Friday, August 14, 2009

Crowd to welcome Minister

Crowd of Nepali Congress workers or the paid people gather to welcome Foreign Minister Sujata Koirala at Tribhuwan Airport. It is shameful that party workers gather at the airport to welcome Minister on the high security zone.

They shout slogans at the VVIP reception area. It's laughing na..

Thursday, August 13, 2009

अस्पताल भन्ने किताब होला ?

बुबाको अपरेसनपछि चार रात लगातार शिक्षण हस्पिटलमा सुत्नु पर्यो। तर यसबीच एउटा ज्ञान चैं प्राप्त भयो, जन्म र मृत्यु, उन्मुक्त खुशी र अराध्य रोदन सबै देख्न पाइने जीवन्त स्थान भनेको हस्पिटल नै रहेछ।

जहाँ जीवनसँग जुध्न खोज्नेहरुको कथा सुन्न पाइन्छ। कसैले 'हस्पिटल' भन्ने पुस्तक लेखे त्यहाँका कथाहरु लेखेको भए म पढ्ने थिएँ।

Wednesday, August 12, 2009

I am very frustrated that nagariknews.com where I work is not operating properly. From last 20 days we are not able to upload news and article on time. Always there comes a problem.
I can't understand what exactly the problem is. The technical supporting team suggests it a problem of huge number of visitors.
If they know the problem, they should try to fix it. But i wonder what the hell are they doing since so long!
I think i have to study online technical tools seriously if i wish to do multimedia journalism.

Tuesday, August 11, 2009

विमलाको एउटा बच्चा फेरि खेर गयो

२०६६ साउन २६ गते भानुभक्त ओझाकी जेठी छोरी विमलाले जुम्लाहा बच्चा पाएकी थिइन्। काठमाडौं प्रसुति गृहमा बच्चा जन्माए पनि एउटा बच्चा जन्मने बित्तिकै खेर गएछ। 
यसअगाडि पनि उनले जुम्लाहा बच्चा पाउने हुँदा दुबै बच्चा खेर गएको थियो। असाध्यै दुख लाग्दो समाचार हो। अपरेशन गरेर बच्चा जन्माएकीले अब उनले बच्चा पाउन मिल्दैन रे।

बुबाको कानको अपरेसन

२०६६ साउन २६ गते बुबाको कानको अपरेशन गरियो। शिक्षण अस्पतालमा। हिजो अस्पतालमा नै सुत्‌न पर्यो। आज पनि अस्पतालमा नै सुत्नुपर्छ।
त्यहाँ बस्दा थाहा लाग्यो। संसारका सबैभन्दा बढी कथा ब्यथा सुनिने ठाउँ भनेको अस्पताल होला। मानिसको क्रन्दन त्यही सुनिन्छ उपचार गर्न ल्याएका आफ्ना मानिस मरेको। त्यही फेरि मर्न लागेका मानिस खुशी भएर घर फर्केको पनि देखिन्छ।

Saturday, June 13, 2009

खोइ त छहारी प्रधानमन्त्री, माधव नेपाल जी !


सत्ता छाड्न परेको झोँकमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री माधवकुमार नेपाललाई 'विषवृक्ष' भनेर कटाक्ष गरे। प्रधानमन्त्री नेपालले पनि दाहाललाई मुखभरको जबाफ दिँदै भनेका थिए - 'म न विषवृक्ष हुँ न त कल्पवृक्ष नै। तर म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ नसके बाटो हिंड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ।' उनको त्यो भनाइ प्रतीकात्मक होला । यथार्थमा भने साना नानीलाई जेठको चर्को घाममा उभ्याएर स्वागत ग्रहण गर्ने उनको व्यवहारसँग कथनी पटक्कै मिलेन। साँच्चै नेपाली जनतालाई साँच्चै छहारी दिने उनको मन थियो भने विद्यालयका साना नानीलाई त घन्टौंसम्म घाममा टट्याएर राख्नेको स्वागत ग्रहण गर्ने थिएनन्।

Wednesday, June 3, 2009

सेनापति प्रकरणमा अब के होला ?


सेनापति प्रकरणमा अब के होला ?

