Monday, May 12, 2008

गाउसम्म विकास पुर्‍याउने हाम्रो लक्ष्य छ । राजधानी आउदा कसैलाई अप्ठेरो परे हाम्रो समितिले सहयोग गर्नेछ

अन्तरवार्ता

गाउसम्म विकास पुर्‍याउने हाम्रो लक्ष्य छ । राजधानी आउदा कसैलाई अप्ठेरो परे हाम्रो समितिले सहयोग गर्नेछ ।

श्रीलाल ठाडा
अध्यक्ष, नवलपरासी बुङ्दी काली विकास मञ्च काठमाडौं

१. तपाई तदर्थ समितिको अध्यक्ष हु“दै अहिले फेरी नवलपरासी बुङ्दी काली विकास मञ्च काठमाडौंको निर्वाचित अध्यक्ष बन्नुभएको छ । यस मञ्चको उदेश्य के हो -
- विशेष गरी मिथकरं, डेढगाउ“ र रकुवा तथा त्यस भेग वरिपरिबाट राजधानी आइ बसोबास गरेका बीच आपसी सद्भाव कायम गर्ने उदेश्यले यो मञ्च गठन भएको हो । यस्का साथै यो मञ्चले त्यस क्ष्ँेत्रको विकास निर्माणका लागि राजधानी र स्थानीय स्तरमा रहेका सरकारी र गैरसरकारी संस्था“सग समन्वय गरेर गाउ“को विकास पनि गर्नेछ ।

२. अहिलेसम्म मञ्चले के के काम गरेको छ त -
- गत भदौमा गाउ“मा बाढी पहिरो जा“दा त्यसबाट सबैभन्दा बढी पिडित परिवारलाई राहत उपलब्ध गराइएको थियो ।
- यस्तै सोही बेाल देशभर बाढी पहिरो पिडितलाई सहयोग होस् भनी कान्तिपुर पत्रिका मार्फ सरकारी राहत कोशमा रकम उपलब्ध गराइएको थियो ।
- गत वर्षो एस एल सी परीक्षामा रकुवा, मिथकुरं र डेढगाउ“बाट उतिर्ण ९६ विद्यार्थीलाई वधाई कार्यक्रम मार्फ पुरस्कार वितरण गरियो ।
- मञ्चको आर्थिक संकलनका लागि दशैंमा चिठ्ठा विक्री वितरण गरियो ।
- यस्तै गत पुसको अन्तिम साता डेढगाउमा दुइ दिने स्वास्थ्य शिविर संचालन गरियो ।

३. तपाईलाई अहिलेसम्म गरिएका कार्यक्रम मध्ये सबैभन्दा बढी सन्तुष्टि के मा मिलेको छ -
- शिक्षा नै सबैभन्दा महत्वपूण् कुरा भएका हुदा मलाई एस एल सी परीक्षामा उतिर्णलाई दिइएको बधाई कार्यक्रम उत्कृष्ठ लाग्यो । त्यस्का साथै स्वास्थ्य शिविर संचालनबाट पनि त्यस भेगका धेरै मानिसलाई फाइदा पुर्‍यायो ।

४. अबका दुइ बर्स सम्म तपाईको कार्यकालमा कस्ता कस्ता कार्यक्रम गर्ने योजना बनाउनुभएकेा छ -
- अहिलेसम्म हामी सानातिना कार्यक्रममा नै अल्झेका थियौं । अबको अवस्थामा एउटा गैरसरकारी संस्थाको रुपमा गाउ“ क्षेत्रका लागि केही वृहत कार्यक्रम ल्याउने हाम्रो सोच छ र यस्को जानकारी हामी पछि गराउ“दै जानेछौं ।
- यस अगाडि हाम्रो समितिका कतिपय सदस्यको सक्रियता कम थियो । अहिले निर्वाचित समिति बनेकाले यस्ले भविष्यमा थप सक्रियताका साथ गाउको समस्यालाई पहिचाहन गरी सहयोग गर्नेछ । यस भेगका कतिपय व्यक्तिहरु प्रतिष्ठित भए पनि उहाहरुबाट हामीले लिन सक्ने सहयोग समेत लिन सकेका छैनौं । त्यस्मा हामीले ध्यान दिनुपर्नेछ ।

