Wednesday, June 29, 2011

कलेजवालाहरुलाई फोकटमा सुझाव

यो +2 र ब्याचलर कलेज खोल्नेहरुले विज्ञापनमा सारै धेरै पैसा खर्च गरेको देखेर माया लागेर एउटा सल्लाह फोकटमा दिउँ झैं लाग्यो। मंहगा +2 र ब्याचलर पढ्न आउने विद्यार्थीमा 90% को लक्ष्य विदेश छिर्ने हुन्छ। त्यसैले विज्ञापनाँ धेरै खर्च गर्न साटो कलेजमा थप एउटा विषय चाहिँ IELTS,GRE,GMAT,SAT के के जाति हो राख्दिनु, विदेश पढ्न जानका लागि अँग्रेजी परिक्षणको सम्बन्धी विषय कलेजले नै पढाइदिने भनेपछि विद्यार्थी ओइरिएर आउँछन्।

अमेरिका जान चाहनेलाई GMAT, GRE अरु पनि यस्ता होलान् मलाई थाहा नभएको, बेलायत, अष्ट्रेलिया जानेलाई IELTS आफ्नो इच्छाअनुसार पढ्ने मौका मिलाइदिनुहोस्। कम्तिमा दुई वर्ष लगाएर +2 र तीन चार वर्ष लगाएर ब्याचलर पास भएपछि फेरि विद्यार्थीले अँग्रेजी जाँच वाला परीक्षा दिन थप एक डेढ वर्ष समय त खर्च गर्न पर्दैन नि। विद्यार्थीको समय पनि बचत। विद्यार्थीका बाउ आमा पनि तपाइको कलेजबाट पास हुनासाथ विदेशमा जानलाई अँग्रेजीको जाँच दिन थप समय पढाईमा खर्च गर्न नपर्ने भनेपछि खुशी हुन्छन्।

विद्यार्थी आकर्षित गर्न जान्नु छैन खाली विज्ञापनाँ खर्च गरेर हुन्छ? के गर्नु आफूँले अरुको पनि उत्तिकै चिन्ता गरिन्छ अरुले पो आफ्नो चिन्ता गरिदिदैंनन् र?


    • Raju Dahal ल दाजु कलेज खोलम् अब, ग्रेट अाइडीया
      Wednesday at 2:38pm · 
    • युबराज गौतम अब यस्तै यस्तै चिन्ता गर्दै गयेसी त हो नी सल्लाहकार पद पाइने | कुनै कलेजले हाम्रो सल्लाहकार बसिदिनु पर्यो भनेर अनुरोध गर्यो भने नाइँ नभन्नु होला, मैले पनि चिन्ता गरेरै दिएको सल्लाह हो यो, तपाईलाई |
      Wednesday at 2:38pm ·  ·  6 people
    • IamBe Kas Dherai +2 collage haru thag hun.. no quality education,,, collage ma euta basketball court ra cigarette khane thau vayo vane kta haru lai pugihalchha ra kt haru lai short skirt lagauna diyo vane collage chalihalchha vanne sochhan +2 collage ko founder haru
      Wednesday at 2:46pm · 
    • Raju Dahal हा हा हा झटारो डटकम
      Wednesday at 2:47pm · 
    • Gokarn Bhatt aafaile college khole ho sir
      Wednesday at 2:57pm · 
    • Arjun Dhakal O hoho !
      Wednesday at 3:02pm · 
    • Deepkiran Sharma Not a bad idea !
      Wednesday at 5:04pm · 
    • Tikaswari Rai sir , college ko naam ko bare ni kai leaknus na.
      Wednesday at 5:11pm · 
    • Yadu Prasad Pokhrel ramro 6 sir
      Wednesday at 6:32pm · 
    • मनोज तिमल्सिना Too much nice suggestion yar
      Wednesday at 11:09pm · 
    • Adhikari Hari Baru Nursery dekhi nai rakhn pay jhan sajilo hunthyo hola hai .
      Yesterday at 2:11am · 

No comments:

Post a Comment

Please leave your comment here