काठमाडौं र अन्य शहरकाले एसएलसीको रिजल्ट थाहा पाएको तीन दिन पछि मैले पनि गाउँमा रिजल्ट थाहा पाएँ। पसललाई सामान किन्न बुटबल बजार पुगेका बाले गोरखापत्र पाउनु भएनछ। बुटवलका कपडा पसले साहुका छोराले पनि त्यसै साल एस एल सी दिएका रहेछन्। साहुजीले छोरालाई नम्बर हेर्न लगाएछन्।
साहुका छोराले मेरो नम्बर देखाएपछि छोरो फस्ट डिभिजनमा पास भएको बाले थाहा पाउनुभएछ। साहुको छोराको नम्बर सेकेन्ड डिभिजनमा थियो रे अनि मेरो चाँहि फस्ट डिभिजनमा। हाम्रा बा मसँग जीवनमा त्यति धेरै खुशी भएको कहिल्यै देख्या छैन त्यस अगाडि र पछाडि।
टेस्ट परीक्षामा सेकेन्ड डिभिजन नम्बर ल्याएको र त्यसअगाडि १० कक्षाको अर्ध वार्षिक परिक्षामा 'अप्सनल म्याथ' (ऐच्छिक गणित)मा फेलै भएका कारण बाले मेरो पढाई त्यति राम्रो छैन भन्ने थाहा पाइसक्नु भएको थियो।
गाउँमा फर्केर आएपछि बाले मलाई काठमाडौं लगेर विज्ञान पढाउने कुरा गर्नु भयो। बा र छिमेकी काकाबीच भएको कुराकानीबाट मैले त्यो कुरा थाहा पाएँ। बा र मेराबीच अहिलेसम्म दोहोरो कुराकानी सायदै भएको होला। उहाँले जे भन्नुहुन्छ त्यसमा मैले अहिलेसम्म नाई नास्ति गरेकै छैन र मेरा कुरा बालाई केही भन्न पर्यो भने आमा मार्फत भन्ने हो।
२०३५-०३६ सालतिर काठमाडौंमै जागिर खाएर बसेका बा त्यसपछि बेला बेलामा पसललाई सामान लिन काठमाडौं आइरहनुहुन्थ्यो। २०४९ सालको साउन अन्तिममा बा मलाई लिएर काठमाडौं आउनुभयो। नवलपरासीको पहाडी भाग डेढगाउँबाट काठमाडौं आउँदा तनहुँको भिमाद र खैरनीटार बीचमा पर्ने म्याग्दे खोलाले धन्नै बगाएको थियो बाउ छोरालाई। मलाई कट्टु मात्र लगाउन लगाएर बाले मेरो टिसर्ट र पाइन्ट आफ्नो झोलामा कोच्नुभएको थियो। मैले जुत्ता मोजा फुकालेर हातमा समातेको थिएँ।
करिब ५० मिटर तल सेती नदीमा म्याग्दे खोलाले मिसाउनुअगाडि हामी ढुङ्गा भरेको जालीमा समातेर एकछिन अडिएका थियौं। एक जनाको दश रुपैयाँ लिएर खोला तारिदिने मानिस त्यहाँ बसेका थिए। जाबो १० रुपैयाँ नतिरेर बाले ज्यानै जोखिममा पारेको मलाई कत्ति चित्त बुझेको थिएन। बल्ल बल्ल खोला तरेर खैरनी आइपुगेपछि हामी नाइट बसबाट काठमाडौं आएका थियौं।