५. वु“ङ्दी काली सेरोफेरोबाट स्वास्थ्य उपचार, गाउ“को विकासका लागि डेलिगेसन, अध्ययन र अन्य कामका लागि राजधानी आउनेहरु धेरै छन् । त्यस्ता व्यक्तिलाई आर्थिक सहित अन्य पक्षमा सहयोग आवश्यकता पनि परेको हुन्छ, यस्तो अवस्थामा तपाईहरुले कसरी सहयोग गर्न सक्नुहुन्छ ।
- आवश्यक परेका र आपद विपतमा परेकालाई विगतमा पनि मञ्चले सहयोग गर्दै आएको छ । भविष्यमा पनि यस भेगबाट आउनेलाई कुनै समस्या परे हामी मञ्चमा सर्म्पर्क गर्न अनुरोध गर्दछौं र सकेसम्म सहयोग गर्नेछौं ।

६. यस्तो सस्था विगतमा पनि गठन भएका थिए, आउने हराउने भइरहे । अब चाही मञ्च सधै क्रियाशिल रहन्छ भनेर कसरी विश्वास गर्ने -
- डेढगाउ, रकुवा र मिथुकरमबाट काठमाडौं आई बसेका व्यक्तिहरु भेटघाट गर्ने उदेश्यबाट यस्को सुरुवात भएको हो । अहिले सम्म पनि केही कार्यक्रम गरिसकेका छौं । सबैको सहयोग भएमा यस्ले पक्कै पनि उपलब्धी हासील गर्दै जानेछ ।

वुङ्दी काली विकास मञ्चको साधारण सभा सम्पन्न

काली टाइम्स संवाददाता
काठमाडौं
मिथुकरम, डेढगाउ र रकुवाबाट काठमाडौं आई बसोबास गरिरहेकाहरुको साझा थलो नवलपरासी बुङ्दी काली विकास मञ्च, काठमाडौंको तेस्रो साधारण सभा यही फागुन १८ गते काठमाडौंको थानकोटमा वनभोज कार्यक्रम सहित सम्पन्न भयो ।
साधारण सभाले रकुवाका श्रीलाल ठाडाको अध्यक्षमा १३ सदस्यीय समिति बनाएको छ । समितिका उपाध्यक्षमा मिथुकरमका बाबुराम अधिकारी, सचिवमा रकुवाका कुलमणी ढुंगाना, सह सचिवमा डेढगाउकी झलमाया वि.क. र कोषाध्यक्षमा डेढगाउकै सुदर्शन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा मिथुकरंका गोविन्द लामिछाने, विष्णु गदाल र मेघसरा वि.क. रकुवाका सुन्दर पाण्डे, युवराज थापा र कान्ति थापा तथा डेढगाउका घनराज ओझा, धनबहादुर वि.क.हुनुहुन्छ ।
यस्तै मञ्चको कानूनी सल्लाहकारमा चण्डीप्रसाद अधिकारीको चयन भएको छ । कार्यक्रममा निवर्तमान सचिव सुदर्शन श्रेष्ठले गत वर्षमञ्चले ७६ हजार रुपैया आम्दानी गरेकोमा ३८ हजार रुपैया खर्च भएको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विदेशी पाहुना बेल्जीयमका निक मेननले आफ्नो तर्फबाट समितिलाई सधै सहयोग रहने बताउनुभए थियो । कार्यक्रममा दोहोरी गायकहरुले मनोरञ्जन थपेका थिए ।

धर्मात्मा मा.वि.मा पहिरोको डर

काली टाइम्स संवाददाता
मचेंडी, मिथुकरम

मिथकुरम गाविसको मंचेडीमा रहेको धर्मात्मा मा.वी को तीन तिरबाट पहिरो जान थाले पछि शिक्षक, विद्यँर्थीमा त्रास बढेको छ । गत भदौमा आएको बाढीले विद्यालयको केही भाग बगाइसकेकोमा अब आउने वर्षामा बाढी आए विद्यालय भवन नै खतरामा पर्न सक्ने प्रधानाध्यापक कृष्णप्रसाद लामिछानेले बताउनुभयो ।
विद्यालयको पूर्व पश्चिममा रहेको खोल्साले विगत देखि नै विद्यालयलाई असुरक्षित बनाइरहेकामा देवकाली मोटर मार्ग पनि विद्यालय नजिकबाटै निर्माण गरेपछि विद्यालय भवन थप असुरक्षित बनेको हो ।
विद्यालय हाता भित्रको घा“स र सिसौका रुख गत वर्षो पहिरोले नै बगाएको थियो । जाली भरेर र बास रोपेर विद्यालयलाई सुरक्षित पार्न गरिएको उपाय प्रयाप्त नभएको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार, जिल्ला शिक्षा कार्यलय तथा गाविसको स्थानीय स्रोतबाट रकम माग गरी भवन अन्यत्र सार्ने विषयमा पनि छलफल भइरहेको छ । धर्मात्मा मा. वि. मिथुकरम, भारतिपुर, जौवारीका साथै तनहु“को करुवाटार, बटौलीटारका विद्यार्थीहरु अध्ययन गर्ने थलो हो ।

