Friday, May 28, 2010

ढुक्क हुम् माओवादीले म्याद थप्छन् ...

माओवादीले संविधानसभाको म्याद थप्छन्। माओवादीले लास्टाँ भन्छन् - "अरु सबै गैरजिम्मेवार रैछन् भन्ने कुरा प्रमाणित भो। एमाले काँग्रेसले त संविधानसभा मार्नै चाहेका थिए। जनताको महान आकाक्षांलाई सम्मान गर्दै हामीले अब निशर्त संविधानसभा बचाउने निर्णय गर्यौं। तर पनि सहमतिय प्रणालिमा नगइकन संविधानसभाको म्याद थप्ने निर्णय गरिएकाले संविधान बनिहाल्छ भन्ने विश्वास हामीलाई छैन। तर जनतालाई निराश नपार्न एकपटकका लागि संविधानसभाको म्याद थपिएको छ। आगामी दिनमा संविधान निर्माणमा सम्पूर्ण जनसमुदायको दबाब र सहयोगको अपेक्षा गर्दछौं।"


मैले भविष्यवाणी न गरेको हुम् माओवादीले यसो भनेनन् भने के हुन्छ भन्नुहोला। मेरो भविष्यवाणी फेल खान्छ। माओवादीलाई मैले बुझ्न बाँकी नै छ भन्ने मात्र देखिने होइन,माओवादीले चमत्कार गर्न रुचाइरहन्छ भन्ने देखिन्छ।

अनि संविधानसभा माओवादीको तत्कालीन रणनीति र कार्यनीति मात्र थियो। शसस्त्र विद्रोहको बेला अरुलाई पनि मान्ने हुन्छ भनेर संविधानसभा भनेको थियो भन्ने बुझिन्छ। अब उनीहरु बिद्रोह गरेर भए नि युद्ध गरेर भए नि सत्ता लिन कोशिष गर्छन् भन्ने देखिन्छ। खास कुरो यही हो।

No comments:

Post a Comment

Please leave your comment here