Wednesday, April 20, 2011

बेलायतमा पर्यटकका लागि रे राजपरिवार

बैबाहिक जीवनमा वाँधिन ठिक्क परेका प्रिन्स विलयम्स र केट, बिहेको निमन्त्रणा कार्डसँगै। यस्तो कार्ड  दुई हजार जति बाँडिएका यहाँका पत्रिकाले लेखेका छन्। 
बेलायतमा आजभोलि  प्रिन्स विलियम्स र तिनकी बेहुली केट मिडलटनको बिबाहको चर्चा धेरै नै छ। यहाँ भेट हुने धेरै कुइरे कुइरेनीले -बिबाहको बेलाँ यही हुन्छौ भनेर सोध्छन्। मैले एक जनालाई हाम्रो देशमा राजतन्त्र गइसक्यो केरे। अब हाम्राँ युवराज/राजकुमारीहरुको बिहे हेर्न पाइन्न। हेरम्ला तिमीहरुको भन्दिन्छु। आफ्नो फर्किने टिकट पनि बिहेको भोलिपल्ट छ नि त।


अनि आज एउटा कुइरेले तिमीहरुका किन गणतन्त्र ल्याएको हँ भनेर सोध्यो। मलाई नि जम्मै कुरा बताएर बस्ने मन थिएन। अब राजतन्त्रलाई सामन्तवादको अवशेषको रुपमा विश्वका धेरै देशबाट उहिल्यै फालेको तलाई थाहा छदैंछ। हाम्रा नि फाले, पछिल्ला राजा पनि आवश्यक भन्दा धेरै जान्ने बुझ्ने हुन खोजेका थिए भनिदिएँ।

बरु तिमीहरुकहाँ पो किन राखिराछौ भनेर सोध्या। उसले दिएको जवाफ : राजतन्त्रको मलाई त धेरै फाइदा छ। बेलायत आउने पर्यटकहरु रानी, राजदरबार, राजकुमार, राजकुमारी, युवराजको कुरा सुनेर तिनलाई हेर्न देख्न आउँछन्। म त पर्यटन व्यावसायी हुँ। यहाँ राष्ट्रपतिको शासन हुने हो भने पर्यटक पक्कै घट्छन्। त्यो राष्ट्रपतिलाई हेर्न कोही आउँदैन अरु कामका लागि आउने पर्यटक त होलान् तर आकर्षण घट्छ।
कुइरेले नि आफ्नै फाइदाको लागि राजतन्त्र टिकारचन्... दुनियाँ गणितमा न अडेको छ।

अब अष्ट्रेलिया, क्यानडा, न्युजिलान्डको पनि राजपरिवार परे यी बेलायती राजपरिवार। तिनलाई हेर्न ती बसेका ठाउँ हेर्न ती देशबाटै पनि पक्कै धेरै नै आउलान् नि। अब पैसो आउने भएसि बेलायतीले  किन राजपरिवार फाल्थे र। हाम्राँ पो राजदरबार, राजपरिवारलाई हेर्न तिनका बारेमा सुन्न कोही आएर देशभित्र पैसा आउने भन्दा पनि राजपरिवारले नै धेरै पैसा खान्थे त...

हुन पनि अहिले बेलायतमा यो अप्रिल २९ मा हुने बिहेका लागि हजारौं पर्यटक थपिएको त पक्का छ। 

1 comment:

  1. एउटा न एउटा गुण त सबैको भइहाल्छ नि !

    ReplyDelete

Please leave your comment here