बालबालिकाका लागि छुट्टयाइएको पैसा सचिवले दिएनन्

गोविन्द सहेली लामिछाने
मिथुकरम, नवलपरासी

मिथुकरम गाविसले यस वर्षसरकारले उपलब्ध गराएको दश लाख रुपैया अनुदान मध्ये एक लाख पचास हजार रुपैया दलित, महिला, जनजाति बालबालिका अपाङ्गका लागि छुट्टयाएको थियो । तर सो रकम मध्ये दलितलाई पा“च हजार रुपैया उपलब्ध गराइए पनि अन्य रकमको हिसाब किताब र्छलङ्ग हुन नसकेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
गाविसले एक लाख पचास हजार रुपैया मध्ये बालबालिका हितका लागि भनेर २० हजार रुपैया छुट्टयाएको थियो । तर, अहिलेसम्म पनि गाविस सचिव हरीनारायण आचार्यले पैसा नदिएको गुनासो दिगो बालविकास समुहका अध्यक्ष अर्जुन नेपालीले गर्नुभयो ।
स्थानीय समाजसेवी डोलराज कडेलका अनुसार गत असोज महिनामा सचिव आचार्यसग यस सम्वन्धमा छलफल गर्दा सचिव आचार्यले मंसिर भित्र सो रकम बालबालिकालाई उपलब्ध गराउने बताउनुभएको थियो ।
सचिवले रकम नदिएको गुनासो बालबालिकाले स्थानीय समाजसेवी र विद्यालय प्रधानाध्यापक मार्फ जिल्लामा स्थानीय विकास अधिकारी समक्ष पनि पुर्‍याएका छन् ।

Thursday, May 1, 2008

झलमल्ल हुने भयो बुलिङटार

उज्ज्वल ओझा
बुलीङटार, नवलपरासी
बुलीङ र अर्खलाको सिमानामा रहेको देवसत खोलामा २१ किलोवाटको लघु जलविद्युत परियोजना बन्ने भएपछि बुलीङटार बासीले विद्युतको उपभोग गर्न पाउने भएका छन् । "इसाप" नाम गरेको गैर सरकारी संस्थाले सत्र लाख पचासी हजार रुपैया अनुदान सहयोग दिएपछि देवसत खोलाबाट जलविद्युत निकाल्न लागिएको हो ।
४७ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको उक्त परियोजनाको लागि सांसद दामोदर बस्ताकोटीले संसदकोषबाट पचास हजार रुपैया उपलब्ध गराएको परियोजनाका सचिव सन्तबहादुर कुमालले बताउनुभयो ।
परियोजना निर्माणको ठेक्का पाएको थापा इन्जिनिएरीङ बुटवललाई निर्माण सामाग्री ढुवानी वापत तिनलाख पचास हजार रुपैया बुझाइसकेको कुमालले जानकारी दिनुभयो ।
२१ किलोवाट विद्युत मध्ये दुइ किलोवाट स्वास्थ्य कार्यालयलाई र वाँकी १९ किलोवाट विजुली बुलीङटार गाविसका वडा नम्बर १, २ र ५ का करिब दुइ सय ७५ घरधुरीलाई वितरण गर्ने योजना रहेकोछ । यसबाट दुइ हजार भन्दा धेरै बुलीङबासीले फाइदा लिन सक्ने तथा साना व्यवसायीक उद्योग पनि संचालन हुन सक्ने स्थानीय व्यवसायी भोला गौतमले जानकारी दिनुभयो ।
देवसत खोलामा वाँध हाली करिव ५ किलोमिटर लामो नहरबाट खसुवा खोला छेउमा पावरहाउस वनाई विद्युत निकाल्ने र त्यहाँबाट निस्कने पानीले करिव ३ हेक्टर खेत समेत सिंचाई हुने छ ।
स्थिति सहज भयो भने अर्को हिउँद सम्म विजुली निस्कने तथा भविष्यमा पानीघट्टा पनि त्यसैबाट चलाउने योजना रहेको सचिव कुमालले बताउनुभयो ।
वुलिङटारमा पाँच किलोवाट क्षमताको अर्को लघु जलविद्युत परियोजना तीन वर्षअगाडि देखि नै संचालन हुँदै आए पनि गत भदौमा आएको वाढीले क्षति पुर्‍याएपछि उक्त परियोजना बन्द भएको छ ।

