Tuesday, April 29, 2008

विकास निर्माणमा राजनीतिक हस्तक्षेप ;डेढगाउ“मा बन्नु पर्ने पक्कि पुल अन्यत्रै सार्ने तयारी

शरद कोइराला/ डेढगाउ
‍काली नदीमा मोटर गुड्ने पक्कि पुल बनाएर नवलपरासी र तनहु जोड्ने खवर आउदा नवलपरासी पहाडी भेगका जनता र तनहुको दक्षिणी भेगका जनतामा खुशी छाएको छ । तर, राजनीतिक हस्तक्षेपको कारण प्राविधिकहरुले उचित ठहराएको स्थानमा नभई अन्यत्र नै पुल बन्न लागेको खवरले यस क्षेत्रका वासिन्दा अचम्म परेका छन् ।
यस वर्षो बजेटमा काली नदीमा पक्कि पुल बनाउन सरकारले एक करोड वीस लाख रुपैया छुट्याएको छ । यो योजनामा जम्मा १५ देखि वीस करोड रुपैया लाग्ने प्रारम्भिक अनुमान छ । यस वर्षो बजेटमा उल्लेख भएपछि प्राविधिकहरुको एक टोली पुल निर्माण गर्न उपयुक्त हुने स्थानको छनौट गर्न गत पुस महिनामा बुलीङटार हुदै डेढगाउ सम्म पुगेको थियो ।
सडक विभागको सिनीयर डिभिजनल इन्जीनीयर कृत्यानन्द ठाकुरको नेतृत्वमा आएको प्राविधिक टोलीले डेढगाउ"को वैडा र तनहु सामुङ भगतीपुरको मन्दहारमा पुल राख्न उत्तम हुने निश्कर्षनिकालेका थिए । सोही अनुसारको प्रतिवेदन प्राविधिक टोलीले सडक विभागमा बुझाएका पनि छन् ।
तर पछिल्लो समयमा आएर तनहु" क्षेत्र नम्बर २ का सांसद एवं शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलले प्राविधिकहरुको छनौट विपरित अर्खला गाविसको गडगडी घाटमा पुल राख्न दवाव दिइरहेको बुझिएको छ ।
संविधानसभाको चुनवाको बेलामा आफ्नो राजनीतिक स्वार्थ मात्र हेरेर मन्त्री पौडेलले विकास निर्माणको काममा पनि हस्तक्षेप गरेको भन्दै सडक विभागका कर्मचारीहरु पनि अचम्म परेका छन् ।
ललितपुरको मल्टी डिस्पीलनरी कम्पनीले यो पुल बनाउने ठेक्का लिएको हो । तर मन्त्रीले गलत स्थानमा पुल निर्माणमा दवाव .दिएका कारण संविधानसभाको चुनाव अगाडि पुल निर्माण सुरु हुने संभावना कम रहेको बताइएको छ । यस अगाडि पनि पुल निर्माण गर्ने स्थानका विषयमा विवाद हुदा डेढगाउ" र बुलीङटार बीच प्राविधकिहरुले उपयुक्त ठहराएको स्थानमा पुल निर्माण गर्ने सहमति भएको थियो । जुन सरकारी योजना पुस्तकमा पनि उल्लेख छ ।
यस विषयमा भौतिक योजना तथा निर्माण मन्त्रालय र राष्टिय योजना आयोगका पदाधिकारीहरुलाई जानकारी दिइएको र डेढगाउमै पुल निर्माणको प्रयास भइरहेको नवलपरासी बुङ्दी काली काठमाडौ सर्म्पर्क समितिका सचिव सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Please leave your comment here