Thursday, May 1, 2008

नयाँ कार्य समिति गठन, नहर बन्ने भयो

काली टाइम्स संवाददाता
डेढगाउँ, नवलपरासी
नहरका उपभोक्ताको फागुनमा भएको भेलाले डेढगाउँमा नयाँ सिंचाइ उपभोक्ता समितिको गठन गरेको छ । कार्य समिति गठन हुनासाथ जीण अवस्थामा रहेको नहरको निर्माण कार्य पनि सुरु गरिएको छ । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष कमानजीत दर्राईले जेठसम्ममा नहरमा पानी ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्राईको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, सचिवमा नारायणप्रसाद ओझा, सहसचिवमा डोलराज खत्री र कोषाध्यक्षमा कमल दर्राई चयन हुनुभएकोछ ।
नहर पुननिर्माणका लागि लाग्ने करिब ३१ लाख रुपैया जिल्ला सिंचाइ कार्यालयसँग माग गरिए पनि त्यसमा प्रगति नभएको भन्दै समितिले उपभोक्ताबाट श्रमदान र रोपनीको हिसावले रकम उर्ठाई नहर बनाउने योजना बनाएको समितिका सचिव ओझाले जानकारी दिनुभयो ।
गत भदौमा आएको बाढीका कारण नहर पहिरो गए पछि डेढगाउँ फाँटको करिव २४० हेक्टर खेतीयोग्य जमीन सुख्खा रहँदै आएको छ । धान पाक्ने बेलामा नहर भत्किएपछि धेरै किसानले यस वर्षपरालमा मात्रै चित्त बुझाउनु परेको थियो भने गहुँको खेती पनि राम्रो हुन सकेन ।

No comments:

Post a Comment

Please leave your comment here