Wednesday, August 28, 2013

शान्ति प्रकृया अझै भाँडिएन?

अख्तियारले भ्रष्टचारी भन्दै भकाभक पक्राउ गर्न थालेपछि तीन ठूला पार्टीका कर्मचारी संघले सामुहिक बैठक गरेर बिरोध गरेछन् । तर अहिलेसम्म पनि अख्तियारको 'यो कदमले शान्ति प्रक्रिया भाँडिने खतरा भो' भनेर कसैले किन नभनेको होला भनेर अचम्म मानिरहेछु।

Monday, August 26, 2013

तीज दरमा प्रहरी

जिल्लाबाट आ'र राजधानी बसिरहेकाहर्ले तीजको दरखाने कार्यक्रम राखेका थे, नयाँ बसपार्कको एउटा रेष्टुरेन्टमा। दुई सय ५० जति थे महिला पुरुष सराबरी। एक जना प्रहरी इनिस्पेक्टर ५ प्रहरी लिएर आए। तीज भड्किलो नबनाउन निर्देशन दे'को अख्तियारले पुलिस पठाएछ भनेर सातो मात्र गएन, तिजको दर खाँदा पक्राउ पर्ने पुरुषमा नाम आउने भो भन्ने शंकाले मनै अमिलो भो। तर प्रहरी इनिस्पेक्टर र साथीभाइबीच केहीबेर भालाकुसारीपछि इनिस्पेक्टर आफ्ना ५ प्रहरीसँगै दर खाएर डकारेर हिंडे।

Saturday, August 24, 2013

अदालतले के के मात्र गर्नुपर्ने हो

अस्करमा पठाउने फिलिम पनि सर्वोच्च अदालतले छान्न पर्ला जस्तो भो। छनौट समितिले 'सुनगाभा' पठाउने निर्णय गरेको विरोधमा 'वधशाला' निर्माण गर्नेहरु अदालत जाने भएछन्। बिचरा सर्वोच्च! सरकारै चलाउँदा पनि शान्ति पाएन।

Sunday, August 18, 2013

मरेपछि मरिचमान

सबै दलका शिर्ष नेतागण र फेसबुक, टि्वटरका जनतागणको कुरा सुन्दा लाग्दैछ अरु दुई चार वर्ष बाँचेका भए मरिचमान सिंह फेरि प्रधानमन्त्री हुन पाउनेरहेछन् । मरिचमानको यति धेरै गुणगान (उनी जस्ता राष्ट्रवादी, सदाचारी नेता नेपालले पाएको छैन भने नेताहरुले) गाएपछि २०४६ सालमा 'मरिचे चोर देश छाड' भन्ने नारा लगाउने तिनका कार्यकर्तालाई अहिले कस्तो लागिरा' होला

Thursday, August 15, 2013

यसपालि शान्ति प्रकियाँ भाँडिएला

अस्ति नै डेकेन्द्र थापाको हत्या अभियोगमा केही पक्राउ पर्दा पनि प्रचण्डले 'छानबिन नरोकिए शान्ति प्रकिया भाँडिन्छ' भन्थे। खोई भाँडिएको थाहा पाइएन। अहिले फेरि गोरखाका कृष्णप्रसाद अधिकारीको मुद्दामा 'अनुसन्धान गरे शान्ति प्रक्रिया भाँडिन्छ भनेछन्' उनै प्रचण्डले। यसपालि चाहिँ भाडिन्छ कि भाँडिदैन होला?

Tuesday, August 13, 2013

साइरन बजाउँदै ट्याक्सीमा

नर्वेली प्रधानमन्त्रीको नक्कल गर्दै नेपाली नेताहरु प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल, बाबुराम भट्टराई, माधव नेपाल, शेरबहादुरहरु देउवाहरुले पनि जनमत बुझ्न भन्दै ट्याक्सी चलाए भने कस्तो हुन्छ होला भनेको, कतारका साथी शिखर वैद्यले थपे, नेपाली नेताहरुले ट्याक्सी चलाए भने त अघि पछि राता बत्तीको सुरक्षामा टेक्सी कुद्ला । सुरक्षा घेरा भित्रको ट्याक्सीमा हिड्न पाउँदा - कत्ति रमाईलो हु्न्थ्यो होला।

Monday, August 12, 2013

प्रचण्ड र रामचन्द्र पौडेलबारे नयाँ कुरा (भ्रामक?)

