Tuesday, November 9, 2010

रिसोर्टमा वार्ता

यो वार्ताहरु रिसोर्ट-हुटेलहरुआँ गर्देर नि खत्तम पार्देयाछन् यार। अस्ति नै मेलम्ची जाँदा बसेको हुटलको एउटा रुमलाई बेकाराँ धेरै तिर्न परो। प्रचण्ड बसेको रुम रे । 
अब कतिका बुढा-बुढीले दुई दिन छुट्टी हुने बित्तिकै हात्तीवन रिसोर्टाँ जाम भन्ने हुन्। त्यहाँ जाँदा साहुले प्रचण्ड, सुशील, झलनाथ, माधव, बाबुराम, रामचन्द्र, के पी को बसेको रुममा बस्ने हो भनेर सोध्ने होलान्...
अलि होस् गर्नु है साथी हो। कहिलेकाही त्यहाँ बस्ने मानिसको आभा/भाइब्रेसन त्यही रुममा रहन्छ रे। कतै तपाइहरुमा पनि ती नेताहरुको भाइब्रेसन सर्ला र....  

No comments:

Post a Comment

Please leave your comment here