खजुरीमा स्वास्थ्य शिविर सम्पन्न

काली टाइम्स संवाददाता
भारतीपुर, नवलपरासी
तम्सरिया फाउण्डेसन अफ नेदरलैण्ड र कुमारी हसौराले भारतीपुर गाविसको खजुरी स्थित कामधेनु प्राथमिक विद्यालयमा यही फागुन १७ गते एक दिने स्वस्थ्य शिविर संचालन गरे ।
शिविरमा भारतीपुर, मिथुमरम, डेढगाउँ र तनहुँ राम्जाकोट गा.वि.स.का र्सवसाधारणहरुको उपस्थिति थियो । निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण समेत गरिएको स्वस्थ्य शिविरबाट दुइ सय जना भन्दा धेरैले फाइदा लिएको विद्यालयका शिक्षक हरिकृष्ण कडेलले जानकारी दिनुभयो ।

विद्यालयमा गोबर ग्याँस

काली टाइम्स संवाददाता
रानीबेल, डेढगाउँ
घर घरमा गोबर ग्याँस भन्ने त सुनिएकै हो । विद्यालयमा पनि गोबर ग्याँस बनेको छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्ला । तर, रानीबेल स्थित कालिगण्डकी प्राथमिक विद्यालयले भने यसै वर्षविद्यालय हाता भित्र गोबर ग्याँस प्लान्ट बनाएको छ ।
विद्यालयको शौचालय भरिएर वर्षनी खर्च थपिदै गएको कारण विद्यालय प्रशासनले गोबर ग्याँसको अवधारणा ल्याएको हो । शौचालयको राम्रो-व्यवस्था हुने र बाल विकास केन्द्रका विद्यार्थीलाई खाजा पकाउन इन्धनको समेत व्यवस्था हुने भएकाले गोबर ग्याँसको निर्माण गरिएको प्रधानाध्यापक जगतबहादुर सारुले बताउनुभयो ।
गाउँ विकास समितिले चालीस हजार रुपैया र विद्यालय व्यवस्थापन समितिबाट त्रीचालीस हजार रुपैया गरी जम्मा ८३ हजार रुपैयाको लगानीमा गोबर ग्याँस प्लान्टको निर्माण गरिएको हो ।
गोबर ग्याँस प्लान्टसँगै चार कोठे शोचालय पनि बन्दा त्यस्ले विद्यालयको सरसफाईमा पनि सहयोग पुर्‍याएको छ । दुइ शिक्षकको दरवन्दी रहेको यस प्राविका अभिभावकहरुले एक लाख ५२ हजार रुपैयाको अक्षयकोष स्थापना गरी ६ जना शिक्षकको व्यवस्था पनि गरेका छन् ।

