Friday, May 20, 2011

अनिवार्य सैनिक तालिम हटाएर जीउ बिगार्ने भए

संविधान बनिहाले पनि मेरो चाहिँ विरोध रहने भो है त्यसमा। शारीरिक रुपले दिने जति सबै किशोर किशोरी अथवा युवायुवतीले एकपटक कम्तिमा ६ महिना नै सही सैनिक तालिम लिनै पर्ने नियम बन्यो भने भाइबहिनी छोरा छोरीको जीउ आफ्नो जस्तो बेलैमा बिग्रन्थेन होला भन्ने लाइराथ्यो। त्यही पनि सल्लाह गरेर सबै नेताहरुले मिलेर भेटाएछन्। धेरै नेपालीलाई आफू जस्तै भुँडे र रोगी बनाउने संभावना प्रवल भएर गयो। अरु कति त जाँगरिला नि होलान् तर म जस्तो अल्छिलाई त कसैले नियम बनाएर पछाडिबाट छडी नलाइन्जेल आँफैले शारीरिक अभ्यास गरेर जीउ ठीक राख्ने भन्ने कुरा कथै हुने रहेछ। राति सुत्ने बेलामा सँधै भोलिबाट भन्यो उठ्ने बेलामा आजलाई सकिएन अब फेरि भोलिबाट भन्दा भन्दै जीउ बिग्रिइसको...

No comments:

Post a Comment

Please leave your comment here