Monday, May 31, 2010

सञ्चार माध्यमका साहुहरूलाई जग्गा कब्जाको आरोप..

तपाइले पत्रिका कत्तिको हेर्नुहुन्छ कुन्नि..जग्गा हडप्नेको नाममा पछिल्लोपटक त नेपालका ठूल्ठूला मिडियाका साहुहरुलाई पनि पारेको छ नि एउटा सरकारी बैंकले।

सञ्चार माध्यमसँग सम्बन्धित नेपालका ठूल्ठूला संस्था नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी(सबैजसो ठ‍ू्ल्ठूला राष्ट्रिय दैनिक पत्रिकाका साहुहरुको संस्था),टेलिभिजन ब्रोडकाष्टर्स नेपाल(नेपालका सबैजसो टिभी स्टेसनका साहुहरुको संस्था)र नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल(साप्ताहिक पाक्षिक पत्रिकाका साहुहरुको संस्था)मिलेर राष्ट्रिय मिडिया केन्द्र बनाउने भनेर शान्तिनगर काठमाडौआँ निर्माणस्थल भन्दै होर्डिङबोर्ड राखेको जग्गा त नेपाल बैंक लिमिटेडको पो रैछ। बैंकले गोरखापत्रमा तिन्को नाउँमा विज्ञापनै निकालेर 'हाम्रो जग्गा खाली गर'भन्याछ।

माओवादीले कब्जा गर्या जग्गा फिर्ता गर भनेर लेखिरहनेहरुले कब्जा गर्या जग्गा चाहिँ कहिले फिर्ता गर्लान?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

पत्रिकाले गर्यो स्याउलाको काम...

क्यामेरा बिग्रेर खत्तम भो। नत्र,अर्काले घर नबनाइन्जेल आठ आना जग्गा प्रयोग गर्न पाइरहेको खेतमा धान रोप्न हिजो बिउ राखेको फोटो गज्जपै थियो। चराले बिउ नखाओस् भनेर घरतिर त पाती,असुरो,धुर्सेलीको स्याउलाले छोपिन्थो। यहाँ त ती के पाउनु भनेर पत्रिकाले छोप्देँ। क्या राम्रो देखियाथ्यो भने खेतको एक टुक्रामा पत्रिका ओछ्याउँदा...

केटाकेटीलाई जब्बरजस्ति नमस्कार गर्न लाइदिने...



केटाकेटीभाका साथीभाइकहाँ जान नि बोरै हुन्छ,बिचरा बच्चाबच्चीलाई जब्बरजस्ति नमस्कार गर्न लगाउँछन्। बिहानै एक साथी र उनकी जोडीले ५/६ वर्षकी सानी छोरीलाई जतिपटक नमस्कार गर्न लगाए नि गरिनन्। हिड्ने बेलामा चाहिँ बाउ-आमाले केही भन्नै परेन'बाई'भन्दिन्। जब्बरजस्ति नमस्कार गर्न लगाउने बाउ आमालाई सक्ने भए ती केटाकेटीले कस्तो सजायँ दिन्थे होलान्...बाटाँ हिडेका कुकुरलाई पनि नमस्कार गर्नुहोस् भन्दा हुन्...

Saturday, May 29, 2010

वर्ल्डकप हेर्नलाई रिहर्सल भो...

अरु कुरा त त्यस्तै हो। संविधानसभाको म्याद थप्ने कामलाई मध्यरात भन्दा परसम्म पुर्याएर दलहरुले १२ दिनपछि सुरु हुने वर्ल्डकप फुटबलको प्रि-रिहर्सल गराइदिए। भुकभुकेसम्म जागा बसेर फुटबल हेर्न रुचाएने मुन्छेले एकदिन भए नि प्राक्टिस गर्न पाए हिजो टिभिआँ लाइभ हेरेर भन्ने नि होलान् कोही..आ-आफ्नो तुनेलो अन्सार न व्याख्या गर्ने हो हरेक परिघटना...

नजिकै अत्तर बसाएमा....

क्या रमाइला रमाइला सम्चार पढ्न पाइन्छ भने बाची बसे। एउटा राष्ट्रिय पत्रिकाको हेडलाइन
'पानी अभावले स्याम्पु र साबुनको बिक्री घट्यो; बडी स्प्रे र अत्तरको आयात दोब्बर'
कोही कोही नजिक बस्दा सारै नै बसाएर आयो भने याद गर्नु है... धेरै दिनदेखि नुहाउन पारैनछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Friday, May 28, 2010

भारतले आफ्नो शक्ति देखाउँदैछ....

नेपालका माओवादीलाई तह लगाउन खोजेर भारतले एकैचोटी धेरै मेसेज दिन थालेको छ। साउथ एसियामा हाम्रो जस्तो तिम्हर्को चल्दैन भनेर चीन,युरोप,अमेरिकालाई चेत्न लगाएको छ। सबैभन्दा ठूलो लेसन त माओवादीलाई दिन खोजेको छ-हामीले भनेको मानेनौ र हाम्रा विरुद्ध बोल्दै हिड्यौ भने तिमीहरूले एकपछि अर्को मुद्धामा पराजित हुँदै जानेछौ। यति माथि आइसकेका नेपाली माओवादीलाई तह लगाउन सकियो भारतीय माओवादीलाई पनि देखाउन सकिन्छ......