गाग्रीमा पानी बोकेर पनि तरकारी खेती

काली टाइम्स सम्वाददाता
फेदी, डेढगाउँ
फेदी केरमटारका किसान दाजुभाइ शिवप्रसाद, केशवप्रसाद र कृष्णप्रसाद पाण्डेले गरेको लोभलाग्दो तरकारी खेतिको चर्चा आजभोलि गाउँमा निकै छ । पाँच वर्षदेखी ६ रोपनी जग्गामा विऊ, बेर्ना र तरकारी खे आएका पाण्डे दाजुभाइले त्यसैबाट वर्षरीको घर खर्च आम्दानी गर्छन् ।
मौसमी तथा बेमौसमी दुवै किसिमका तरकारी उत्पादन गर्ने किसान दाजुभाइले उब्जाएका तरकारी गाउँमा नै विक्रि हुन्छ । तरकारी खेतिबाट उत्साहित पाण्डे दाजुभाइ अझै खेती विस्तार गर्ने तयारी पनि छन् ।
"तरकारीको लागी धेरै पानी चाहिन्छ तर यहाँ सिंचाइको लागी पानीको अभाव छ, पानी गाग्रीमा ल्याएर हाल्नु पर्छ" किसान शिव प्रसाद पाण्डेले भन्नुभयो "गाउँमा जे.टि.ए. पनि छ भन्छन् तर आज सम्म देख्न पाइएको छैन ।"
जे.टि.ए.सँग सरसल्लाह गरी विउविजन ल्याउन पाए तथा रोग लागेको अवस्थामा बेलैमा औषधि हाल्न पाए उत्पादन बढ्ने किसान कृष्णप्रसादले बताउनुभयो । दुःख गरेर तयार पारेको बालीलाई कुखुरा र चोरले दुःख दिने गरेको पनि पाण्डे दाजुभाइको गुनासो छ ।
यसैगरी मंचेडी -१ माथ्ल्ला डिहीका किसान कुलप्रसाद कंडेलले पनि तरकारी खेतीबाटै वर्षभरिलाई खर्च पुर्‍याउनुहुन्छ । चार वर्षदेखि तरकारी खेती गर्दै आएका कंडेललाई सुरु सुरुमा गाउँलेले बारीको तरकारी मागेर हैरान पारेका थिए ।
तर आजभोलि मागेर खाने चलन कम भइसके पनि बेच्नका लागि घरघरमा पुग्नुपर्ने उहाँको भनाईछ । दुइछाक खान गाह्रो छ भन्दै हिड्ने व्यक्तिलाई तरकारी खेती गर्ने सल्लाह कंडेलले दिदैं आउनुभएको छ ।

डेढगाउमा एस एल सी परीक्षार्थीले निशुल्क वास पाउने

प्रकाश ओझा
डेढगाउँ, नवलपरासी
डेढगाउमा चार वटा विद्यालयको एस एल सी परीक्षा केन्द्र हुने भएपछि त्यसलाई व्यवस्थित र मर्यादित बनाउन विद्यालय व्यवस्थापन समिति सक्रिय भएको छ । डेढगाउ उच्च मा.वि.मा गत महिना बसेको शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले रकुवा, मिथुकरम र रुचाङबाट आउने विद्यार्थीलाई परीक्षा अवधिभर निःशुल्क बासको व्यवस्था गर्ने निर्णय गरेको परीक्षा व्यवस्थापन समितिका उप-संयोजक छविलाल ओझाले वताउनुभयो ।
यस्तै एस एल सी परीक्षालाई मर्यादित बनाउन स्कूल वरपर तारबार लगाउने निर्णय पनि व्यवस्थापन समितिले गरेको छ । डेढगाउँ उच्च मा.वि. डेढगाउँ, नगरडाँडा मावि व्याघान, धर्मात्मा मा.वि. मचेडी र बेलभञ्ज्याङ मा.वि. रकुवाका गरी जम्मा २४४ जनाले डेढगाउँ केन्द्रबाट एस एल सी परिक्षा दिदैछन् । -प्रशिक्षार्थी पत्रकार

नयाँ कार्य समिति गठन, नहर बन्ने भयो

काली टाइम्स संवाददाता
डेढगाउँ, नवलपरासी
नहरका उपभोक्ताको फागुनमा भएको भेलाले डेढगाउँमा नयाँ सिंचाइ उपभोक्ता समितिको गठन गरेको छ । कार्य समिति गठन हुनासाथ जीण अवस्थामा रहेको नहरको निर्माण कार्य पनि सुरु गरिएको छ । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष कमानजीत दर्राईले जेठसम्ममा नहरमा पानी ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्राईको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, सचिवमा नारायणप्रसाद ओझा, सहसचिवमा डोलराज खत्री र कोषाध्यक्षमा कमल दर्राई चयन हुनुभएकोछ ।
नहर पुननिर्माणका लागि लाग्ने करिब ३१ लाख रुपैया जिल्ला सिंचाइ कार्यालयसँग माग गरिए पनि त्यसमा प्रगति नभएको भन्दै समितिले उपभोक्ताबाट श्रमदान र रोपनीको हिसावले रकम उर्ठाई नहर बनाउने योजना बनाएको समितिका सचिव ओझाले जानकारी दिनुभयो ।
गत भदौमा आएको बाढीका कारण नहर पहिरो गए पछि डेढगाउँ फाँटको करिव २४० हेक्टर खेतीयोग्य जमीन सुख्खा रहँदै आएको छ । धान पाक्ने बेलामा नहर भत्किएपछि धेरै किसानले यस वर्षपरालमा मात्रै चित्त बुझाउनु परेको थियो भने गहुँको खेती पनि राम्रो हुन सकेन ।

