Tuesday, April 29, 2008

सामान अन्त भन्दा सहकारीमा सस्तो

डेढगाउ बहुउदेश्यीय सहकारी संस्थाले दैनिक उपभोग्य बस्तु चामल, नुन, र तेल बजारका अन्य पसलमा भन्दा सस्तोमा बेच्ने गरेको छ । खहरेमा रहेको सहकारीको पसल मंसिर देखि संचालनमा आएको हो ।
सहकारीले गत वर्षदेखि पसल खोले पनि बाटो विग्रिएको कारण बीचमा पसल बन्द भएको सहकारीका अध्यक्ष धर्मलाल मालीले जानकारी दिनुभयो । अरु पसलमा झै नाफा धेरै नराखिने र संचालन खर्च मात्र उठाइएकाले सहकारीमा सामान सस्तो हुने मालीले बताउनुभयो ।
दुइ सय १० जना सदस्य रहेको डेढगाउ बहुउदेश्यीय सरकारी संस्था २०५९ साल जेठ १३ गते भएको हो । सहकारीसग अहिले करिब चार लाख रुपैया रहेको छ । सहकारीको स्रोत भनेको विभिन्न गैरसरकारी संस्थाले दिने सहयोग र बचतबाट आउने व्याज भएको अध्यक्ष मालीले काली टाइम्ससग बताउनुभयो ।
एक्सन एड नेपालले १२ वर्षअगाडि नै गाउमा विभिन्न विपन्न समूहरुलाई अनुदान दिएर बचत समूह बनाएको थियो । पछि हिकोडेफले पनि ती समूहलाई सहयोग उपलब्ध गराएको थियो । ती संस्थाहरु मिलेर डेढगाउमा सहकारी संस्था स्थापना भएको हो ।

सहकारीले आफ्ना सदस्यलाई कृषी, घर निर्माण, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारका लागि निम्न ब्याजदरमा रिण दिने गरेको छ । सहकारीमा रकम जम्मा गर्न चाहनेलाई आठ प्रतिशत व्याज पनि दिने गरेको छ ।

No comments:

Post a Comment

Please leave your comment here