![]() |
राष्ट्रपति रामवरण यादव केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तमनारायण मानन्धरलाई आफ्नो पारिवारीक लागत भराउँदै शुक्रबार बिहान । यहीबाट ११ औं राष्ट्रिय जनगणना सुरु भएको हो । तस्विर: सूर्यचन्द्र बस्नेत/रासस हैन कति झुकेको हो यो तथ्याङ्क विभागका महानिर्देशक मानन्धर। पुरै निहुरी मुन्टी 'न' परेको छ। जनगणनाको लागत लिन गाको मान्छे, टिप्न कति गाह्रो भयो होला। कम्तिमा राष्ट्रपतिले पनि आफ्नो बिबरण लिन आउनेलाई कुर्चीमा बसाल्न पर्ने कि आफू पनि उठेरै लगत दिन पर्ने। जनगणनाको एउटा फारम भर्न आधा घन्टा जति लाग्छ भनेर रेडियो पत्रपत्रिकामा भनिरहेको छ। त्यो महानिर्देशकले चाकडी गरेर यसरी नै आधा घन्टा निहुरीमुन्टो लगाएर फारम भर्यो होला कि ? राष्ट्रपति फेरि मजाले कुर्चीमा बस्याछ, राजा हुन खोज्या हो कि ? जनताको छोराछोरी राष्ट्रपति भएपछि पनि उही पहिले राजाका अगाडि पर्या जस्तो गर्न पर्ने भए के को गणतन्त्र ? उहिले उहिले राजाले भाषणको अन्त्यमा 'पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' भन्थे क्यारे आजभोलि राष्ट्रपतिले 'हामी सबै नेपालीको जय होस्' भन्ने गरेका छन्। सबै नेपालीको जय चाहने राष्ट्रपतिको व्यवहार पनि त्यस्तै हुन परो नि।
|
फोटो मा एकक्षण येस्तो देखिएको होला दाजु ! बिचरा यादव को राजा बन्ने के तागत हुनु ? तर फोटो हेर्दा चाही सामन्ती झल्को आउछ है :)
ReplyDeleteबुढा लागत होइन हो। लगत होला। हास्नुपर्ने कारण धेरै छन् है हा हा हा.......
ReplyDeleteramilo rayecha.
ReplyDelete