Wednesday, May 18, 2011

एमालेले कसरी कोषमा १० करोड पुर्‍याउला त

एमालेले एक वर्षभित्र १० करोड रुपैयाँ संकलन गर्ने गरी कार्यकर्ता संरक्षण कोष बनाएछ। डर लाइराछ त्यो कोषाँ १० करोड जम्मा गर्न एमालेका नेताले कहाँ कहाँ भ्रष्टाचार गर्नपर्ने हो, कुन कुन व्यापारीलाई भ्याट छल्न दिने हो, कुन कुन डनलाई रिहा गर्ने हो, कुन कुन शंकास्पदलाई फेरि मन्त्री बनाउने हो, एमालेलाई चन्दा देको कुन कुन ठेकदारले पुल र सडक कमजोर बनाइदिने हो।



अब कार्यकर्ताट लेबी उठार वर्ष दिनमा १० करोड त जम्मा त पक्कै हुन्न। आजभोलि सभासद मन्त्री भन्दा अरु एमाले कार्यकर्ताले कति पो लेबी तिर्लान् र। तिरे पनि महिनाको दश बीस रुपैया होला।  यस्तै यस्तै घोषणाले टाइफाइड उल्टाउने भए,के गर्नु देशको चिन्ता लाउछ...डाउडरले चिन्ता नगर्नु भनेर हुन्छ र..


No comments:

Post a Comment

Please leave your comment here