Wednesday, May 18, 2011

किचन 'सेयर'

आफ्नो त कामै एयरपोर्टाँ गर हात हल्लाएर आउने जस्तो पो हुन थाल्यो त। हैन क्यानाडाँ सित्तैमा घर जग्गा पाइन्छ कि... काम गरेसी टन्न गाँठ पाइन्छ कि के हो। नजिकका आफन्त साथी भाइ घुँई घुँईती त्यतै लाउन थाले त।


विदेशाँ अरु त त्यस्तै हो तर सुरु सुरुमा तीन चार परिवारले एउटै भान्सा प्रयोग गर्न पर्दा था पाउलान्। अस्ति बेलायत जाँदा जो जो नेपाली विद्यार्थी ले अलि अलि कमाउनेकोमा गइयो ती सबैको ले त्यहाँ किचन सेयर गरेर बसेका थिए। कतिपय त नेपाली नेपाली नै एउटाले पकाएपछि अर्काले पकाउने तर कतिपय त भारतीय वा अन्य देशकासँग पनि किचन सेयर।

एकचोटी काठमाडौ‍मा पनि मलाई डेरा गर्दा काकाले यस्तै किचन सेयर गर्न पर्ने ठाउँमा सारिदिनुभयो। सारै असजिलो भो हामीजस्तो अर्काको चियो चर्चो गर्ने मानिसलाई। कि विदेशी जस्तो अर्काको वास्तै नगर्ने हुन परो। नत्र हामीलाई त आज त्यसले के पकाएछ। अलिकति दिन्छ कि दिन्न भन्ने हुने।अझ कहिलेकाही त कतिखेर पकाएर सक्ला र आफ्नो पालो आउला भनेर कुर्न पर्ने।

No comments:

Post a Comment

Please leave your comment here