काठमाडौंका वटुस्थित कपडा साहुकहाँ लगेर बाले मलाई चिनाउनुभयो। फस्ट डिभिजन ल्याएका छोरालाई क्याम्पस पढाउन ल्याएको थाहा पाएपछि साहुले आफ्नो घर नजिकै डेरा खोज्न सल्लाह दिए। साहुका ३ र १ कक्षामा पढ्ने छोराहरु रैछन्। तिनीहरुलाई फ्री ट्युसन पढाइदिन्छ भन्ने साहुको लोभ हुनुपर्छ। बा र म महाकांलको होटलमा भात खान्थ्यौं र राति सुत्न साहुको भेडासिंह घरमा जान्थ्यौं। सानो र होचो ढोका जस्तोबाट भित्र छिरेपछि चोक र त्यस वरपर सात वटा घर देख्दा म छक्क परेको थिएँ। दुई वटा बहाल (चोक) पार गरेर काँचो इट्टा, माटो र काठले बनेको पुरानो घर टेका लगाएर अड्याइएको थियो। हामी चार पाँच दिन त्यहीँ सुतेर दिउसो पसलको सामान किन्न र क्याम्पस खोज्न निस्कने गर्थ्यौं।
त्यतिखेर विज्ञान पढाउने नाम चलेका क्याम्पस भनेका अमृत साइन्स र त्रि चन्द्र क्याम्पस थिए। दुबै क्याम्पसमा जाँदा फारम भर्ने म्याद ढिलो भइसकेको जानकारी पाइयो। त्यतिबेला भर्खरै प्राइभेटमा पनि विज्ञान पढाई हुन थालेको रहेछ, प्रदर्शनी मार्गस्थित पद्मोदय स्कूलभित्रै नेपाल साइन्स क्याम्पसमा। साहुले त्यहीं पढाउन सल्लाह दिए।
बा र म घर फर्किने भनेको अघिल्लो दिन पद्योदय मोडमा पुग्यौं। क्याम्पस खोज्दै थियौं। गेट बाहिर एकै किसिमको पोशाक लगाएका चार पाँच जना केटा बीयर बोतल हातमा लिएर पिइरहेका थिए। जाँड-रक्सी र चुरोट-बिंडी भनेको देख्नै नसक्ने मेरा बाको कन्सिरी तातेको मैले अनुभव गरें। बाले गाउँको पसलमा आवश्यक भएर पनि जाँड-रक्सी, चुरो-बिडी पसलमा कहिल्यै बेच्न राख्नुभएन। जबकि हाम्रो गाउँमा भएका हाम्रो पसलसँग प्रतिस्पर्धा गर्ने अरु दुई पसल त्यसकै कारण पनि धेरै चलेका थिए।
म पक्का भएँ, अब यहाँ पनि पढ्न नपाइने भयो। बाले मलाई सिधै पुतलीसडकबाट प्रदर्शनी मार्गतिर लिएर हिँड्नुभयो। अलिकति अगाडि बढेपछि हामीले वाल्मीकि क्याम्पस देख्यौं। बाको पछि लागेर म क्याम्पसभित्र छिरें। क्याम्पसमा संस्कृत विषय मात्र पढाइ हुने रहेछ। बालाई झ्याउ लागेको मैले अनुभव गरें। "अहिलेको जमानामा पनि संस्कृत पढेर कहीँ पार लाइन्छ, बरु अंग्रेजी पढिस् भने ट्युसन पढाएर त खालास्," बाले भन्नुभयो।
वाल्मीकिबाट निस्केर अलिक अगाडि बढेको रत्नराज्य लक्ष्मी क्याम्पस पुगियो। बाले क्याम्पस प्रशासनको कोठा बाहिर झ्यालबाट सोध्नुभयो, अंग्रेजी पढाई हुन्छ ? बालाई प्राइभेट बिए पास गर्न अंग्रेजीले धुरुक्कै पारेको रहेछ। उहाँले अरु सबै विषय कटाए पनि करिब चार साल लगाएर अंग्रेजी पास गर्नुभएको जानकारी मैले क्याम्पस पढ्न थालेपछि थाहा पाएँ।
त्यहाँका कर्मचारीले अंग्रेजी पढाई हुन्छ भन्ने थाहा पाएपछि अरु के के विषय छन् भनेर सोध्नुभयो। थुप्रै विषयको नाम लिएझै लाग्छ प्रशासनका कर्मचारीले। बाले त्यहाँ देखेका दुई नयाँ नयाँ विषयमा फारम भराइदिनुभयो, मनोविज्ञान र पत्रकारिता अप्सनल अंग्रेजी त थियो नै।
