नारायण रायमाझीले बनाका प्रशान्त तामाङलाई खेलाका फिलिम गोर्खा पल्टन हेरियो आज। २० वर्ष अगाडि हेर्या भए कति राम्रो लाग्दो होला मलाई यो फिलिम। पचास पुग्न लागेका नारायण दाइले आफ्नो वैशमा लेखेको कथालाई ३० वर्षपछि अहिले स्क्रिनाँ उतारेछन् जस्तो लाग्यो फिलिम हेर्दा। जमाना फेरिइसक्यो तै पनि गण्डक प्रदेशकाले हेरे हुन्छ यो फिलिम। आफ्नै गाउँघर, छिमेकी तिन्कै गीत र भाषाले पक्कै बाँधेर राख्छ ३ घन्टा।
बेलाबेलामा दाताँ ढुङ्गा भने लागिरहन्छ। फिलिममा धेरै कुरा मलाई मन परे त्यसैले असजिलो लागेका केही कुराहरु भने लेख्न चाहन्छु।
१) हिरोइनको बाउ आमा कतै देखाइदैन। हिरोइनलाई कसैले जब्बरजस्ति बिहे गरेर लाँदा पनि कुनै वास्ता नगर्ने बाउ आमा हुदैनन् होला।
२) आजभोलि गाउँ गाउँमा मोबाइल सिडिएम फोन पुगेको छ। चिठीकै भरमा बस्ने पाउन गार्हैपर्छ। त्यसमाथि भारतीय गोरखा सैनकको घरमा
३) भारतीय सैनिकका श्रीमतीहरु श्रीमानले पठाएको चिठ्ठी पढ्न नसकेर छोरालाई नै पर्खन पर्ने अवस्थाका पाउन सकिदैन छैन।
४) एसएलसीमा जिल्ला नै टप गरेर क्याम्पस पढेकी केटी कसैले जब्बरजस्ती बिहे गरेर घरमा लाँदा चुपो लागेर सहेर बस्दैनन्। अझ धेरै दिन घरबाट बाहिर ननिस्केर एकैपटक आत्महत्या गर्ने त गर्दैनन्।
५) गाउँका हेडमास्टर अन्य शिक्षकसहित केहीमा अलि राम्रै अभिनय जानेका मानिसलाई खेलाएको भए हुन्थ्यो।
ढंगै लागेछनि, मज्जै ले ! त्यसै नेपाली फिलिम नहेरुँ, नहेरुँ लाग्ने हो त !
ReplyDelete