Saturday, March 5, 2011

सुर्खेत बुलबुल ताल, माया मै बुढो हुनाले बसेन माया जाल

'सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल'

हजुरबाले बोक्ने ठूलो भारतीय रेडियोमा सानैमा बजेका दुई गीत मेरो सम्झनामा सँधै आइरहन्छ। एउटा सुर्खेत बुलबुल ताल र अर्को

'बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल'
बेनी पुग्दा हुम् त  बजार हेर्ने र जाले रुमाल खोज्दा हुम्। गत साता सुर्खेत पुग्नासाथ बुलबुल ताल (कसैले बुलबुले ताल पनि भन्दा रहेछन्) हेर्न खोजिरहें। तर बुलबुल ताल त फर्किने दिन मात्र हेर्न जुर्यो।

सुर्खेत पुगेपछि भेट भएका साथीहरुलाई बुलबुले ताल हेर्न जाने भन्दा तिनीहरुले मलाई धेरै उत्साहित नहुनु भनेर पटक पटक सचेत गराए। मैले नि अनुमान लगाएको थिएँ पक्कै ताल भन्नासाथ फेवाताल जत्रो होला भनेर साथीले सोच्ला र पछि निरास होला भनेर उनीहरुले यस्तो भनेका होला्।


बुलबुले तालको साइज यही माथिको हो। मलाई बुलबुले ताल घुमाउने सुर्खेतकी दिदी हुनुहुन्छ त्यहाँ सँगै उभिनुभएको।

ताल त के भन्ने खासमा पोखरी जस्तो रहेछ बुलबुल ताल। चिसो पेय पदार्थ स्प्राइट वा वियरमा झैं बुलबुल गरेर पानी फोकाहरु माथि आउने रहेछन्। पोखरीको चारैतिर सिमेन्ट र ढुङ्गाको पर्खाल लगाएर पानी जम्मा पारिएको रहेछ। प्राकृतिक कुवामा पानी आइरहने भएकाले १० वटा जति धारा मार्फत पानीलाई बाहिर निकालिएको रहेछ। 
माथि ताल र त्यसमुनि नुहाउँदै युवाहरु। तालको अर्कोपट्टी महिलाहरु नुहाउने ठाउँ रहेछ।

धाराबाट निस्किएको बुलबुले तालको पानी पचास मिटर जति पर पुगेपछि एउटा दहमा जम्मा हुँदोरहेछ। बुलबुले पोखरी भन्दा बरु यो दहलाई पो ताल भन्न सुहाउने रहेछ।  
दह सफा नभएर फोहर छ। अनि जलकुम्भी त होइन क्यारे अर्कै झार र रुखका पातले घर बसाएका रहेछन् जम्मै दहभरी।



No comments:

Post a Comment

Please leave your comment here