आइएससी पढ्न भनेर काठमाडौं आएको मैले मानविकीमा फारम भरें। त्यतिबेला मलाई पोखराको गन्डकी बोर्डिङ स्कूलमा चार कक्षामा भर्ना पाउन जाँच दिंदाको मास्टरको सम्झना आयो। लिखित परिक्षा दिएपछि उनले सोधेका थिए, भविष्यमा के बन्ने, मैले इन्जिनियर भनेर जवाफ दिएको थिएँ। गाउँका दुई जना काका पर्नेहरु इन्जिनियर पढ्न रुस गएको बेला थियो। १० वर्षे उमेरमा मैले त्यही सम्झेर जवाफ दिएको थिएँ। त्यहाँ मेरो नाम पनि निस्कियो। तर त्यहाँ २ वर्ष भन्दा धेरै पढिएन। फर्केर गाउँकै स्कूलबाट एसएलसी पास गरियो।
फस्ट डिभिजनवालाको त्यो बेला आरआर क्याम्पसमा पहिलो लिस्टमै नाम निस्कियो। म एक महिनापछि डसनामा केही लगाउने लुगा, गुन्द्रक, एक पाथी जति बोडी र दाल पोको पारी तन्नाले बेरेर काठमाडौं खाल्डो आइपुगें। हर्लिक्सको सिसामा आमाले हालिदिएको घ्यू झोलामा बोकेर राजधानी आउँदा मलाई विज्ञान पढ्न नपाएकोमा कुनै चिन्ता भने थिएन बरु पत्रकारिता र मनोविज्ञान भन्ने विषय कस्तो होला ? यो पढेर के बनिन्छ होला ? भन्ने कौतुहलताचाहिँ थियो।
काठमाडौं आएपछि कहाँ पढ्ने भने जस्तै कहाँ बस्ने भन्ने कुराको टुंगो पनि बाले नै लगाइदिनुभएको थियो। आफन्त पर्ने सिरानघरे (फुपाजु) का दुई छोरा काठमाडौंमा डेरा गरी पढ्दै थिए। नयाँबजारमा उनीहरुको डेरा थियो। त्यहाँ म पनि थपिने कुरा साउनमा नै ती दाजुहरुसँग भयो। घर फर्केपछि त्यसको टुंगो लाग्यो।
२०४९ सालको भदौमा रजहर मामाको छोरा बासु र नारायण दाइ मलाई बस चढाउन राजमार्गसम्म आएका थिए। उनीहरुले काठमाडौं गएपछि कहाँ बस्छौ भन्दा मैले नयाँबजार भन्ने बिर्सिएर बागबजार भनको थिएँ। नारायण दाइ बेला बेलामा काठमाडौं आइरहन्थे। बागबजार भनेपछि उनले क्याम्पस नजिकै रहेछ भने। बसपार्कबाट पनि नजिकै पर्ने भो भनेर नाइटबसमा चढाइदिए।
बुटवलतिरबाट आएको बसमा एउटा सिट पनि खाली थिएन। कन्डक्टरले मुढामा बसेर जाने हो भनी सोधेका थिए। मैले हुन्छ भनिदिएँ। चिनेका इष्टमित्र साथीभाइ कोही नभएर एक्लै रातभर मुढामा बसेर यात्रा गर्दा सार्है पीडा हुँदोरहेछ। दाइहरुले सिट नपाइकन रातिमा नजाउ भनिदिएको भए हुन्थ्यो। तर उनीहरु पो कति जानकार थिए र ? मलाई पनि कतिखेर काठमाडौं पुगौंला जस्तो भइरहेको थियो।
उतिबेला मुगलिङ काठमाडौंको रोड अहिलेजस्तो राम्रो थिएन। धन्न म बस्ने मुढा नजिकै सिटमा बस्ने दुई युवती भलाद्मी रहेछन्। निन्द्राले घरी घरी टाउको लर्खराउँदै उनीहरुको काखमा पुग्दा पनि केही आपत्ति जनाएनन्। अहिले जस्तो भए...
