकुवाका गरी जम्मा २४४ जनाले डेढगाउँ केन्द्रबाट एस एल सी परिक्षा दिदैछन् । -प्रशिक्षार्थी पत्रकार

No comments:

Post a Comment

Please leave your comment here