दशैंमा घर जाँदा तनहुँको भिमादमा देखेको। पहिले पहिले पुरुष मात्र देखिन्थे केरे यसरी क्यारेम खेलेर दिन बिताउनेहरु। आजभोलि गाउँको सानोतिनो चोक र बजारमा महिला पनि क्यारेम खेल्न थालेछन्। विकासे संस्थाले महिला सशक्तिकरणमा बजेट जो खर्च गरिरहेका छन्....
क्यारेम नेपालको तास पछिको सबैभन्दा बढी समय खेर फाल्ने माध्यम होला। गाउँघर तिर आजभोलि चोक चोकमा क्यारेम हुन्छ। प्राय ठाउँमा युवाहरु बिहान खाना खाएदेखि साँझ अबेलासम्म क्यारेम खेलेर बिताउने गर्छन्। खेल्नेसँगै हेर्नेहरु पनि उतिकै हुन्छन् र खेलमा समय खेर फालेका हुन्छन्।
यो फोटो खिच्ने बेलामा पत्रिकामा छापिदिनुहोला है भन्नुभएको थियो। तर कुन पत्रिकामा पठाउने हो र ? आफ्नै ब्लगमा राखें।
- View all 3 shares
Tara Thapa Magar पसल कुर्नु परो ग्राहक आउदैन चाक थेचारेर कति बसुन् तनी........, पुरुस मात्रै खेल्नु पर्छा भन्ने होइन क्यारे............,
7 hours ago · · 3 people
Ram Baral निलो टिसर्ट लगाउनेले बाजी जित्लिन जस्तो छ । मोबाईल पनि छेउमा राखेकी , हातको पाखुरातिर पनि बोर्ड्को धुलो लागेको रहेछ !! यिनको चुरिफुरी गतिलो छ है
6 hours ago ·
Meera Amatya Haina mahila le khelna pani33% nai puryaunu parne..ramailo garne bhag purus ko matr aho ki k ho DEEPAKJI???
59 minutes ago ·
Mohan Bashyal yo game ko national international game nahune vayekali pratibandha nai lagaunu parla
14 minutes ago ·
No comments:
Post a Comment
Please leave your comment here