Thursday, May 1, 2008

विद्यालयमा गोबर ग्याँस

काली टाइम्स संवाददाता
रानीबेल, डेढगाउँ
घर घरमा गोबर ग्याँस भन्ने त सुनिएकै हो । विद्यालयमा पनि गोबर ग्याँस बनेको छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्ला । तर, रानीबेल स्थित कालिगण्डकी प्राथमिक विद्यालयले भने यसै वर्षविद्यालय हाता भित्र गोबर ग्याँस प्लान्ट बनाएको छ ।
विद्यालयको शौचालय भरिएर वर्षनी खर्च थपिदै गएको कारण विद्यालय प्रशासनले गोबर ग्याँसको अवधारणा ल्याएको हो । शौचालयको राम्रो-व्यवस्था हुने र बाल विकास केन्द्रका विद्यार्थीलाई खाजा पकाउन इन्धनको समेत व्यवस्था हुने भएकाले गोबर ग्याँसको निर्माण गरिएको प्रधानाध्यापक जगतबहादुर सारुले बताउनुभयो ।
गाउँ विकास समितिले चालीस हजार रुपैया र विद्यालय व्यवस्थापन समितिबाट त्रीचालीस हजार रुपैया गरी जम्मा ८३ हजार रुपैयाको लगानीमा गोबर ग्याँस प्लान्टको निर्माण गरिएको हो ।
गोबर ग्याँस प्लान्टसँगै चार कोठे शोचालय पनि बन्दा त्यस्ले विद्यालयको सरसफाईमा पनि सहयोग पुर्‍याएको छ । दुइ शिक्षकको दरवन्दी रहेको यस प्राविका अभिभावकहरुले एक लाख ५२ हजार रुपैयाको अक्षयकोष स्थापना गरी ६ जना शिक्षकको व्यवस्था पनि गरेका छन् ।

No comments:

Post a Comment

Please leave your comment here