Monday, November 8, 2010

कति हो सद्‌भावना राजदूत नि....

ए पर्यटन वर्ष २०११ को उपलक्ष्याँ गुडविल एम्बेसडर बाँडिराछ नि नेपाल टुरिज्म बोर्डले। मिस नेपाल, मिस्टर नेपाल, होचा खगेन्द्र, लसुन खार र पढेर गिनिजाँ नाम लेखाका दीपक बजगाई, इन्डियन आइडल प्रशान्त तामाङ.. को को हो हो। हुँदा हुँदा ४९ दिना नेपालका हिमाली भाग दौडेका सिन ब्रुचलाई नि सद्भभावना राजदुत दिने है भोलिपर्सी भनेर आज घोषणा गरे... फ्रिमा दिने कुरा रैछ। जस जसलाई बाँडे पनि त भो नि गुडविल एम्बसडर।
तर डर चाहिँ कुन गुडविल एम्बसडर नेपालको पर्यटन विस्तारका लागि भन्दै विदेश जाने र फेरि उतै बसिदिने पो हुन् कि।

No comments:

Post a Comment

Please leave your comment here