एक पत्रकारको भविष्यवाणी
आइतबार (आजको दिन)
१. माओवादीको आन्तरिक बैठक
२. सत्तासिन माओवादी, एमाले र फोरमसहितका ५ दलका नेताहरुको बैठक
३. प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आव्हान
४. प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्‌मा पेश
५. नेकपा एमाले र मधेसी जनअधिकार फोरमबाट मन्त्री भएकाहरुद्वारा त्यसमा असहमति प्रकट
६. प्रधानमन्त्रीय पद्धतिमा मन्त्रिपरिषद् चलेकाले आफ्नो निर्णयमा अडिग भएकाले निर्णय हुने प्रधानमन्त्रीको जानकारी
७. एमाले र फोरमका मन्त्रीहरुबाट मन्त्रिपरिषद् बहिष्कार
८. मन्त्रिपरिषद्द्वारा प्रधानसेनापतिलाई पदबाट हटाउने निर्णय, तत्कालका लागि कार्यवाहक प्रधानसेनापतिमा वलाध्यक्ष रथी कुलबहादुर खड्काको नियुक्ति
९. एमाले स्थायी समितिको बैठक, सरकारबाट फिर्ता आउने निर्णय
१०. एमालेद्वारा सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाइएको राष्ट्रपति समक्ष जानकारी
११. मधेसी जनअधिकार फोरमको संसदीय दलको बैठक। सरकारबाट फिर्ता हुने नहुने विषयमा विवाद। केही दिन पर्खने निर्णय
१२. मन्त्रिपरिषद्वारा जंगी अड्डामा सरकारी निर्णयको जानकारी दिदैं पत्र
१३. प्रधानसेनापति रुक्माङ्गत कटवाल यस सम्बन्धमा परामर्श गर्न राष्ट्रपति रामवरण यादवकहाँ
१४. राष्ट्रपतिद्वारा कानून व्यवसायी र राजनीतिक दलका नेताहरुसँग छलफल
१५. संसदको बैठक कांग्रेससहितका दलद्वारा चल्न नदिने
१६. समय बाँकी रहे प्रधानसेनापति रुक्माङगत कटवाल आज नै सर्वोच्च अदालत जाने

सोमबार (भोलिको दिन)
१. सरकारको समिकरण परिवर्तनका विषयमा दलहरुबीच गृहकार्य
२. एमालेले सरकारको नेतृत्व लिने, नलिने विषयमा विवाद। कांग्रेसभित्र आफ्नो नेतृत्व पाएमात्र सरकारमा जानुपर्ने भनाई
३. राष्ट्रपति यादव परामर्शमा नै व्यस्त
४. माओवादी सडक प्रदर्शन
५. अदालतद्वारा प्रधानसेनापति कटवाललाई काममा फर्काउन निर्देशनसहित अन्तरिम आदेश
६. नयाँ सरकार बनाउन केही दिन चलखेल हुने
७. त्यसपछि को को मिलेर सरकार बनाउने हो केही दिन हेर्नै पर्छ

Monday, March 9, 2009

डेढगाउँमा कृषि शिक्षाको आवश्यकता

डेढगाउमा कृषि शिक्षाको आवश्यकता

डिल्लीराज भण्डारी

डेढगुउमा कृषि शिक्षाको नितान्त आवश्यकता रहेको पाइन्छ । डेढगाउलाई यस वरपर गाविसका बासिन्दाले जतिनै विकसित देखे पनि यहाँका बासिन्दाका लागि विकट नै छ ।

न त यस क्षेत्रमा प्रशस्त मात्रामा सिंचाई छ न त यातायातको राम्रो सुविधा छ । न त कुनै नयाँ खेतीपाती यहाँ लगाएको पाइन्छ न त कुनै नयाँ कृषि शिक्षाको प्रशिक्षण नै यहाँ भएको छ ।

जेटिए र भेटनरीको सुविधा पाउन नसक्दा यहाँका खेतीपाती र पशुपालन राम्रोसँग फस्टाउन सकेको छैन । गाँउघरमा पालिने गाई भैंसी वाख्रा विरामी परे पनि औषधीमुलो बिना अकालमै मरेका छन् । भेटनरी सेवा पाउन नसक्दा यहाँ यस्तो पीडा धेरै सहनु परेको छ ।

यो देशमा ठूला ठूला परिवर्तन भए । तर यहाँका बासिन्दाहरुले लगाउने बालीनाली फेरिएको छैन । बावुबाजेले लगाउँदै आएका धान गहुँ मकै आजसम्म पनि यहीं बालीहरु लगाइन्छ ।

यहाँ लगाइएका फलफुल सागपात तथा अन्य बालीनाली त्यति राम्रो संग उब्जाउ भएको छैन । फलफुल र सागपातलाई चाहिने भिटामिन दिन जान्ने कृषकको कमी छ । किनकि यस ठाँउमा जे टि ए सेवा छैन ।

