हुन त देशको राजधानीमा पनि पानीको कति पो सुविधा छ र ? तैपनि सुदुरपश्चिमकै क्षेत्रीय सदरमुकाम डोटीको सिलगढी-दिपायलमा बिहान साँढे ५ बजेतिर होटलको कोठाबाट देखिएको दृश्य। एकाबिहानै महिलाहरु/युवतीहरु प्लास्टिकको घैटो लिएर २५/३० मिनेट परको पँधेरोमा गइरहेका थिए। सडक सवारी साधनको हैन पानी लिन जाने र आउनेको कब्जामा थियो।
सदरमुकाममा यस्तो छ भने गाउँतिर कस्तो होला ?