Friday, April 30, 2010
माधव सर्कालाई भारतको समर्थन
माधव सरकारलाई भारतको समर्थन भनेर मनमोहन सिंले भने भन्ने समाचार सुनेर सुतेको। सपनाँ त म प्रधानमन्त्री भारे मनमोहनले मलाई त्यसो भनेसि मैले पनि - आपको सरकार के भी नेपालका समर्थन हैं'भन्देको मनमोहनले त तीन गिलास पानी पिएको। हाम्रा देशका प्रधानमन्त्रीले त्यस्तो सपना देख्लान्?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
Thursday, April 29, 2010
भिड त पारसले जम्मा पारे
सडकाँ धेरै मान्छे उफार्ने फूर्ति चाहिँ ठूला पार्टीले नलाए नि हुनेरैछ जस्तो लाओ यार मलाई हिजो पारस शाहको स्वागताँ वीरगञ्जको सडकाँ त्यो धुपाँ आको भीड देख्दा...रस सकिएको पा-रस भाठाँ त तेत्रा मान्छे ओइरिनेरचन् भने रसले भरिएका माउवादीले कति मान्छे उतार्लान त सडकाँ राम राम। माधव कणले पहिल्यै राजिनामा देर तिन्को जुलुस हेर्न नपाइने हो कि भन्ने पिर छ यार मलाई त।
कुरो थिम्पुमा छ...

यहाँ जति निर्णायक बहस गरे नि क्यार्ने कणहरु। भुटानाँ भाका हाम्रा प्रमलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंले दिने सल्लाह नै सबैभन्दा काम लाग्छ। 'तिमीहर्का माउवादी सत्ता आए हाम्लाई झन् अप्ठेरो हुन्छ,माउवादीलाई सत्ता नदेउ' भनेर सिं भैयाले भने भने माधवले मरिगए सत्ता छोड्दैनन्। 'छोडो अब,एमआरपी त हम्को दिया नहीँ। यी सब काम हम माउवादीसे कराइगें'भने भने फेरि नयाँ प्रधानमन्त्री पाइन्छ...
Wednesday, April 28, 2010
छोड्दे हुन्छ
निर्णायक भनिएको अनिर्णित बहस सुनेपछि मेरो निश्कर्ष के : नआत्तिए हुन्छ काँग्रेस-एमालेहरु। प्रधानमन्त्री माधवकुमार नेपाललाई राजिनामा दिन लाए हुन्छ। प्रचण्डलाई फेरि प्रधानमन्त्री बनाइदिए नि केही फरक पार्दैन। केही महिनापछि आत्तिएर उनी आँफै फेरि कुनै निहुँ खोजेर सत्ता छोड्छन्। त्यसपछि तिम्हरुकै हाता आउँछ।
कल्ले ढाँट्यो
प्रचण्डले ढाँटे कि कृष्णप्रसाद सिटौलाले- प्रचण्डले भने गिरिजाबाबुसँग कति संख्यामा माओवादी लडाकुलाई सेनामा लाने भन्ने सहमति भएकै थिएन। तर सिटौलाले भने - गिर्जाबाबुले तीन हजार भन्दा प्रचण्डले नमानेपछि ५/६ हजारलाई सुरक्षा फौजमा लाने सहमति भएको थियो। एउटाले चाहिँ ढाँट्यो कल्ले हो है...
निर्णायक बहस
प्रचण्ड,सुशिल कोइराला र झलनाथको'निर्णायक बहस'ले के के न निर्णय गर्ला भनेर टिभिआँ गम झैं टाँसेर बस्सियो। अरुले त के के न निर्णय गरेको बुझे कुन्नि मैले त प्रचण्डले आफ्नो डम्फू बजाए अरु नेताले त्यसमा प्रतिक्रिया दिएको भन्दा केही निर्णय भएको पाइन। प्रचण्डले भनी त गए - सामन्तवाद र विदेशीलाई मान्नेलाई नेपाली नागरिक हुन सक्दैन। विदेशीले भनेको कोले मान्छ र सामन्तवादीहरु धेरै अहिले कुन पार्टीमा छन् भनिराख्न पर्छ र ?
नेपाली संसदमा त यस्तो भाछैन नि

रुसी सैनिकहर्लाई सन् २०४२ सम्म आफ्नो सिमा भित्र बस्न दिने/नदिने बारेको बिबादमा युक्रेनका सांसदबीच गोदागोच चलेछ। ४५० सभासद मध्ये २३६ ले रुसी सैनिकलाई आफ्नो देशाँ बस्न दिने भनेछन्। आज बिहान एउटा सभासद्ले डाइलग मार्यो नि मलाई-मु*हरु नेपाली सभासद-नेताहरुलाई खुब गाली गर्छउ नी। युक्रेनका सभासदले झैं हाम्ले लड्याछम्।'नेपाली पत्रकारको पुरानो बानी मैले नै सोँधे-युक्रेनका सांसदले रुसको पैसा खाए कि खाएनन् होला। सभासद त मुर्च्छा परे झैं गरेर हास्यो नि।
मै काले
हतियारसहित पक्राउ कार्यकर्ता
Tuesday, April 27, 2010
इन्सोरेन्सले देको धोका
इन्सोरेन्स कम्पनीले पनि खुब दुख दिंदो रहेछ नि। हाम्रा एक साथीको छोरा जन्मिदा भएको खर्चको पाउनुपर्ने विमा रकम छोराको भातख्वाई गर्नेबेलासम्म पनि पाछैनन्। आज फोनाँ धक्माउँदै थे- बेकारमा शंका गरेर के के हो के के कागज मागेर यो पालि त पैसा देनौ। अब अर्को बच्चा जन्माउने बेलाँ जन्मेको हेर्न हस्पिटलाँ नै आउ,अहिले नै निम्ता छ...
बाँचेर आइयो
शहरमा जताततै ट्राफिकको तनाव छ। नेविसंघका विद्यार्थीले गृहमन्त्रीको राजिनामा माग्दै प्रदर्शन गरेकाले होला। त्यस्तो बेलाँ यस्तो मुर्ख ड्राइभरले चलाएको गाडीमा चढिएछ कि। जताततै ठोक्ला झैं गरेर ८० को स्पिडमा बस चलाउने... हिडेरै जान्छु बरु जीउ रहे पछ चढम्ला गाडी भनेर आधा बाटाअड हिडें। राम राम बाँचेर आइयो यार अफिस
Subscribe to:
Posts (Atom)