खेतीयोग्य ठाँउ भनेर चिनिने चितवन र पाल्पा जिल्लामा वर्षैपिच्छे वीउविजन फेरेर खेती गरिन्छ । साथै त्यस ठाँउमा उन्नत खालका सागपात र फलफुल उब्जाएको पाइन्छ । ती ठाउँहरुमा समय अनुसारका सागपात लगाइएको हुन्छ । किनकि त्यसठाँउमा सिचाइको राम्रो सुविधाका साथै जेटिए सेवा पनि सुलभ तरिकाले पाइन्छ।
यस क्षेत्रमा भौगौलिक कारणले गर्दा प्रशस्तमात्रमा सिचाइ हुन सकेको छैन । यहाँका प्रशस्त खेतीयोग्य जमिन त्यसै खाली रहेका छन् । यस्ता ठाँउमा मौसम अनुसारको सागपात र फलफुल लगाउन तथा चरनको विकास गरी पशुपालन गर्न सकिने तर्फ यहाँका बासिन्दाले उचित ध्यान पुर् ‍याउन सकेका छैनन्।

यहाँका बासिन्दाले वर्षमा एकचोटी मात्र सागपात र फलफुल लगाउने चलनलाई पनि परिवर्तन गर्न आवश्यक छ । यस ठाँउका यस्ता समस्या हल गर्न कृषकलाई उचित सल्लाह दिने कृषि प्राविधिकहरु जेटीए र भेटनरी शिक्षाको आवश्कता अति नै छ।

विद्यार्थी

विद्यार्थी
दीपक अधिकारी
कक्षा - ९
डेढगाउँ उच्च मा वि
विद्यार्थी हौं हामी
विद्या सिक्नु पर्छ ।
विद्या सिकेर पढी लेखी
ठूलो भई देशको विकास गर्नुछ ।

विद्याले नै मानिसलाई
ठूलो मान्छे बनाउँछ ।
विद्याले नै यो देशमा
उज्यालो चम्काउँछ ।
पदम सिंजाली
डेढगुउ - ३
वरिपरी डाँडाले भरिएको ठाँउ
रमणीय लाग्छ मलाई डेढगाउँ ।
उत्तरमा छ काली नदी पूर्वमा वौंदी खोला
अझै विकास हुनसके यहीं स्वर्ग बन्ला ।

यहाँ वस्दा पाए जस्तो लाग्छ संसार
यहीं छ डेढगुउ देवीको अवतार ।
यहीं छ केही डाँडा र केही समथर
गाउँ मै जिवन विताउने यो मेरो रहर ।

गाउँ मै जन्मे हुर्के गाउँ नै कर्मथलो
विकृतिलाई त्यागी हामी सोचौ गुउको भलो ।
गुउ छोडी बाहिर नजाउँ गाउँकै विकास गरेस
गुउमा जागिर पाइन्न भनी नखाउ तिमी हरेस ।

गुउमै खियाउँ दश नङग्रा चुआऔं पसिनाका थोपा
गाँउमै फल्छ हिरा-मोती प्रत्येक पाखापाखा ।
ईश्वर भन्दा प्यारो लाग्छ जन्मदिने बुबा आमा
जुगौं सम्म वस्न पाउँ यही डेढगुउमा ।

डेढगाँउ छोड्दा कताकता लाग्छ मलाई चिन्ता
गाउँमा बसी काम छैन बाहिर जाउँ भन्दा ।
नभन्नुहोला पाखे गाउका मानिसलाई
नेपालीले नपालीको सोचौं हुने भलाई ।

हाम्रो देश नेपाल

हाम्रो देश नेपाल
पदम सिंजाली
डेढगाउ - ३

हाम्रो देश नेपालमा जलका स्रोत छन् धेरै
यहीं नेपाललाई विद्युत्को मात्रा थोरै
हे जनता अव त गरौ मिली विकास
हुनुपर्छ हामी सवैमा आत्मविश्वास

जनसंख्या बढेर यहाँ बाच्न गाह्रो भो
देशको मुहान फेर्न सके बल्ल बाच्नु सार भो
अव त नेपाललाई जगाउन यँहा चेतना
देशलाई विकास गराउने यो मेरो सपना

