Monday, August 11, 2014

के हेर्दैछ सरकार ?

सुनकोशीमा पहिरो गएको ठाउँमा साझा सवाल रेकर्डिङ गर्न आउँदाको अनुभव नि एउटा- टेलिभिजन क्यामेराको पृष्ठभूमीमा सिन्धुपाल्चोकका सिडियो सुनकोशी पीडितहरुलाई राहत सामाग्री वितरण गर्दै थिए, सशस्त्र/नेपाल प्रहरी र नेपाली सेनाका सैनिकहरु उद्वार र खोजीको कार्य गर्दै थिए अनि क्यामेरा अगाडि रिपोर्टर कराउँदै थिए, खोई सुनकोशीमा सरकार ? किन अहिलेसम्म सरकार यहाँ आउन सकेको छैन? किन अहिलेसम्म राज्य विहिनताको स्थिति छ यहाँ ? I Like the style of this reporter, हरे राम।

त्यसमा इश्वर रौनियार मित्रले थपेका :  साथमा एक जना पिडीत भन्दै थिए - सिडियो, डिएसपी, मन्त्री, सेना, प्रहरी, नेता सबै आए, कुरा बुझे राहत नि दिए तर सरकारलाई भने अहिले सम्म देख्न पाएको छैन । अनि रिपोर्टर साथीले क्यामेरामा हेर्दै भन्नु भयो - यो राज्य विहिनताको स्थिति हैन ? के हेर्दैछ सरकार? कहाँ छ सरकार?

जहाँतही जे सुकै होस् रिपोर्टर भन्छन्- के हेर्दैछ सरकार? अहिले टिभीमा सबैभन्दा बढी सुनिने वाक्य हो जस्तो लाग्छ।

No comments:

Post a Comment

Please leave your comment here