अर्ध निन्द्रामा बिहान ५ बजेतिर मलाई बसपार्कमा ल्याएर गाडी रोकियो। त्यतिबेला गोंगबुमा नयाँ बसपार्क बनिसक्याथेन। सबै लामो दूरीका बस रत्नपार्क नजिकैको बसपार्कबाट छुट्थे र त्यहीं मिल्थे।
झिसमिसेमै मैले पनि आफ्नो कुम्लो झारें। उज्यालो भइन्जेल कुरेर नयाँबजार जाने बसमा चढ्ने ज्ञान मलाई थिएन। उतिबेला तीनपाङ्ग्रे कालो टेम्पु खुब चल्थे काठमाडौंमा। हराइहालिन्छ भन्ने डरले मैले पनि एउटा टेम्पुलाई नयाँबजार लैजान भने।
नयाँबजारमा मामा कन्फेक्सनरी भन्ने चकलेट फ्याक्ट्री थियो। दुई जना मानिस वारपार हुन पनि अप्ठेरो पर्ने गल्ली त्यसैको कम्पाउन्डसँग जोडिएको थियो। त्यही गल्ली पार गरेपछि आउने घरमा दाइहरु बस्थे। अहिले त त्यो गल्लीलाई फोडेर ठूलो बनाइसकेका छन्। बसपार्कबाट नहराइकन नयाँबजार पुग्न सक्दिन भन्नेमा म पक्का थिएँ। मामा कन्फेक्सनरी पुर्याइदिएमा गल्लीभित्र छिरेर घर पत्ता लगाउँछु भन्ने हिम्मत थियो।
टेम्पुमा मिटर भए पनि मलाई त्यसले ठग्छ भन्ने लाग्यो। मोलमोलाई गरेरै आजभन्दा करिब २० वर्ष पहिला पुरानो बसपार्कबाट नयाँबजार जान ४५ रुपैयाँ तिर्न म राजी भएँ। टेम्पुले मैले भनेकै गल्ली बाहिर लगेर छोडिदियो। एकाबिहानै डेराको ढोका ढक्ढकाउँदा दाइहरु अचम्मै परे। अहिलेजस्तो मोबाइल, फोनको सुविधा नभएकाले म कहिले आउँछु भन्ने उनीहरुलाई थाहा थिएन। सजिलै डेरा पत्ता लगाउँदा मैले पनि नाक फुलाएँ। टेम्पुलाई धेरै तिर्यो भनेर गाली गर्छन् जस्तो लागेकाले २५ रुपैयाँमात्र दिएको बताएँ।
त्यसै दिन दिउसो हरि दाइले रत्नराज्य लक्ष्मी क्याम्पससम्म पुर्याएर बाटो चिनाइदिनुभयो। हरि दाइ सरस्वती क्याम्पस र विष्णु दाइ अमृत साइन्स क्याम्पसमा पढ्ने भएकाले नजिकै नयाँबजारमा डेरा लिएर बसेका रहेछन्।
उतिबेला बालाजुबाट जमलसम्म मात्र बस चल्थ्यो। मलाई दैनिक दुई रुपैयाँ भाडा तिरेर जमलसम्म गाडीमा जाने र अनि त्यहाँबाट आधाजसो बाटो आरआर क्याम्पस हिँडेर जान कत्ति मन लागेन। बरु नयाँबजारबाटै हिँडेर क्याम्पस ओहोरदोहोर गरे दिनको चार रुपैयाँ बच्ने कुराले लोभ्यायो।
मलाई दिउसो खाजाका लागि चार रुपैयाँसम्म खर्च गर्ने छुट थियो। दुई रुपैयाँको चिया र दुई रुपैयाँको दुनोट। चिया पनि अस्कलको क्यान्टिनमा त झन् एक रुपैयाँमा नै पाइन्थ्यो। त्यसैले कहिलेकाहीँ आरआरबाट अस्कल क्यान्टिनमा आएर खाजा खान्थे। बस भाडासमेत बचेको पैसाले कुनै दिन भने मज्जाले मम खाइन्थ्यो।
भित्री बाटो नचिनेर म दिनदिनै नयाँबजार सोर्हखुट्टे, लैनचौर, जमल, रत्नपार्क हुँदै क्याम्पस हिँडेर जाने र सोही बाटो फर्कने गर्न थालें। नयाँ साथी भेट्दै, पुस्तकहरु किन्दै क्याम्पस पढ्दा मलाई रमाइलो लाग्यो। माइसंसारका उमेश श्रेष्ठ, कान्तिपुरमा कार्यरत् पत्रकार देवेन्द्र भट्टराई, नेपाल टेलिभिजनका देवेन्द्र सुवेदी र रामप्रसाद भण्डारी, कान्तिपुर एफएमका पूर्व समाचारवाचक श्रीराम पौडेल, रक्तकुन्ड उपान्यासका लेखक पत्रकार कृष्ण भट्टराई आइए पढ्दाका साथी हुन्।