भोलिपर्सी फेरि म्याद थप्न आन्दोलन


ढुक्क भए हुन्छ माओवादीले लास्टा संविधानसभाको म्याद थप्छन्। नथपे भोलिपर्सी संविधानसभा पुनर्बहाली हुनुपर्छ भनेर आन्दोलन गर्छन्। अस्ति नै नि कसैले छोड् नभनी सरकार छोड्याथे। अहिले त्यही चाहियो भन्दै दिनहुँ घुर्की-धम्की दिराछन्। आन्दोलन गरिरहने बाहना पनि चाहियो नि। तेत्रा कार्यकर्ता छन्, विचराहर्लाई अलमल्याउने अरु उपाय कसैले सुझाछैन।


फिलिम बुझे पो, काइट्सलाई नराम्रो भन्छन्....

'काइट्स'लाई धेरैले नराम्रो भनेसी सारै कमजोर आंकलन गरेर फिल्म हेर्न गाको भर हो कि के हो मलाई त राम्रै लाओ त फिल्म। आफूले फिल्म नबुझ्ने भर हो कि...पत्रिकाले त सारै नराम्रो भनेर लेखिराथे। कतिखेर राम्रो आउला भन्दा भन्दै फिलिम सकिन्छ भन्याथे। मैले चाहिँ कतिखेर नराम्रो हुनेरैछ फिलिम भन्दा भन्दै फिलिम सकियो। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

ढुक्क हुम् माओवादीले म्याद थप्छन् ...

माओवादीले संविधानसभाको म्याद थप्छन्। माओवादीले लास्टाँ भन्छन् - "अरु सबै गैरजिम्मेवार रैछन् भन्ने कुरा प्रमाणित भो। एमाले काँग्रेसले त संविधानसभा मार्नै चाहेका थिए। जनताको महान आकाक्षांलाई सम्मान गर्दै हामीले अब निशर्त संविधानसभा बचाउने निर्णय गर्यौं। तर पनि सहमतिय प्रणालिमा नगइकन संविधानसभाको म्याद थप्ने निर्णय गरिएकाले संविधान बनिहाल्छ भन्ने विश्वास हामीलाई छैन। तर जनतालाई निराश नपार्न एकपटकका लागि संविधानसभाको म्याद थपिएको छ। आगामी दिनमा संविधान निर्माणमा सम्पूर्ण जनसमुदायको दबाब र सहयोगको अपेक्षा गर्दछौं।"


मैले भविष्यवाणी न गरेको हुम् माओवादीले यसो भनेनन् भने के हुन्छ भन्नुहोला। मेरो भविष्यवाणी फेल खान्छ। माओवादीलाई मैले बुझ्न बाँकी नै छ भन्ने मात्र देखिने होइन,माओवादीले चमत्कार गर्न रुचाइरहन्छ भन्ने देखिन्छ।

अनि संविधानसभा माओवादीको तत्कालीन रणनीति र कार्यनीति मात्र थियो। शसस्त्र विद्रोहको बेला अरुलाई पनि मान्ने हुन्छ भनेर संविधानसभा भनेको थियो भन्ने बुझिन्छ। अब उनीहरु बिद्रोह गरेर भए नि युद्ध गरेर भए नि सत्ता लिन कोशिष गर्छन् भन्ने देखिन्छ। खास कुरो यही हो।

म्याद नथप्लान् भन्ने कस्तो चिन्ता...

कस्तो चिन्ता लागेको यार मलाई संविधानसभा म्यादको, मानौं आफन्त कोही सभासत छन् र म्याद नथपिए उन्कोसँगै आफ्नो पनि जागिर जान्छ कि झै। बेलाँ संविधान नबनाउने संविधानसभा रहे पो के गए पो के भनेर भन्न पनि सकेको छैन। फेरि मैले चिन्ता गरेर पनि संविधानसभाको म्याद थपिने नि हैन,रोकिने नि हैन...तै पनि बाउको अप्रेसन गर्दा भन्दा बढी चिन्ता छ यार..

Wednesday, May 26, 2010

प्रचण्डले क्रान्ति सफल पार्दैननन् कि के हो...

प्रचण्डका भित्रिया भनिएका एक काम्रेडलाई प्रचण्डले त आफूसहित बाबुराम भट्टराई,बादल जस्ता ठूला नेताहरु सत्तामा नजाने कुरा भूमिगतै कालकै अन्तरवार्ताआँ पढ्न पाइयाथ्यो। अहिले प्रधानमन्त्री पदको लागि किन हो मरिहत्ते गरेको भनेर सोधेको,'क्रान्ति सफल भएपछि नजाने भन्नुभाहो। क्रान्ति सफल भाकै छैन अहिले सत्ता अरलाई छोड्ने कुरै हुँदैन भने।'प्रचण्डले क्रान्ति सफल नबनार सँधै प्रधानमन्त्री खाइरहने त हैनन् ... फेरि क्रान्ति सफल भयो भने त आफूले सत्ताको स्वाद लिइरहन भएन नि त...

खुर्सानीले पोल्यो

उमेरले ३० काटेसी स्वास्थ्य सम्बन्धि कसैले केही सुनायो भने त्यही राम्रो हो कि भने झैं लाग्ने रैछ। अस्ति कान्तिपुराँ खुर्सानी खायो भने पेटको बोसो काट्छ भनेर पढेसी खुर्सानी खान थालेको ट्वाइलेट बस्ने समय मात्र लम्बिराछ। पिसाब पनि पोलेर हैरान पो छ त...पत्रिकावाला नि एकदिन खुर्सानीका गुण भनेर आधा पेज छाप्छन् अर्कान दिन खुर्सानी खान हुन्न भनेर के मात्रै गर्ने हउ...