Saturday, April 23, 2011

लन्डनको 'गे' बार बाहिर

बाँचीबसे के के देख्न पाइन्छ पाइन्छ भन्थे बुढापाकाले। लन्डनमा 'गे बार' पनि देख्न पाइयो। सोहोमा हामीले देखेको गेबारमा केटाहरु लौरी समाएर नाचिरहेका थिए कट्टु मात्र लगाएर। बारभित्र छिर्नेमा केटाकेटी सराबरी थिए। नेपालाँ 'गे' सभासद सुनिलबाबु पन्त भए नि 'गे बार' देख्न पाइयाछैन। त्यही भएर एकछिन सिसा बाहिरबाटै आँखा भित्र डुलाइयो। डराई डराई खिचेको फोटो...

लौरो समाएर नाच्ने केटाहरु घरी घरी बाहिर निस्कन्थे। तिनीहरु निस्कदाँ केटीहरु (पक्का पनि टुरिस्टहरु नै हुनुपर्छ) ले ती गे नर्तकीसँगै फोटो खिचम् भन्दा खुशी भएर फोटो खिचाएका थिए। लन्डनको भुई तलामा बाहिरबाटै गे बारमा केटाहरु नाङ्गै नाचेको देखपनि केटीहरु त्यसरी नाचेको देखिएन। तर सोहोमा घुम्ने बेलामा दुई जना दलालले हामीलाई खबु दुख दिए - केटी चाहिन्छ भन्दै।

हामीले घुम्न मात्र आएको चाहिँदैन भन्यौ। अब सुत्ने हो भन्यौं। राति दशै सुत्ने भए के गर्न लन्डन घुम्न आएको त भनेर हप्काउने पारामा कुरा गर्यो एउटा बुढो खैरेले। त्यसले देख्नासाथ तिमीहरु नेपाली हौ भनेर सोधेको देख्दा चाहिँ म छक्क परें। मोराले कसरी थाहा पायो होला।

No comments:

Post a Comment

Please leave your comment here