दशैंलाई सामान किन्न आउँदा असोजमा बाले मलाई कलेज छुट्टी भएपछि इन्द्रचोकस्थित साहूको पसलमा बोलाउनुभयो। मैले पनि चिन्न सक्छु होला भनेर हुन्छ भनिदिएँ। एक महिना मात्र भाथ्यो काठमाडौं आएको। इन्द्रचोक त पुगें तर वटु जाने बाटोमा पर्ने साहूको पसल मरिगए पत्ता लगाउन सकिन। एकातिर जान्छु असन आउँछ। अर्को बाटो जान्छु भेडासिहं पुग्छु। अर्को बाटो लाग्छु हनुमानढोका पुगिन्छ। अर्को न्युरोडतिर लाग्छ। अर्को समात्यो मासमको गल्ली पुगिन्छ। धन्नै धन्नै तीन घन्टाभन्दा बढी हराएपछि बल्ल बल्ल साहूको पसलमा पुगियो।
दाइहरु पढाइमा खुब ध्यान दिन्थे। दुवै जना डेरामा खाने र राति ६ घन्टा सुत्ने भन्दा अरु बेला जतिखेर पनि पढिरहेका र लेखिरहेका मात्र हुन्थे। सातामा एक दुई साँझ भने उनीहरु घरबेटीकामा टेलिभिजन हेर्न जान्थे। जसमा मंगलबार प्रसारण हुने गितान्जली भन्ने नेपाली फिल्मको गिति कार्यक्रम र शुक्रबार प्रसारण हुने रामायण पर्थ्यो।
दाइहरु गर्मीमा बिहान अबेलासम्म निदाइन्छ भनेर चैतदेखि दशैं बिदामा घर नगइन्जेलसम्म सिरकको खोल मात्र ओढेर सुत्ने गर्दा रहेछन्। ओहो! काठमाडौंमा भदौ-असोजमा त बिहान सबेरै जाडै हुन्छ। त्यस्तो पनि खपेर पढेका थिए। सिरक नभए पनि म खोल र तन्नामा गुटमुटिएर ६ बजेपछि मात्र म उठ्थें।
दुई तीन महिनामा एकपटक पसललाई सामान किन्न आउँदा बा नयाँबजार आएर बस्ने गर्नुहुन्थ्यो। दाजुहरुको झैं मेरो पढाइमा धेरै ध्यान नभएको वा मलाई पढाइको भारी नपुगेको महसुस बाले गर्नुभयो। उहाँले आरआरमा आइ ए सेकेन्ड इयरसँगै मलाई अर्को कुनै विषय पनि पढाउने कुरा गर्नुभयो। पहिलो वर्ष त जेनतेन बितिहाल्यो। नयाँ भर्ना खुल्दा बाले मलाई ललित क्याम्पसमा भर्ना गर्न जोड दिनुभयो। पत्रकारिता अध्ययन गरिरहेकाले चित्रकारिता पनि पढेर कार्टुनिस्ट बन्नुपर्छ भन्ने उहाँको तर्क थियो।
२०५० सालमा ललितकला क्याम्पस, भोटाहिटीमा आइएफए (इन्टरमिडिएट इन फाइन आर्टस)मा भर्ना हुन आवेदन दिएँ। त्यहाँ प्रवेश परीक्षा दिनुपर्ने रहेछ। एउटा गतिलो लाइनसम्म कोर्न नजान्ने म, पेनसिल इरेजर र रङ लिएर प्रवेश परीक्षामा सामेल हुनुपर्ने भयो। यो मेरो क्षमताको कुरा होइन भन्ने जान्दाजान्दै बालाई केही भन्न नसकेर प्रवेश परीक्षा दिएँ। नतिजा प्रकाशन गर्दा चित्रसँगै एसएलसीको मार्कसिट पनि हेरिँदो रहेछ। मेरो नाम निस्क्यो।
मसँगै एसएलसी दिए पनि कम्पार्ट परेर ०५० सालमा मात्र पास गरेका चुडामणि दाइले पनि आइएफए पढ्न प्रवेश परीक्षा दिएका थिए। उतिबेला हाम्रो गाउँमा उनी मात्र अब्बल दर्जाका चित्रकारमा गनिन्थे। उनको नाम निस्केन। संयोगवश वैकल्पिकमा उनको नाम रहेकाले मैले नपढेको खण्डमा उनले पढ्ने पाउने पक्का भयो।
उसै पनि चित्रकारिता मेरा लागि होइन भन्ने थियो र आरआरमा पढिरहेको मनोविज्ञानमा मलाई रुचि बढेको थियो। बालाई चुडामणि दाजुले नै गएर अवस्था बताएपछि मलाई ललितकला भर्ना हुन परेन।