चक्रपथ परिक्रमा गर्ने बसमा सामाखुशीबाट सानेपासम्म आउँदा यात्रुले गरेका दुई गफ।
क) प्रचण्डको ससुरा त क्रिश्चियन रहेछन्। क्रिश्चियनिटी बढाउन ठूलो रकम उनको हातमा आउँदो रहेछ। त्यसैको डिजाइनमा सबै कुरा भइरहेको छ।
ख) रामचन्द्र पौडेलले बै‌कमा पैसा राख्दैनन् अख्तियारले थाहा पाइहाल्ला भनेर। काठमाडौं र तनहुँका धेरै फाइनाइन्स कम्पनीमा दुई/चार लाख, दुई/चार लाख रुपैयाँ जम्मा गरेका छन्। फाइनाइन्सको सबै खाता त कसले पो हेर्ला भनेर।
पैसा नभएर हैन है, मैले मोटरसाइकल/गाडी नचढेको। बसमा नहिंडे यस्तो गफ कहाँ सुन्न पाइन्छ र? (के गर्नु अंगुर अमिलो छ भनेर चित्त बुझाउनै परो)

Tuesday, July 30, 2013

कहिले मान्छे बन भन्ने होला?

अस्तिमात्र 'माओवादी चिल हो' भनेका प्रचण्डले हिजो फेरि अर्का ड्यास माओवादीलाई कुखुरा चोर्ने 'स्याल' भन्दै आफ्ना कार्यकर्तालाई 'सिंह बनेर स्याल धपाओ' भनेछन्। के के मात्र हुनुपर्ने हो माउवादी कार्यकर्तालाई नि कहिले चिल, कहिले स्याल, कहिले सिंह ? यस्तै तालले 'चरा जनावर बन' भन्दै जाँदा एक दिन त मान्छे पनि बन्नु भन्लान् नि कार्यकर्तालाई प्रचण्डले।

Monday, July 22, 2013

चुनाव भइहाले कसलाई देखाएर भोट माग्ने होला यिनले ?

यसो सोच्छु, माओवादीले विगतमा प्रचण्ड/बाबुराम देखाएर चुनाव लडे र राम्रो मत ल्याए। काँग्रेसले उहिले बिपी/किसुनजी/गणेशमान देखाएर चुनाव लडे र कहिले दुई तिहाई त कहिले बहुमत ल्याए। कहिले मदन भण्डारी र कहिले मनमोहन देखाएर एमालेले चुनाव लड्यो र गतिलो मत ल्यायो। पहिले उपेन्द्र यादव देखाएर मधेशीले मत ल्याए। यस पटक अब यिनले कसलाई देखाएर मत माग्ने होलान् ? कोही बचाएर राखेका छन् कि। जनताले प्रचण्ड/बाबुराम हेरेर माओवादीलाई भोट देलान्? सुशील कोइराला/शेरबहादुर देउवा हेरेर काँग्रेसलाई भोट देलान्? झलनाथ खनाल/माधव नेपाल हेरेर एमालेलाई भोट देलान्? चुनावमा मत (जनता) आकर्षित गर्न विचार, दर्शन, योजना मात्र भएर पुग्दैन। जनताले विश्वास गर्ने नेतृत्व पनि दिन सक्नुपर्छ।

Thursday, July 18, 2013

चार दलको फुर्ती

Saroj Kshetri ले भनेकोमा अलिकति थप्न मन लाग्यो:  सरकार रेग्मीले चलाइदिनपर्ने, बैद्यलाई चीनले मनाइदिनपर्ने, यादवलाई भारतले फकाइदिनपर्ने तैपनि चुनावको भर नहुँदै चारदलले बैठकबसी संविधानसभाको दोस्रो चुनाव भएको एक बर्षभित्रै सबिधान लेख्ने फुर्ती लाउने ?

Wednesday, July 17, 2013

पत्रकारलाई 30% डिस्काउन्ट

उद्योग वाणिज्य संघ, चितवनको गेस्ट हाउसमा ५ दिन बसेको बिल तिर्दा, 'तपाईलाई महासंघका मान्छेले राखिदिनुभएको 20% कर्पोरेट डिस्काउन्ट छ' भन्दै थिए। पैसा झिक्ने बेलामा परिचय पत्र देखेपछि थपे, 'ए पत्रकार पो हो । पत्रकारलाई त झन् 30% डिस्काउन्ट हो नि।' पत्रकारको कार्डले यस्तोसम्म पनि गर्छ भन्ने चाहिँ थाहा थिएन, यस अगाडि।

Wednesday, July 10, 2013

नेपाल ग्यास्ट्रिक पार्टी खोल्ने कि

अनेक नाम र थरका डेढ सय भन्दा धेरै पार्टी अर्को संविधानसभा चुनावका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। आयोगले ड्यास माओवादीलाई दर्ता गर्नका लागि फेरि दल दर्ता गर्ने समय देला जस्तो छ। सबै जसो देशी विदेशी वाद, ठाउँ, जातजाति, धर्मका नाममा दल दर्ता भइसक्या रहेछन् तर रोगका नाममा दल दर्ता भएको रहनेछ बरु नेपाल ग्यास्ट्रिक पार्टी खोल्यो भने समानुपातिकमा एक दुई सिट आइहाल्ला कि?