Tuesday, November 30, 2010

विकी लिक्समा आँखा

wikileaks.org मा आँखा टाँसेर बसिराछु यार म त। नेपालाँ भाको अम्रिकी एम्बेसीले के के सुचना पठारच त आफ्नो सरकारलाई भनेर। नेपालाँ अम्रिकाने दुताबासको को कस सँग कस्तो कस्तो साँठगाँठ रच भन्ने पनि बुझ्न पाइएला नि। तर चिन्ता छ यार कतै आफूले आदर गर्ने व्यक्तिहरुको नाम पो दुताबासबाट भटाभट पैसा लिनेहरुमा पर्ने हुन् कि?केही वर्ष अगाडि नेपालमा शाही शासन चलेका बेला सञ्चार मन्त्रालयले पत्रकारहरुलाई पैसा बाँडेको थियो। त्यस्तो पैसा लिनेको नाम कान्तिपुर दैनिकले सार्वजनिक गर्दा आफ्नै हाकिमको पनि नाम आएर क्या टेन्सन भाथ्यो। 

तर हाकिम सहित केही साथीहरुले पछि सफाइ पाउनुमाथ्यो।

No comments:

Post a Comment

Please leave your comment here