आइए सेकन्ड एयर पढिन्जेल पनि अरु केही पढ्न परेन। जसै सेकेन्ड इयरको परीक्षा दिएर घर गाथेँ बाले मलाई फेरि आइएससी पढ्नै पर्ने कुरा गर्नुभयो। २०५१ सालको नयाँ भर्ना खुल्दा त्रिचन्द्र क्याम्पसमा गएर आइएसीमा फाराम भर्न लगाउनुभयो। दोस्रो लिस्टमा मेरो नाम निस्कियो।
आइएसी पढ्नेहरुले गरेको परिश्रम मैल देखेको थिएँ। कहाँ खेलीखेली २ वर्षसम्म आरआरमा आइए पढेको मानिस, कहाँ अब टुप्पी कसेर, घोडा धसेर आइएस्सीमा पढ्नुपर्ने भो। आइएफएमा जस्तो कसैलाई सट्टा भर्ना पनि गर्न नमिल्ने।
कामना प्रकाशन समूहले त्यतिबेला निकाल्ने 'महानगर' मा अलिअलि काम पनि गरेकाले होला पत्रकारिता पनि मेरो नसामा चढिरहेको थियो। आइएससी पढ्न सुरुमा 'महानगर' छोडियो। केही किताब किनियो। पढ्न मरे जाँगर चलेको होइन। तैपनि बालाई केही भन्ने आँट मलाई थिएन। एक महिना जति त्रिचन्द्र हिँड्दै गर्दा, आइएको रिजल्ट आयो र पास पनि भइयो। त्यसपछि त झन् जाँगर मर्यो। कहाँ एउटा कपी पाइन्ट पछाडि घुसारेर बिए पढ्न आरआर जाने बेलामा झोला भरी किताब, कपी, स्केल लिएर आइएससी पढ्न त्रिचन्द्र लाग्नुपर्ने।
त्यतिबेलै आमा निकै बिरामी पर्नुभयो। गाउँमा पसल कहिल्यै बन्द गर्न नमिल्ने खालको थियो। उधारो लगेका मानिस पुरानो पैसा तिर्न र नयाँ सामान लिन आइरहन्थे। सामान किन्न आउँदा पसल बन्द भएमा ती ग्राहक अन्यत्रको पसलमा सर्थे र पुरानो उधारो त्यसै हराएर जान सक्थ्यो।
भाइ सानै भएकाले आमालाई सहरमा ल्याएर उपचार गर्न बालाई अप्ठेरो पर्यो। त्यसैले मलाई घर बोलाउनुभयो। म पसल हेर्न गाउँ गएँ। बा बिरामी आमालाई लिएर काठमाडौं आउनुभयो। समयमै रोग पत्ता नलाउँदा लामै समय काठमाडौं राखेर आमाको उपचार गर्नुपर्यो।
पछि आमालाई पत्थरी भएको थाहा लाग्यो र वीर अस्पतालमा अप्रेसन गरी तीन महिना जतिपछि बा घर फर्कनुभयो। त्यतिबेला बिएको भर्ना खुलिसकेको थियो र मैले पढ्न नचाहेको विषयको पढाई निकै छुटिसकेको थियो। विज्ञान जस्तो विषय तीन महिना लामो ग्यापपछि गएर कभर गर्न गार्हो पर्ने कुरा गाउँका दाजुहरुले बालाई काठमाडौंमै पक्का भनेका थिए।
बा गाउँ गएपछि मेरो आइएससी पढाइ बिग्रेकोमा चिन्ता व्यक्त गर्दै अब गएर बिए पढ् भन्नुभयो। म भने रमाउँदै आएर आरआरमा नै अंग्रेजी र पत्रकारिता लिएर बिए पढ्न थालें। तर, फेरि कुन दिन बाले साइन्स पढ् भनेर आज्ञा दिनुहुने हो भन्ने डरचाहिँ रहिरह्यो। समय र उमेर पनि घर्कदै गएकाले होला, ०५२ सालको एसएलसी रिजल्टपछि भने बाले मलाई आफूभन्दा चार वर्ष जुनियरहरुसँग अन्य विषयमा भर्ना हुन दबाब दिनुभएन। मेरो पढाई पत्रकारितातर्फ केन्द्रित हुँदै गयो।

very impressive and memorable article.
ReplyDeleteThanks for sharing.
ReplyDeleteदीपकजी,
ReplyDeleteसरर्र पढियो । रमाइलो लाग्यो । पछाडि फर्किएर हेर्नुको बेग्लै मजा छ । मेरा पनि अनुभव लेख्ने प्रेरणा मिल्यो । लेखौला कुनै बेला । मान्छेपिच्छे अनुभूति फरक हुन्छन् । समय आफ्नो गतिमा चलिरहन्छ । सिकाइरहन्छ ।
सरर पढे राम्रो लाग्यो ।
ReplyDeleteInteresting.
ReplyDeleteएक किसिम को इतिहास नै हो ! रमाइलो लाग्यो !
:)