Tuesday, April 29, 2008

नहर भत्कियो बन्ने सुर छैन

३२ वर्षदेखि डेढगाउ फाटमा सिंचाईको सेवा पुरयाउदै आएको नहर पाच महिना यता सुक्खा छ । गत भदौ असौजको बाढीले नहरका विभिन्न भागमा क्षति पुराएपछि नहर पुन निर्माण हुन सकेको छैन ।
जिल्ला सिंचाई कार्यालय सिमरीबाट आएको प्राविधिक टोलीले नहर पुन निर्माण गर्न ३० लाख ३१ हजार रुपैया खर्च लाग्ने अनुमान गरेको डेढगाउ सिचाई उपभोक्ता समितिका सचिव वुद्धिराज श्रेष्ठले बताउनुभयो । सो रकम उपभोक्ता सग नभएकाले क्षत्रीय सिंचाई निर्देशनालय पोखराबाट रकम माग्ने प्रयास भए पनि काम हुन सकेको छैन ।
साधारण सभाबाट चार वर्षपुरानो उपभोक्ता समिति फेर्ने भनेर र्सवदलीय समितिलाई जिम्मा दिएता पनि हालसम्म सो कार्य हुन नसक्दा क्षत्रीय सिचाई निर्देशनालयमा छिटो पुरयाउनु पर्ने पत्र समेत त्यसै थन्किएर बसेको गुनासो श्रेष्ठले गर्नुभयो ।
धान खेतिका लागि चार महिना मात्र बाकि रहदा पनि नहर पुन निर्माणको सुरसार नहुदा एक सय २५ हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुरयाएको डेढगाउ फाटको नहरको भविष्यमा नै प्रश्न चिन्ह उठेको भन्दै किसानहरु चिन्तित छन् ।

No comments:

Post a Comment

Please leave your comment here