Wednesday, August 10, 2011

फिलिमका पोस्टरले ब्लड प्रेसर बढाउला

दिनभर शहरका भित्तामा यस्ता पोस्टर हेर्दै साँझ घर पुगेपछि मान्छेलाई रिस नउठेर के उठ्छ त। हुन त अनुसन्धान भाछ कि छैन कुन्नि, तर मेरो विचारमा मान्छेमा चिडचिडाहट आउनु, ब्लडप्रेसर बढ्नुमा नेपाली फिलिमका पोस्टर पनि अलि अलि त दोषि होलान् है।


आज बिहान जमलमा देखेको एउटा नेपाली फिलिमको पोस्टर हो यो। त्यसो त शहरका प्राय भित्तामा पोस्टर टाँसिएका हुन्छन्।


केही महिना अगाडि नेपाल आएका भारतीय अभिनेता नसिरुद्धिन शाहलाई पत्रकारले कुनै नेपाली चलचित्र हेर्नुभयो भनेर सोध्दा उनले भनेका थिए, नेपाली फिलिमको पोस्टर हेरेरै गुणस्तर थाहा भयो।


नेपाली फिलिमको पोस्टरमा किन कलाकारहरु यतिविघ्न रिसाहा देखाउने गरेको होला। दर्शकलाई नै रिसाहा कलाकार मन पर्ने भएर हो कि।

केही दिन अगाडि बारक्याम्पमा शिरिश पोख्रेलले नेपाली फिलिम पोस्टरबारे बोल्दै भनेका थिए,नेपाली फिलिमले तपाइ भित्रको राक्षसीलाई बाहिर ल्याउन चाहन्छ। 

3 comments:

  1. good observation. as for the research they will one day quote you or your blog as link...

    ReplyDelete
  2. अनि नेपाली फिल्मी गीतको बारे तपाई के भन्नुहुन्छ?? तिनमा पनि नकुनै सिर्जानाशिलता नकुनै मधुर्ता नै हुन्छ।

    ReplyDelete
  3. good one. dnt know whether its the viewer's choice or director's fantasy.. why can't they make film's on subjects without violence? http://myhealthynepal.blogspot.com/

    ReplyDelete

Please leave your comment here