पुरा गर हे अव जन्मिएका कर्णधार
यहीं नै हुनेछ देशलाई ठूलो उपहार
हरियाली वनजङगलले भरिएको नेपाल
हिमचुली एवम् समथर जमिन र ठूला ठूला पहाड

यहीं छ विश्वमै अग्लो सगरमाथा
बचाई राख्नु यो नेपालको संस्कृति सदासदा
चन्द्र सूर्य अङकित छ हाम्रो देशको झण्डा
फरक छ हाम्रो झण्डा अन्य देशको भन्दा
गाह्रै पर्ला फर्किन हेरेर नेपालको मुहार
यही छ मेरो देशलाई कविताको उपहार ।

Friday, November 14, 2008

सहकारी संस्थाको रकम हिनामीना, दर्ता खारेज

काली टाइम्स संवाददाता
रकुवा, नवल परासी

गाउँले आफै मिलेर सहकारी खोली त्यसबाट गरीबी हटाउनुपर्नेमा रकुवामा भने गैर सरकारी संस्थाको सहयोगमा खुलेको सहकारी संस्था पनि लथालिङ्ग भएको छ। रकुवामा केही वर्ष अगाडि खुलेको कालीगण्डकी सहकारीको रकम त हिनामिना भएको छदैंछ, संस्थाको दर्ता खारेजी पनि भइसकेको पत्ता लागेको छ।
१३ वर्ष अगाडी एक्सन एड नेपालले गरीब निवारण कार्यक्रम अर्न्तगत रकुवाका अति न्यून आय भएकाहरुको समूह बनाई पशुपालन गर्न केही रुँपैया अनुदान दिएको थियो।
पछि, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले सो रकम लथालिङ्ग नहोस् र गरीव जनताले सहकारी मार्फत उपभोग्य वस्तु सरल, सहज रुपले पाउन् भन्ने उद्देश्यका साथ रकुवामा काली गण्डकी बहुउद्देशीय सहकारी संस्थाको गठन तथा दर्ता गर्नमा सहयोग गर्‍यो।
तर, हिकोडेफ यस क्षेत्रबाट बाहिरिए पछि सहकारीका जिम्मेवार व्यक्तिहरुले नै सहकारी प्रति ध्यान नदिंदा र हिसाब किताब पारदर्शी नगर्दा काली गण्डकी सहकारी संस्थाको रकम र नाम निसाना दुबै हराएको छ।
संस्था दर्ता भएकै वर्षदेखि सहकारीको साधारण सभा र बैठक भएका छैनन्। यसबाहेक सहरकारीको आय-व्ययको विवरण र संस्थाको गतिविधी अहिलेसम्म सार्वजनीक गरिएको छैन।
जिल्ला सहकारी कार्यालय नवलपरासीले रकुवाको कालीगण्डकी सहकारी संस्था दर्ता भए पनि त्यस्ले वार्षिक प्रतिवेदन नबुझाएकाले संस्था खारेज भइसकेको र रकुवामा अन्य कुनै पनि सहकारी संस्था दर्ता नभएको जानकारी दिएको छ।
जिल्ला सहकारी कार्यालयका नायव सुब्बा विमल आचार्यले सेयर सदस्यहरुको सहमति बेगर सहकारी संस्था बन्द गरिएको भए सेयर सदस्यहरुले कार्यसमितिका पदाधिकारी विरुद्ध स्थानीय प्रशासनमा उजुरी दिन सक्ने बताउनुभयो। संस्था बन्द भए पनि कार्यसमितिका पदाधिकारीहरुले सहकारीका सबै सेयर सदस्यहरुलाई जम्मा भएको रकम वितरण गर्नुपर्ने जानकारी आचार्यले दिनुभयो।
सहकारीका संस्थाको पदाधिकारीमा रहेर काम गरेका धर्म थापा, राजेन्द्र पराजुली, दुर्गा विरकट्टा, मेघनाथ पाण्डे लगायतकाहरुले भने यस बारेमा प्रष्ट पार्न चाहनुभएन। उता, संस्था गठन र दर्ता गर्ने समयमा योगदान गरेकी हिकोडेफकी तत्कालिन कर्मचारी कमला ठाडाले भने रकुवाका केही टाठाबाठाले रकम हिनामीना गरी संस्था डुबाएको बताउनुभयो। गरिव एवं न्यून आयस्रोत भएका सोझा गाउँलेको लागि स्थापना भएको सहकारी संस्थाको रकम हिनामीना पार्नेलाई सबै मिलेर खोज्नुपर्ने होइन?