'यी नेपालीहरुलाई चित्त बुझाउनै अप्ठेरो। अस्ति नै ७/७ महिना प्रधानमन्त्री भएन भने, कति गोप्य गोप्य सम्झौताको खेल खेलर प्रधानमन्त्री बनें। अब मन्त्रीहरु भएन भन्दैछन्। झन् मन्त्री नभएसी तिनका तलब भत्ता, गाडी, देश, विदेश भ्रमण। पिए सिएको भत्ता, तलब सबै बचिरहेको छ भनेर खुशी हुनु नि। अब सरकार टिकाउन दुई चार जना त्यस्तै मन्त्री थपौं, लउ फन्लालाई मन्त्री बनायो भन्छन्। काम केही नगर्ने पद समाएर बसिरहने (समावेशी) बनाएर २०/३० जना मन्त्री थप्यो भने, यति धेरै मन्त्री बनाए भनेर यिनैले किचिकिच गर्छन् केही गरी सुख छैन यार यो देशाँ' - झलनाथलाई यस्तो कुरा मनमा खेल्या छैन होला भन्ने हामीलाई लागिराख्याछ।
No comments:
Post a Comment
Please leave your comment here