Friday, March 18, 2011

माइक्रोकी कन्डक्टर युवतीलाई मेरो‌ सलाम


हिजो साँझ कार्यालयबाट घर फर्किदाँ नेपाल वायुसेवा निगमको कार्यालय अगाडि देखिएकी युवती हुन् यिनी।  'चाबहिल, चाबहिल' भनेर चिच्याउँदै थिइन्। मैले उमेरदार युवती माइक्रोबसमा कन्डक्टर भएको पहिलोपटक देखेको हुँ। 

उनको फोटो डराई डराई खिचें अलिकति छेलिएर वा लुकेर। तर उनले मलाई देखिन् र भनिन् 'खिच्नु दाइ खिच्नु जति खिचे पनि हुन्छ।' मलाई उनीसँग गफ गर्न मन पनि थियो। उनको बारेमा जान्ने मन पनि थियो। तर म बसेको माइक्रो हिँड्न थालिहाल्यो। गफ गर्न पाइएन। जे भए पनि श्रम गरेर बाँच्ने र नयाँ खाले श्रम गर्ने यिनलाई मेरो सलामा।



1 comment:

  1. जो पायो तेहि केटी हर्सँग गफ नगर्नुस नि फेरि म्याडमको चप्पल खानुपर्ला

    ReplyDelete

Please leave your comment here