Monday, February 14, 2011

कोकको बोतलबाट घिउ कसरी खन्याउने

हिजो साँझ घर आउँदा हैन यो छ्याङ जस्तो कल्ले के पठाएछ घराँ भनेर तर्सियाथें। आमाले हर्लिक्सको सिसी नपाएर होला कोकको बोतलाँ हालेर गामबाट घिउ पठाउनुभा रैछ। प्लास्टिकको बोतलाँ धेरै बेर राख्न हुन्न होला भनेर हर्लिक्सको सिसाँ घिउ खनाउन खोज्या, तताउँदा पुरै बोतल डढ्ने, घाममा सुकाउँदा नि पुरै ननिख्रिने रैछ। केही उपाय छ कोकको बोतलमा भएको घिउलाई कसरी खन्याउने हो ? सारै टेन्सन भयो यार। लउन... 

No comments:

Post a Comment

Please leave your comment here