कफी खेतिवाट वाषिर्क तीस हजार आम्दानी

काली टाइम्स संवाददाता
बाँझोबारी, रकुवा
गरे के हुन्न र - यसको उदाहरण बन्नुभएको छ, रकुवा-१, वाँझोवारीका कृषक हिराबहादुर सुनार । फालिएको जग्गामा ८ वर्षअगाडि कफी लगाएका सुनारले ६ वर्षयता कफी खेतिबाट वाषिर्क तीस हजार रुपंया सम्म आम्दानी गरिरनुभएको छ ।
वाँझोबारीको आफ्नो २ रोपनी बारीमा सीसौ रोपेको सुनारले सीसौ बारी भित्रको खाली जग्गामा करिव चार सय वटा कफीको विरुवा लगाउनु भएको थियो ।
दुइ वर्षपछि कफीले फल दिन थाले पछि सुनारले पाखो जमिनबाट पनि आम्दानी गर्न थाल्नुभएको हो । कफीको एउटा बोट बाट तीन, चार कीलो सम्म फल दिने सुनारले जानकारी दिनुभयो ।
उत्पादन भइसकेपछि कफी बेच्न पोखरानै पुर्‍याउनु परेकोमा भने सुनारले गुनासो पोख्नुभयो । गाउँमा अरुहरुलाई पनि कफी खेति तर्फआकषिर्त हुन अनुरोध गर्दै हिड्ने सुनारले गाउँमा जेटी.ए भइदिए कफी खेति अझ फस्टाउन सक्ने बताउनुभयो । यस भेगमा कफी खेतिको राम्रो उत्पादन हुने भएकाले वेरोजगार युवाका लागी कफी खेती उत्कृष्ट र आकर्ष हुने सुनारको धारणा छ ।

गाउँमा चुनावको लहर

विगतमा दुइ दुइ पटक मिति घोषणा भएर पनि हुन नसकेको संविधान सभा निर्वाचन यसपटक चैत २८ गते हुने भएपछि अन्यत्र झैं डेढगाउँमा पनि चुनावको लहर छाएको छ । जनताले चुनेका प्रतिनिधिरुले संविधान बनाउनका लागि हुन लागेको संविधान सभा निर्वाचनमा यसपटक नवलपरासी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन तर्फ १३ जना उम्मेदवार छन् ।
डेढगाउ, रकुवा मिथुकरम सहितका गाविस पहिले नवलपरासीको क्षेत्र नम्बर एकमा रहे पनि क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पछि अहिले यी गाविस नवलपरासीको क्षेत्र नम्बर दुइमा परेका छन् । नवलपरासी जिल्लामा विगतमा चार वटा निर्वाचन क्षेत्र रहेकोमा अहिले ६ वटा निर्वाचन क्षेत्र छ ।
गाउँमा चुनावको लहर ल्याउन अरु दल भन्दा नेकपा माओवादी अगाडि देखिएका छन् । माओवादीले चुनावी सभा पनि गरिसकेका छन् । संविधान सभालाई निष्पक्ष गराउन चुनावी आचार संहितामा भित्ते लेखन गर्न नपाइने भनिए पनि डेढगाउँ र यस वरपर माओवादीले भित्ते लेखन गरेका छन् ।
नेकपा एमालेले पनि आँफ्नो सांस्कृतिक टोली सहित गाउँगाउँमा प्रचारका लागि हिडेका छन् भने डेढगाउँ लगायतका गाविसमा प्रचार प्रसार समिति बनाइसकेका छन् । उता, डेढगाउँ सहित तत्कालिन क्षेत्र नम्बर एकका पूव सांसद महेन्द्रध्वज जी. सी. पनि नेपाली काँग्रेसको प्रचारका लागि गाउँ गाउँमा हिडिरहेका छन् ।
काँग्रेस, एमाले र माओवादी चुनाव प्रचारमा अगाडि देखिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका अन्य दलका नेता कार्यकर्ता पनि प्रचारका लागि गाउँमा आइरहेका छन् ।
यसपटक चुनावमा विगतमा भन्दा फरक दुइवटा मतपत्रमा छाप हान्नु पर्दछ । प्रत्यक्षका लागि यिनै उम्मेदवार मध्ये एक जना छान्नु पर्दछ भने समानुपातिक निर्वाचन प्रणालिका लागि निर्वाचन आयोगले मान्यता दिएका ५५ वटा दलमध्ये कुनै एउटालाई भोट दिनुपर्दछ ।